कृषिलाई प्राथमिकता दिंदै “प्रथम दमौली महोत्सव” गरिने


दमौली, २४ मंसिर – तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको आयोजनामा यहि पौष २६ देखि माघ ५ गतेसम्म दमौलीमा प्रथम दमौली महोत्सव सञ्चालन गरिने भएको छ । “कृषि हाम्रो आर्थिक विकासको आधार, दमौली महोत्सव पर््रवर्द्धनको आधार” भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालन गर्ने तयारी गरिएको दमौली बजार इकाईका सभापति वैकुण्ठ मिश्रले बताएका छन् ।

महोत्सवमा कृषि मेला पर््रदर्शनी तथा बिक्री वितरण, सा“स्कृतिक कार्यक्रम, सरसफाई सम्बन्धी सचेतना मुलक कार्यक्रमम, रमाइलो मेला र प्लाष्टिक झोला मुक्त अभियान लगायतका विषयवस्तु महोत्सवका प्रमुख आकर्षा रहने तथा यस विषयमा अझ थप छलफल हुन बाँकी रहेको सभापति मिश्रले बताएका छन् ।

उक्त महोत्सवको विषयलाई लिएर सोमबार तनहु“ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले सरोकारवालाहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त छलफल कार्यक्रममा बजार इकाईका सभापति मिश्रले महोत्सव आयोजनाका विषय तथा यसका विषयमा जानकारी गराएका थिए ।

छलफल कार्यक्रममा तनहुँ, उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य एवं पूर्व अध्यक्ष वृषराज श्रेष्ठ, तउवाका अध्यक्ष देवकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु शान्तिरमण वाग्ले, मंगलप्रसाद श्रेष्ठ, शंकरलाल राजभण्डारी, महासचिव पविन्द्र कुमार श्रेष्ठ, नेपाली काग्रेस तनहु“का सह-सचिव सहदेव अधिकारी, जिविसका योजना अधिकृत गणेश घिमिरे, जिल्ला वन कार्यालय तनहु“का प्रमुख रामबाबु पौडेल लगायतले महोत्सवका विषयमा सल्लाह सुझाव दिएका थिए ।

त्यस्तै, उक्त महोत्सवमा स्थानीय स्तरका कृषि उत्पादनलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

सय बर्ष बाँच्नु छ भने अंग्रेजी भाषा सिक – लाखौ बर्ष बाँच्नुछ भने तिमी आफ्नो मातृभाषा बोल

      

   

 

 

 

 

 

    मगर भाषाका आदिकवि सु. रेख बहादुर सारु मगरको ७०औं जन्मजयन्तिको अवसरमा पारेर शुक्रबार जिल्ला सभागृह हल दमौलीमा मगर भाषा तथा साहित्य सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । तनहूँ जिल्लामा जन्मिनु भएका मगर भाषाका आदिकविको सु.रेख बहादुर सारु मगर ७०औं जन्मजयन्ति मनाउने सिलसिलमा नेपाल मगर लेखक संघ तनहूँले उक्त अन्तक्र्रिया कार्यक्रम राखेको हो । संस्था अध्यक्ष गीता थापा मगर “बेली” को अध्यक्षतामा र नेपाल मगर संघको पुर्ब महासचिव एवं मगर भाषासाहित्यका आग्रणी साहित्यकार शिव लाल थापा मगरको प्रमुख आतिथ्यमा उक्त अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।

        मगर भाषा तथा साहित्य बिषयक उक्त कार्यक्रममा तनि जना मगर साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । मगर मातृभाषमा साहित्य लेखन बिषयमा ं नेपाल मगर लेखक संघ केन्द्रिय सदस्य हेमा आले “बोगी” मगर भाषा साहित्यका वर्तमान अवस्थाः एक झलक बिषयमा नेपाल मगर लेखक संघ अर्का केन्द्रिय सदस्य रुद्र “सन्देश”मगर र मगर भाषामा कथा लेखन बिषयमा मगर लेखक संघ पाल्पा जिल्ला उपाध्यक्ष दुर्गा ढेंगा मगरले कार्य पत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि क्रमशः प्राध्यापक तिल बहादुर थापा मगर कथाकार फूल कुमारी थापा मगर र साहित्यकार धिरेन्द्र थापा मगर “किसानी” तिप्पणी गर्नु भएको थियो ।

          सो कार्यक्रममा रेन्झा रिल्हिङ्ग्या खडक आले मगर, तनहूँ जनक माकिम मगर नवलपरासी, अनुराग थापा मगर तनहूँ ,समेल थापा मगर र राम बहादुर थापा मगरले आआफनो साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा प्रमुख आतिथिको आसन बाट बोल्दै नेपाल मगर संघको पुर्ब महासचिव शिव लाल थापा मगर भन्नु भयो कुनै जातिको भाषा लोप भयो भने त्यो जातिको पहिचन हराउछ र जाति नै लोप हुन्छ । त्यसैले अब हामी आदिकविले देखाएको बाटोमा हिड्नु पर्छ भन्नु भयो । कार्यक्रममा अर्क अतिथि नेपाल मगर संघ तनहूँका अध्यक्ष झक बहादुर सारु मगरले आफ्नो मनतब्यको क्रममा विद्धान डारिल वेब बिल्सनको भनाई लाई उढृत गर्दै” तिमी सय बर्ष बाँच्नु छ भने आँगे्रजी भाषा सिक यादि लाखौ बर्ष बाँच्नुछ भने तिमी आफ्नो मातृभाषा बोल” भन्नु भयो । नेपाल आदिबासी जन जाति महासंघका सहसचिव बसुन्ध्र घर्ती युबा संघका सिद्धन्त थापा , नेपाल मगर महिला संघ केन्द्रिय भाषिकउपाध्यक्ष मन्ध्ररी आले मगर लगयतका बक्तहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रम सचिव शुशिला थापा मगर संचलान गरेका थिए ।

             by खडक आले मगर

 

सन्दर्भःभनुजयन्तिको / तनहुँका दुई आदिकविः एउटा यस्ता अर्का कस्ता !

       

                        महन ब्यक्तीहरुको जन्म मरणको संयोग पनि कसरी जुर्दो रहेछ खै, कुन्नी । तनहुँ जिल्लामा जन्मेका दुई आदिकवि मध्ये आज एउटाको जन्मदिन हो भने अर्कोको स्मृति दिवस । नेपालीलाई खस भाषाका माध्यमबाट जोड्न खास रोल खेलेका आदिकविको उपमा दिइएको भानुभक्तआचार्याको आज दुई सय औं जन्मजयन्ती हो । त्यस्तै मगर भाषामा कलम चलाएर सब भन्दा पहिले मगर भाषामा कविता संग्रह निकालेका र मगर समाजले आदिकविको सम्मान दिएको रेख बहादुर थापा सारुमगरको १०औं स्मृति दिवस पनि आजै हो ।

नेपाली खस भाषाका आदिकवि आचारको जन्म विक्रम सम्वत १८७१ साल असार २९ गते दिन तनहुँको चुदी रम्घामा भएको थियो । सरल र सहज खस भाषामा कविता लेखन सुरु गर्ने नेपालकै पहिलो व्यक्ती भएका कारण भानुभक्तलाई आदिकविको उपमा दिइएको हो । भानुभक्तले संस्कृत भाषामा लेखिएको रामायण नेपालीमा आनुवाद गरी नेपाली खस भाषाको विकासमा महत्वपू्र्ण योगदान गरेका थिए । भानुभक्तका रामायण बाहेक बधुशिक्षा, भक्तीमाला, प्रश्नोत्तरी, रामगीताका साथै थुप्रै फुटकर कविताहरुले नेपाली साहित्यलाई समृद्ध तुल्याएको मानिन्छ । त्यस्तै, मगर भाषाका आदिकवि सारुमगरको जन्म विक्रम सम्वत २००१ साल भाद्र २८ गते तनहुँको भिर्कोट आर्चल्दीमा भएको थियो । मगर भाषामा कलम चलाएर सब भन्दा पहिले मगर भाषामा कविता संग्रह “मगर भाषाङ ल्हिङ र टुड्कौ किताब”निकालेर मगर भाषाको विकास उत्थानमा जग हल्ने प्रथम ब्यक्ती उनै रेख बहादुर थापा सारुमगर को देहावसान आजकै मितिमा भएको थियो उनले लेखन मार्फत मगर समाजमा रहेका कुरिती हटाउन र शिक्षामा जोड दिने गर्दथे । लेखेर चेतना छर्ने मात्र हैन गाँउ गाँउमा त्यस्ता परिवर्तनकामी कविता वाचन गर्दै भन्दै हिंड्थे । सारु पछि स्वयं भने भारतीय सेनामा भर्ती भएका थिए । सुवेदार पदमा सेवानिवृत भएका उनी पछिल्लो समय नवलपरासीको माकर गा.वि. स.मा बसोबास गर्दै आएका थिए । युवाकालका समाज परिवर्तन अभियानमा संलग्न सारु संगै उनका सहकर्मी अर्का ब्यक्ती थिए स्याङजाका जित बहादुर सिंजाली मगर, हाल उनी जिवितै छन । सिंजालीलाई पनि मगर समाजले आदिकविको सम्मान दिएकोछ । सारुले जिवनको अन्तिम समय सम्म पनि आफनो समाजलाई लेखेर चेतनशील बनाउने अभियानलाई थाँती राखेनन् । शिक्षाले चेतना दिने र चेतनाले आनो अस्तित्व र पहिचानप्रति सजग गराउने बिचार राख्ने उनी अन्तिम समयतिर पक्षघातको बिरामीका बावजूद गाँउ गाँउ पुगी चेतना दिने गर्दथे । चेतना पश्चात समाजलाई सत्तामा नपु¥याए त्यो जातिको मुक्ती हुदैन भन्ने बिचारले उनी जनमुक्ती पार्टी मार्फत आफनो समुदायलाई सत्तामा पुराउने सपना बोकेर हिडेका थिए । बिचारले भानुभक्त र उनमा ठूलो फरक थियो । समाजलाई स्वर्ग नर्क जस्ता हिन्दु धर्मका मान्यतामा फँस्न दिईनु हँदैन त्यसले समाजलाई पछाडी र्फकाउछ भन्ने सारु मगरको मान्यता रहेको थियो ।

उनी भानुभक्तले कट्टर विश्वास गर्ने मनुवादी मान्यताका घोर विरोधी थिए । भानुले महिलालाई दमन गर्न सिकाउने कट्टर पुरातन सँस्कारबाट दिक्षित वधु शिक्षा ,जस्ता पुस्तक लेखे तर सारुका कविताहरुमा भने सदा पुरातन मान्यताका खराब पक्षका बिरुद्ध हुने गर्दथे । अत्यन्त मृदुभाषी, सरल र लेखनमा तिक्ष्ण ब्यग्यँ भएको सारु अधिकारका निम्ति मर्नुपरे मरौला भन्दै हिंड्थे । पन्चायतकाल जस्तो कालरात्रीमा प्रहरीको नजर छल्दै मातृभाषामा जातीय जागरण फैलाएकै कारण आज उनको समाज यहाँ सम्म आईपुगेकोछ । अफनो जाति सत्तामा पुगेको हेरेर मात्र मर्छु भन्ने उनको सपना त जिवनकालमा पूरा भएन तर उनको त्यो सपना पुरा हुने क्रममा । उनले जिवनकालको पछिल्लो समय “फुन्च थालाके” लगायत मगर भाषाका थुप्रै लेख रचना र कविता संग्रहहरु लेखेका छन । तिनै मगर भाषाका आदिकवि सारु मगरको देहावसान मितिः२०६१ साल असार २९ गते भएको थियो, आजकै मितिमा । तर खस भाषा र हिन्दु साहित्यलाई पोसेका आदिकविलाई राज्यका सम्पुर्ण शक्ति प्रयोग गरि राज्य प्रमुख नै सावजनिक थलोमा गै तिनको शालिकमा माल्र्याण गर्दछन तर मगर भाषाका आदिकवीको अ पनि उच्चारण गरिएन । त्यसै भनिएको होईन, जनताले यो राज्य नै साम्प्रदायिक छ ।

khadkanews@gmail.com

मातृभाषाले पत्रकार बनायो

सभार : राज्यसत्ता ड्ट कम (खड्क  आले मगर)
     राज्यको विभेदकारी नीतिले हराउँदै गएको मातृभाषाले विस्तारै फैलने मौका पाउन थालेको छ । विशेष गरि विसं २०४६ को जनआन्दोलनपछि मातृभाषाले थोरै भए पनि
संरक्षण पाउन थालेको हो । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा मातृभाषा बोल्ने मगर लगायतका जनजाति समुदायलाई खस नेपाली भाषा बोल्नुपर्ने उर्दी लगाएका थिए भनिन्छ। राणाकालमा राज्यले मगर लगायतका समुदायलाई मातृभाषा बोलेमा जरिवाना गर्ने व्यवस्था गरेपछि विभिन्न जनजाति समुदायका मातृभाषा लोप हुँदै गएका थिए ।

अहिले समय बदलिएको छ । राजनीतिक र सामाजिक परिवर्तनसँगै आदिवासी जनजाति समुदायले आफ्नो, भाषा, धर्म कला सँस्कृतिको संरक्षण र पहिचानको आन्दोलन थाले । यहि पहिचानको आन्दोलनले विभिन्न जनजाति युवालाई मातृभाषाप्रतिको मोह बढाएको छ । पछिल्लो समय मातृभाषा जान्नेहरु विस्तारै बढ्दै गएका छन । यो सुखद पक्ष हो । मातृभाषा जानेकै कारण धेरैले आफ्नो रितिरिवाज, सँस्कृति बुझ्न त पाएका छन् नै पछिल्लो समय रोजगारी पनि पाएकाछन् । ‘भाषा जानेकै कारणमैले रेडियोमा दरै भाषाको समाचार पढ्न पाएकी छु’

तनुहँको दमौली एफएमकी मिला दरै भन्छिन्, ‘नत्र मलाई रेडियोले किन जागिर दिन्थ्यो र ?’

दरै भाषाको समाचार पढेकै कारण आफ्नै समुदायमा परिचित हुने मौका पाएको उनको भनाई छ । मिला जस्ता थुप्रै आदिवासी जनजाति युवाले पछिल्लो समय आफ्नो भाषा जानेकै कारण रोजगार पाएका छन् । सुरुका दिन मातृभाषाप्रति घृणा गर्नेहरु अहिले गर्व गर्न थालेको उनीहरुको भनाई छ । पत्रकारिताको अनुभव नभएपनि रेडियो र टिभीमा समाचार पढ्ने अधिकांश जनजाती युवायुवतिले मातृभाषा जानेकै कारण काम पाएका हुन् । ‘मैले गुरुङ भाषा जानेकै कारण रोजगार पाएकी हुँ’ पोखराको गण्डकी टेलिभिजनकी समाचारवाचिका प्रकृति गुरुङ भन्छिन्, ‘मलाई पत्रकारिताको अनुभव थिएन, भाषा जानेकै कारण टिभीले जागिर दियो ।’ विशेष गरि पछिल्लो सयम विभिन्न जिल्लामा खुलेका एफएमहरुले जनजातिका समाचारलाई प्राथमिकता दिन थाले पछि अनुभव नभएपनी भाषा जानेकै कारण ती जातिका युवायुवतीलाई रोजगार दिनुपरेको संचारमाध्यमका पदाधिकारीको भनाई छ ।

‘समाचार लेखेको र पढेको अनुभव थिएन, तर दरै भाषा बोल्न र लेख्न जानेकै कारण रोजगार दिएका हौ’ मिला दरैलाई रोजगार दिएको तनहुँको दमौली एफएमका समाचार प्रमुख प्रदीप काफ्ले भन्छन्, ‘हामीलाई अनुभवि भन्दापनि भाषाको ज्ञान भएको मान्छे आवश्यकता थियो ।’ ड काफ्लेले दमौली एफएममा नेपाली बाहेक गुरुङ, मगर र दरै भाषामा समाचार प्रशारण हुने भएकोले अनुभव नभएपनि भाषा बोल्न र लेख्न सक्ने भएकै कारण जनजाति युवायुवतिलाई रोजगार दिएको बताउँछन् ।

‘उनीहरुको काम समाचार वाचन र अनुवाद गर्ने हो’ काफ्ले भन्छन्,‘यसबाट संचार माध्यमले विभिन्न समुदायलाई सुचना पाउने अधिकार समेत स्थापित गरिदिएको छ ।’ आदिवासी जनजाति जिल्ला समन्वय परिषद् कास्कीका सचिव पुर्ण ह्याल्मोले संचारमाध्यमा जातजातिका समाचार आउन थालेपछि थुप्रै जनजाति युवायुवतीले रोजगार पाएको बताउँछन् । ‘आफ्नो भाषामा समाचार आउँदा हामीलाई गर्व महसुस हुन्छ’ ह्याल्मो भन्छन्, ‘यसले भावि सन्ततीलाई भाषाप्रति थप सामिप्यता तुल्याउनेछ ।’ ह्याल्मोका अनुसार पोखराका करिब आधा दर्जन रेडियोमा विभिन्न जनजातिका समाचार प्रशारण हुन्छन् ।

मनोज घर्तीमगर

(तनहुँको दमौली एफएममा दरै भाषाको समाचार वाचन गर्दै मिला दरै ।

(तस्बिर :समुन्द्र पौडेल )

मातृभाषामा अर्को पाईला / मगर भाषाको कविता यात्रा तनहुँको भीमाद बाट……..,

 

तनहुँ /१६  साउन  ।

मगर भाषाको इतिहासमै पहिलोपटक कविता यात्रा हुने भएको छ ।
नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र पश्चिमाञ्चल समितिको आयोजनामा यही साउन १९ गते तनहुँको भीमाद बजारमा उक्त मगर भाषाको कविता यात्रा आयोजना गरिन लागेको केन्द्रका अध्यक्ष मेजन पुनमगरले जानकारी दिनुभयो । भीमाद ग्रामीण तालिम केन्द्रको हलमा हुने मगर भाषा कविता यात्रामा चार जना चर्चित मगर भाषाका कविहरू रूद्रबहादुर हितानमगर, रूद्र ‘सन्देश’ मगर, रूद्रबहादुर श्रीसमगर र पूर्ण थापामगर ‘सुगा’सहित अन्य स्थानीय कविहरूले आ–आनो कविता वाचन गरि कविता यात्राको प्रथम संस्करणको थालनी गर्ने अध्यक्ष पुनमगरले जानकारी गराउनुभयो । कविता यात्राको स्थानीय आयोजकका रूपमा नेपाल मगर सङ्घ तनहुँ रहेको छ भने मगर समाज अष्ट्रेलिया, मगर सङ्घ युके र नेपाल मगर लेखक सङ्घले कविता यात्रा सम्पन्न गर्न सहयोग गर्ने भएका छन् । यसअघि, केन्द्रले मगर भाषाको इतिहासमा पहिलोपटक टिकटमा कविता वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । मगर भाषाका कविद्वय टोप अस्लामीमगर र गणेश पहराई ‘जीएम’ले सो अवसरमा कविता वाचन गर्नुभएको थियो । मगर भाषा तथा साहित्यको विकास र प्रवद्र्धनका लागि केन्द्रले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने योजनामा रहेको केन्द्रका सदस्य–सचिव हर्क आलेमगरले बताउनुभयो ।

प्रशिक्षण शिविर सम्पन्न / मगरले मर्द–पर्द चोखिंदा गहुँत खान पर्दैन ।

 

 तनहँ, १२ सावन ।

       मगरको संस्कृति बिज्ञानमा      आधारित छ । हिजो मगरले मर्द–पर्द चोखिनको लागि गहुँत खान्थे अब गहुँत कसैले खान पर्दैन । गहुँत पनि एक प्रकारको मेडिसिन हो । त्यस्मा ब्याक्ट्रीया नाश गर्ने तत्व हुन्छ । हिजो आधुनिक औषधीको बिकास भैसको थिएन सरुवा रोगले मान्छे मर्थे । बिरामी भै मरेका लाशसंग लासपस हुँदा रोग सर्ने डरले गहुँत खाने प्रचलन ल्याएको हो । अब मगरले गहुँत खान पर्दैन   मगरहरुले सिर पूजा गर्नू,ठु–ठूल्ला वृक्ष,ढुङ्ग, पहाड,नदिनाला आदि पूज्नुमा पनि बैज्ञानिता छ । उक्त कुरा पोखरा विश्वबिद्यलयका पुर्व उपकुलपति समेत रहनु भएका मगर संस्कृतिबिद् प्राध्यापक डा.केशरजङ्ग बराल मगरले शनिबार दमौलीमा आयोजित भाषा संस्कृति साहित्य तथा नेतृत्व बिकास बिषयक प्रशिक्षण शिविरमा बताएका हुन । मगरहरु यो देशका भुमिपुत्र हुन, हिजो मगरहरु यहाँका राजा महाराजा थिए,शासक थिए ।

 

यो कुरा हामीलाई यहाँका भुगोलको नामाकरणले पनि बताई रहेका छन । बिभिन्न ठाउँ र नदी नालाको नाम मगर भाषामै राखेका छन । उहाँले अर्को प्रसंगमा बताएका थिए ।

                           मगर कार्यकर्ताहरुको क्षमता बिकास तथा संगठन बिस्तारमा टेवा पुयाउने उद्दश्यले शनिबार दमौली  स्थित  न्यू गण्डकी होटेलको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा अर्का प्रशिक्षक अधिबक्त तथा मगर संघका भु.पु. महासचिव सुरेन्द्र थापा मगरले भने अब मगरहरु सबैको नेता बन्नु पर्छ । अबको पालो मगरको हो सबैक्षेत्रमा मगरले नै नेतृत्व लिनु पर्छ । अब नजिकै संबिधान सभाको चुनाव आउँदै छ यस्मा नेपाल मगर संघले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ भु.पु. महासचिव सुरेन्द्र थापा मगरल आफनो प्रशिक्षणको क्रममा बताएका थिए । नेपाल मगर संघ तनहँका अध्यक्ष झक सारुमगरको अध्यक्षतामा संचालित उक्त प्रशिक्षण शिविरमा नेपाल मगर संघ तनहँका पदाधिकारी सदस्यहरु, बिभिन्न गाउँ कार्य समितिका पदाधिकारीहरु,भतृ संगठनका पदाधिकारीहरु समेत गरि ७५ जना मगर कार्यकर्ताहरुको सहभगिता रहेका थिए । कार्यक्रको
संचलन एवं सहजिकरण सचिव सिद्धन्त थापा मगरले गरेका थिए ।

खडक आले मगर /khadkanews@gmail.com

आदिवासी जनजाति महासंघ तनहुँको छलफल कार्यक्रम सम्पन्न।

              खडक आले मगर,
                            तनहुँ १२ साउन

अव बन्ने संविधानमा आदिवासी जनजातीको हक अधिकार सुनिस्चीत गर्नका लागी आदिवासी जनजाती एक हुनु आवस्यक रहेको एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँले शनिवार आयोजना गरेको वृहत छलफल कार्यक्रममा उपस्थित वत्ताहरुले सो कुरामा जोड दिएका हुन् । विगतको तुलना र समिक्षा गर्दै अव आदिवासी जनजातीमा चेतनाको जागरण ल्याउनु आवस्यक रहेको भन्दै वत्ताहरुले हक अधिकार प्रत्याभुतीका लागी एक ढिक्का हुनु जरुरी रहेको वताएका छन् । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँका कार्यवाहक अध्यक्ष दिन वहादुर दुराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा यहि साउन २५ गते विविध कार्यक्रम गरी १९ औं विश्व आदिवासी दिवस मनाउने वारेमा सहभागिको विच छलफल भएको थियो । सो दिनमा महासंघ संग आवद्घ सम्पुर्ण नगर तथा गाउँ समन्वय समितीका पदअधिकारी , भातृ संघ संगठनका पदअधिकारी आदिवासी जनजाती समुदायका ब्यक्तिहरुको उपस्थितीमा वृह्त रुपमा दमौलीमा उक्त दिवस भब्य र सभ्य रुपमा मनाईने तयारी भईरहेको कार्य वहाक अध्यक्ष दुराले जानकारी दिनु भयो ।

उक्त दिन विभिन्न जातजातिकोे कला संस्कृतीको झलक नाच प्रस्तुत गर्नुका साथै आ(आफनो जातिय पोषकमा झाँकी सहित नगर परिक्रममा गर्दै विपि वन वाटिकामा विभिन्न कार्यक्रम गरिने सो अवसरमा जानकारी दिएको थियो । साथै शिक्षा क्षेत्रमा प्रोत्साहन गर्नका लागी पहिलो पटक सो दिन गत वर्षको प्रवेशीका परिक्षामा जिल्लामा सर्वोत्कृष्ठ हुने आदिवासी जनजाती छात्रछात्रालाई सम्मान गरिने संस्थाका सचिव सनम तामाङ्गले जानकारी दिनु भयो । सो छलफल कार्यक्रमम आदिवासी जनजाती महासंका पुर्व अध्यक्ष तथा सल्लाहाकार हरि सिङ्ग गुरुङ्ग, यम वहादुर आले , संस्थाका सचिव सनाम तामाङ्ग ,कोषाध्यक्ष तारा राम श्रेष्ठ , तमु छोः ज धिका कार्यवहाक अध्यक्ष रक वहादुर गुरुङ्ग, किरात समाजका अध्यक्ष धिरेन्द्र राई , नेपाल मगर संघका उपअध्यक्ष ईन्द्र थापा , नेवाःखल तनहुँका सचिव शंकर कुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाती शिक्षक संघका अध्यक्ष नन्दु वहादुर थापा , आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतकाले वोलेका थिए ।

उक्त दिवसलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागी आदिवासी जनजाती महासंघका कार्यवाहक अध्यक्ष दुराको संयोजकत्वमा सोही अवसरमा मुल आयोजक समिती तथा विभिन्न ७ वटा उप समिती समे गठन गरिएको छ । उप समिती तथा संयोजकहरुमा स्वागत तथा ब्याच वितरण उप समितीका संयोजकमा मिना थापा, ,प्रचारप्रसार उप समितीको संयोजकमा फोनिज तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ , सांस्कृतीक उप समितीको संयोजकमा चाम वहादुर गुरुङ्ग,झाँकी तथा ¥याली ब्यावस्थापन उपसमिती संयोजकमा क्या. खिल वहादुर थापा , युवा तथा स्वंयम सेवक परिचालन उप समितीमा सिदान्त थापा , सम्मान तथा प्रशंसा पत्र वितरण उप समिती संयोजकमा नन्दु वहादुर थापा , मञ्च निमार्ण तथा ब्यावस्थापन उपसमितीको संयोजकमा मिना थापा रहनु भएको छ ।

 

हामी पढेलेखेकाले नजगाए कसले बचाँउछ मातृभाषा -हेमा आले ‘बोगी’

हेमा आले ‘बोगी’ , मगर साहित्याकासमा एक जना उदाउँदो नक्षत्र  ।  मगर साहित्यमा लामो समयदेखि कलम चलाईरहेकि बोगीको  हालसम्म मगर भाषामा दुई वटा कृति बजारमा छ। यसअघि ‘रिक्मा’(कलम)नामक गजल सँग्रह र   हालैमात्र ‘लर्फुओ मिच्याट’(पछ्यौरीको टुक्रो) आहान गोमक(कथा सँग्रह) बजारमा ल्याएकि ‘बोगी’, नेपाल मगर लेखक सँघ केन्द्रिय समितिको सदस्य पनि हुन् ।
‘बोगी’ सँग राज्यसत्ता डट कमका नवलपरासी सम्वाददाता प्रेमध्वज गाहा मगरले उनको पछिल्लो कृति ‘लर्फुओ मिच्याट’ को सन्दर्भमा रहेर कुराकानी गरेका छन् –

मगर भाषाकै साहित्यमा कलम चलाउने जाँगर कसरी आयो ?
सर्वप्रथम त म मगरको सन्तान भएको नाताले मगर भाषा र सँस्कृति प्रति मेरो गहिरो रुचि र लगाव छ ।
अनि पछिल्लो समयमा समाजलाई बुझ्दै जाने क्रममा राज्यको अन्य भाषामाथिको बिभेदकारी नीतिले गर्दा भाषाहरु बिस्तारै लोप हुँदै जाने र बोल्ने मानिसहरुको सँख्या पनि कम हुँदै जाने र भाषा र सँस्कृति मर्दै गएपछि एकदिन सम्वन्धित जातिको अस्तित्व नै सँकटमा पर्ने देखेपछि भाषा सँरक्षण गर्न र भावी पुस्तालाई भाषा हस्तान्तरण गर्ने ध्येयले पनि मगर भाषामा कलम चलाउन थालेँ, कलम चलाउन थालेको धेरैपछि कृतिहरु निकालेँ ।

खासमा तपाईको यो पछिल्लो कृति ‘लर्फुओ मिच्याट’कस्तो खालको कृति हो ?
यो मगर भाषाको कथा सँग्रह हो । यसमा जम्मा नौ वटा कथाहरु सँगृहित छन् । अहिलेसम्म यो समाजमा एउटा मगरको बच्चा भएर जीवन भोग्दै गर्दा जातिय बिभेद, बिकृति र बिसँगति देखेँ समाजका त्यही कुराहरुलाई बुनेर यो कथासँग्रह तयार गरेको छु । आम पाठकहरुको आफ्नै जीवनभोगाईलाई  कथाहरु मार्फत उतार्ने प्रयास गरेको छु । अर्को बिशेषता के छ भने २०५० सालमा नेपाल मगर लेखक सँघले मगर भाषालाई देवनागरीमा लेख्ने एउटा मानक निर्धारण गर्यो तर त्यस मानकमा रहेर लेखन गर्दा कतिपय पाठकहरुलाई बुझ्न गार्हो भएको प्रतिकृया आएपछि मैले यो मेरो कृति क्षेत्रगत वा आञ्चलिक हिसावमा जस्तो बोलिन्छ त्यसरी नै लेखेको छु त्यसले गर्दा यो मेरो कृति अरु भन्दा बोधगम्य पनि छ ।

तपाईको यस कथा सँग्रहले समाजको कुन पक्षलाई समातेको छ ?
पक्कै पनि साहित्य भनेको जीवन हा,े मेरो बुझाइमा । जीवन भनिसकेपछि तत्कालीन समाजमा मानिसहरुले जिइरहेको समय, परिवेश, घटना, सन्दर्भहरु हुन् । समाजमा ब्याप्त बिभिन्न समस्याहरुलाई नै मैले मेरा कथाहरुको बिषयबस्तु बनाएको छु ।त्यो युवाहरुको समस्या हुन सक्छ, जातिय समस्या वा लैँगिक हिँसा वा अन्य पनि हुन सक्छ ।

भनेपछि यसमा लैँगिक समानताको मुद्दा पनि पढ्न पाईन्छ ?
मगर लेखिका भैसकेपछि  मगर समाज, मगर सँस्कृति नै साहित्यको मुल बिषय हुनुपर्छ भन्ने पनि होला । तर समाजमा बसिसकेपछि एउटा मान्छे भएर बाँचिरहँदा हरेक कुराहरुसँग अन्तर्सम्बन्धित भइदो रहेछ । कस्तो छ भने हामी मगर महिलाहरु राज्यको बिभेदकारी नीतिले गर्दा जातिय बिभेद खेपिरहन बाध्य त छँदै छौँ अर्कोतर्फ महिला भएकोले मगर समाज भित्रै पनि लैँगिक हिँसाबाट पनि पीडित छौँ । यसरी हामी दोहोरो मार खेपिरहेका छौँ । त्यसले गर्दा  मेरा सिर्जनाहरुमा लैँगिक कुराहरुले पनि ठाउँ पाएका हुन् ।

 के का लागि लेख्नुहुन्छ ?
म आत्म सन्तुष्टिको लागि लेख्छु । मैले सहज रुपमा भन्न नसकेका कुराहरुलाई, मेरा बिचारहरुलाई सम्प्रेषण गर्न पनि  लेख्ने गर्छु ।

मगर भाषामा लेखेर गल्तिगरे भन्ने त लागेकोछैन?
मैलै खस भाषामा लेखे पनि हुन्थ्यो होला । तर हरेकले आफ्ना सन्तानलाई खस भाषा नै बोल्न उत्प्रेरित गरी राखेका छन् , मातृभाषा बोल्दा खस भाषामा दक्षता हुँदैन भन्ने मान्यताले मगर भाषालाई बिस्थापन गरिरहेको अवस्था छ । साहित्य नै मगर भाषामा लेखिएपछि पक्कैपनि त्यो नै मगर समुदायको लागि ठुलो कुरा हो जस्तो लाग्छ । बोलीमा मात्र सीमित भएको  मगर भाषामा आफ्नो बिचार मात्र लेख्दिए पनि आगामी पुस्ताको मगर भाषा प्रति मोह बढाउन सकिन्छ ।

मोफसलमा बसेर, त्यो पनि राज्यले उपेक्षा गरेको समुदायगत भाषामा साहित्य लेखन गर्न तपाई जस्तो श्रष्टालाई कत्तिको गार्हो छ ?
धेरै गार्हो छ । नेपाली खस भाषाको साहित्यलाई प्रकाशन देखि लिएर बिक्री बितरण र प्रबद्र्धनमा राज्यस्तरबाटै प्रोत्साहन हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठान,साझा प्रकाशन लगायतका सबैले सहयोग गर्छन् तर भाषिक र जातिय मुद्दा बोक्ने अन्य समुदायगत भाषाका साहित्यलाई प्रकाशन नगरिदिने बिक्री बितरणको जिम्मा नलिइदिने गर्छन बरु उल्टा हतोत्साही गरिदिने काम हुन्छ । भाषाभाषीका साहित्यलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन नआएसम्म हामी जस्तो श्रष्टाहरुलाई यस्तो गार्हो त भइ नै रहन्छ ।

यस्तो किन भए जस्तो लाग्छ ?
मुलतः नेपालमा जातिय बिभेद छ । ब्यक्तिको क्षमतालाई भन्दा पनि जातिको आधारमा मुल्याङ्कन हुने गर्दछ । मुख्य कुरा त के हो भने यदि कुनै जनजाति श्रष्टाले भाषिक वा जातिय मुद्दा उठायो भने उसको समुदायको पनि सत्ता सञ्चालन वा नीति निर्माण तहमा पहुँच पुग्छ अनि हामी मिनिमाइज हुनुपर्ला भन्ने  सत्ताधारी जातिहरुको साम्प्रदायिक सोँचले पनि यस्तो भएको हो भन्ने मेरो ठहर छ ।

पछिल्लो जनगणना अनुसार करिव उन्नाइस लाख मगर मध्ये जम्मा पुगनपुग आठ लाखले मात्र भाषा बोल्ने गरेको देखियो,यस्तो अवस्थामा मगर भाषामा लेखिएका साहित्यको क्षेत्र कत्तिको उर्वर देख्नुभएको छ ?
पक्कै पनि मगर भाषा बोल्नेहरुको सँख्या कम हुनु भनेको भाषा बुझ्नेको सँख्या कम हुनु हो र बुझ्नेको सँख्या कम हुनु फेरि मगर भाषाको साहित्य पढ्ने पाठकहरु कम हुनु हो । यो भनिरहँदा यो तथ्याँक बिश्वसनीय तथ्याँक हो भन्ने मलाई लाग्दैन, एकातर्फ हाम्रो जातिय र भाषिक सँख्या कम देखाउन राज्य नै सुनियोजित रुपमा लागेको छ भने अर्कोतर्फ हामी आफै भाषा आए पनि बोल्न र अभ्यासमा ल्याउन छाड्दै गइरहेका छौँ अनि बोलिन्छ कि बोलिँदैन भनेर सोद्धा बोलिँदैन भन्ने उत्तर दिन्छौँ । यसरी हाम्रो भाषिक सँख्या कम देखिएको हो । भाषिक साहित्यको क्षेत्र कति उर्वर भन्ने सन्दर्भमा चाहिँ के भनौँ भने हाम्रो मान्छेहरुमा पुस्तकमा खर्च गर्ने बानी बसिसकेको छैन,बिस्तारै त्यो पनि होला र भाषिक साहित्यको क्षेत्र पनि उर्वर बन्दै जाला भन्ने आशा छ ।

 मगर भाषा र साहित्यको बर्तमान अवस्था कस्तो देख्नुभएको छ ?
बर्तमान अवस्थामा मगर भाषा सँरक्षण र सम्बद्र्धनका लागि धेरै कृयाकलाप भैरहेका छन् । त्यसैगरी मगर साहित्य पनि अहिले सम्म खालि सँख्यात्मक बृद्धिका लागि लेखिँदै आएकोमा ५० को दशकयता गुणात्मक बृद्धि तर्फ पनि ध्यान दिइन थालिएको छ । जसलाई एउटा सकारात्मक पक्ष मान्न सकिन्छ । तर यति धेरै जातिय र भाषिक सँख्या भएको मगरहरुको साहित्यको पाटो भने सन्तोषजनक छैन ।

मातृभाषामा कलम चलाउन रुचि भएका नव श्रष्टा र पाठकहरुलाई भन्नु के छ ?
सबैभन्दा पहिला त आफ्नो भाषा सँस्कृति माथि गौरव गर्न सिकौँ । अरु भन्दा हामी बिशेष  छौँ भाषाले गर्दा । हाम्रो यो अमुल्य सम्पत्तिलाई लेख्य रुपमा पनि जोगाऔँ । आफ्नो भाषामा कृति नै निकाल्न सकियो भने भाषा सँरक्षणमा एउटा इँटा थपेजस्तो हुन्छ । बातावरण सहज बन्दै गएको छ । आर्थिक हिसावले पनि लेखेरै बाँच्न सकिने अवस्था पनि आउला । एउटा सकारात्मक सोँच राखेर कलम चलाउनोस , नव श्रष्टाहरुलाई मेरो भन्नु यही छ । र, पाठकहरुलाई चाहिँ मगर भाषा र साहित्यका पुस्तकहरु किनेर पढ्नोस् र मगर साहित्यलाई माया गर्दिनोस् भन्न चाहन्छु ।

साभर  राज्यसत्ता डट्कम  / खड्क आले मगर

मगर्नी पनि पढ्छ र भन्ने तीरले क्याम्पस प्रमुख बनायो

    साभर्: राज्यसत्ता ड्ट कम

नेपालमा एउटा डरलाग्दो प्रवृत्ति हावी छ । त्यो हो–अरुले सक्दैन, त्यो अछुत हो, त्यो कमजोर छ, त्यो गर्ने जातकै हैन, त्यो कनिष्ठ हो भन्ने । यो प्रवृत्ति धेरै मात्रामा कथित उपल्लो जात र हुने खाने संभ्रान्तहरुमा हावी छ । यहि मानसिकतबाट श्रृजित साहित्य, कला, राजनीतिका कारण  नेपालका अन्य थुप्रै जातजातिहरुको मनोविज्ञानमा नकारात्मक असर पारेको छ । जस्तो कि कुनै मगरले वा अर्को पिछडिएको जनजातिले अलिअलि पढ्न थाल्यो भने त्यो मगरले पनि पढ्यो र, हैन होला ? भनि प्रतिप्रश्न गरिन्छ । कारण हो सताब्दीयौदेखि घोकाईएको दास पाठशालाबाट उत्पादित मानसिकता । ‘त मगरले सक्दैनस् र तं मगरले गर्नु हुंदैन’ भन्ने संस्कारले उनीहरुलाई एजेरु जसरी गांजेको छ । यहि प्रबृत्तिले नै पढेलेखेकाहरुले समेत ‘मगर भएर पनि यत्ति धेरै पढेको’ ? भन्ने जस्ता मन अमिलो बनाउने प्रश्नको सामना गर्नुपर्छ । मगर समुदाय भन्नासाथ पुरुष बैदेशिक रोजगारमा जाने र महिला लाहुरेनी भई विलासी जीवन बिताउँछन् भन्ने पूरातन सोचाइले यस्तो मानसिकता बनाइदिएको ठानिन्छ । तर यथार्थ त्यो मात्र होईन । पढेलेखे आफ्नो अधिकारका निम्ति सजग र सचेत हुन्छन भनि नियोजित रुपमा यस्तो बिषाक्त सन्देश स्थापित गराउन हरयत्न प्रयत्न गरिन्छ । यस भित्र ठुलो राजनीति लुकेकोछ ।

यहि राजनीतिक स्वार्थका कारण मगर बहुल क्षेत्र गण्डकमा  ‘मगरले पढ्न लेख्न सक्दैनन्’ भन्ने परम्परागत सोंचलाई

अद्यापि तन्काउन खोजिन्छ। तर, धेरै मगर विद्वानले यस्तो सोचाइलाई गलत सावित गरिदिएका छन् । अझ मगर महिलाले समेत पछिल्लो समय अध्ययन/अध्यापनमा फड्को मारेपछि यस्ता गलत प्रश्न तेस्र्याउनेहरु क्रमशः  खुम्चिन बाध्य छन् । त्यस्ता वर्गलाई गतिलो जवाफ दिएकी छिन्– स्याङ्जा राम बाच्छाकी रिना रानामगरले । नेपालको इतिहासमा मगर महिलाबाट पहिलो क्याम्पस प्रमुख भएर उनले नयाँ मानक बनाएकी छिन् । मगर जाति भन्ने बित्तिकै नाँच्ने, गाउँने अनि विलासी हुन्छन् भन्ने संस्कारलाई तोड्न सफल भएकीछन् रिना । २०६४ असोज २२ गते देखी रिनाले स्याङ्जाको वालिङ बहुमुखी क्याम्पस प्रमुखको कार्यभार सम्हालेयता उनले दिएको कुशल नेत्तृत्वले सावित गरिदिएकोछ, पुरातन मान्यता कति मक्किएकोछ ।

सूर्यपटुवा मा.बि. बर्दियाबाट २०४२ सालमा एसएलसी उत्तिर्ण गरेपछि बैबाहिक जीवनमा बाँधिएकि रिनाले त्यसपछि बर्दियाको बंगालीपुर प्राविमा अध्यापन शुरु गरिन् । उनलाई हरहालतमा पढ्नु थियो । त्यसैले घरपरिवारलाई खुसी बनाउन उनी मास्टरनी भइन् । त्यतिबेला बुहारीले पढ्नुहुन्न भन्ने  गलत धारणा थियो । रिनाले यस्तो गलत धारणालाई समेत चिर्न सफल भइन् । जस्तो बाधा आएपनि रिनाको पढ्ने ईच्छालाई कसैले रोक्न सकेन । उनले पढाउँदै पढ्दै गरेकोले घरपरिवारले पनि साथ दियो । ‘त्यति बेला छोरीले त पढ्न हुँदैन भन्ने सोचाइ थियो भने बुहारी पढ्न पाउनु टाढाको कुरा हो’ उनी भन्छिन्,‘म पढ्न जाँदा त्यो मगर्नी बुहारी भएर पनि पढ्न जान्छे भन्दै कुरा काट्नेहरु थुप्रै थिए ।’

घरायसी कामकाज । विद्यालयमा पढाउनुपर्ने । साथमा आफूले पनि पढाईलाई सँगै लैजानु कम्ता गाह्रो थिएन । रिनाले यी सबै कठिनाई पार गरिन् । त्यसैले नेपालकै पहिलो मगर महिला क्याम्पस प्रमुख हुन सफल भएको बताउँछिन् उनी । केही समय प्राविमा पढाएकी उनले आई. ए. र बि.ए. वालिङ बहुमखि क्याम्पस स्याङ्जाबाटै उत्तिर्ण गरिन् । स्नातक पास भएपछि हौसिएकी रिनाले २०५१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीति शास्त्रमा एम.ए. उत्तिर्ण गर्ने बित्तिकै वालिङ बहुमुखि क्याम्पसमै पार्ट टाईम प्राध्यापन गर्ने मौका पाईन् । राजनीतिशास्तमा एमए सकाएपनि उनले आफ्नो पढाईलाई फराकिलो बनाइन् । उनले २०५६ सालमा त्रिभुवन विश्व विद्यालय किर्तिपुरबाट एमएड गरिन् । वालिङ बहुमुखी क्याम्पसमा पढाउँदै अध्ययनलाई जारी राखेकी उनले निरन्तरको मेहनतपछि आफूले नै अध्ययन गरेको क्याम्पस प्रमुख हुन सफल भइन् । ‘बुहारी भएपछि पढ्न त निकै कठिन थियो, तर समाजमा कुरा काट्नेहरुको ईखले गर्दा नै मलाई यहाँसम्म पुर्यायो’ रिना भन्छिन्–‘सबभन्दा आफ्नो ईच्छा हुनुपर्यो, अगाडि बढ्न कसैले रोक्दैन ।’ जिल्लागत रुपमा शिक्षाको हिसाबले धेरै अगाडि स्याङजा जस्तो ठाँउमा रिनाले क्याम्पस प्रमुख पाउनु चानचुने कुरो होईन ।

नाम्चे – १ कोल्मा स्याङ्जामा लाहुरे परिवारमा जन्मिएकी रिनालाई लाहुरे संस्कृतिले पटक्कै छोएन । मगर संस्कृतिमा लाहुरेलाई मात्र छोरी दिन्छन् भन्ने विकृतिको पनि अपवाद बनेकीछन् रिना । उनका श्रीमान् पनि शिक्षण पेशामा संलग्न थिए । शिक्षामा अगाडि बढ्न नसकेका मगर समुदायमा मात्र हैन, बुहारी भएकाले पढ्न सक्दैनन् भन्ने समाजको मुख बन्द गराएकी छिन् उनले । ‘सबैभन्दा ठुलो शिक्षा हो,समाजमा रहेर आलोचनालाई पनि सकारात्मक रुपमा स्वीकार्न सक्नुपर्छ’ उनी भन्छिन्–‘मगर समुदायमा अझै पनि पढाईलाई त्यति महत्व दिइदैन यो गलत सँस्कृति हो । हामीले पढाइलाई महत्व दिनुपर्छ ।’

क्याम्पस प्रमुखको जिम्मेवारीलाई चुनौति र अवसरको रुपमा लिएको  बताउने उनले ५० प्रतिशत महिलाहरु आफ्नै कारणले पछाडी परेको सुनाउँछिन् । पढ्न जाँदा त्यतिवेला उनका कुरा काट्नेहरुले बुहारी भएर पनि पढ्न जान्छे भनेर खिसि टिउरी गरेको कुरा अझै बिर्सन सकेकी छैनन् । बुहारीले पढ्न हुन्न भन्ने तत्कालीन समयमा परिवारले आफूलाई पढ्न स्वीकृती दिएकोमा घरपरिवारप्रति आभारी छिन् उनी । स्वाभिमानी हुनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै आफू अगाडि बढेको बताउने रिनाले लामो संघर्ष पश्चात क्याम्पस प्रमुख हुन पाएको बताउँछिन् ।  अझै पनि उनलाई समाजको डर कायमै छ । आफू मगर समुदायबाट क्याम्पस प्रमुख भएकोमा गर्व लागे पनि ‘यो मगर्नीको पालामा क्याम्पस कस्तो हुन्छ’ भनेर अझै कुरा काट्ने गरेकोमा उनको चित्त दुःखेको छ । अझै पनि महिलालाई समाजमा हेयको दृष्टिले हेर्ने र महिलाले महिलालाई सहयोग गर्ने सँस्कार बसिसकेको छैन । त्यसमाथि जनजाति महिला । उनी भन्छिन ‘महिला पछाडि पर्नमा महिलाको हात बढी हुन्छ, सबैले महिलाको स्थानमा बसेर सोचिदिनुपर्छ ।’

मनोज घर्तीमगर,पोखरा
तस्वीर  विनोद रखालीमगर, स्याङ्जा

किन होला सोल्टी रोधीमा मन साट्न छाडिएको !

साभर :  राज्यसत्ता डट्कम / खड्क आले मगर

गुरुङ/मगर समुदायमा अत्यन्तै प्रचलित रहेको रोधी सँस्कार लोप हुने अवस्थामा छ । यो दुवै समुदायमा केही वर्ष पहिलेसम्म रोधी बस्ने चलन थियो । एकताका कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा  लगायतका हरेक गुरुङ र मगर गाउँमा रोधी बस्ने चलन थियो । आजभोली रोधी कुन चराको नाम भनि सोध्न थालिएकोछ । निकै रमाईलो परम्परा मानिएको रोधी बस्ने प्रचलन यतिबेला संकटमा परेको भएतापनि यसको संरक्षणमा कसैको ध्यान गएको छैन । रोधी सँस्कार अहिले केवल फिल्मी पर्दामा मात्रै सिमित भएको छ ।

गुरुङ/मगरको ‘जिउँदो संस्कृति’ मानिने रोधी घर अहिले आफ्नै जन्मभुमिबाट पराई भएको छ । यी समुदायको जनजीवनमा नयाँ आयाम ल्याईदिने रोधीघरबारे पछिल्लो समय अर्थको अनर्थ लाईदिएपछि रोधी बस्ने प्रचलन हटेको हो । मुलधारका मीडियामा समेत यसलाई नकारात्मक रुपमा प्रस्तुत गरियो । कथित आधुनिकताका बखान छांट्ने जनजाति वा गैरजनजाति बौद्धिकहरुले यस पर्वमा भएका केहि नकारात्मक पक्षको मात्र बदख्वाई गर्दे छवि माथि प्रहार गर्न थालेपछि यस पर्वमा रमाउने युवाहरु रोदी बस्न हच्कन थाले । पहिला रोदीमा रम्न वर्ग गर्ने युवा पुस्ता पछि त्यसबाट मनोरन्जन गर्न हच्किन थाले ।
दुःख र सुख साटासाट गर्ने थलो गुरुङ/मगर जातिको मौलिक परम्परा रोधीघरबारे जनमानसमा यथार्थ जानकारी आउन दिइएन । त्यसैले आँसु र मुस्कान अनि मायाप्रेम र ममताले भरिएको रोधीघरको बारेमा पछिल्लो पुस्तालाई पत्तो नै छैन । ‘रोधी अहिले समाप्त भईसकेको छ, कतैकतै मगर गाउँमा बाँकी छ’ हिमाली साँस्कृतिक परिवारका अध्यक्ष एवं सँस्कृतिकर्मी मेनकाजी गुरुङ भन्छन्, ‘रोधी बस्ने परम्परा गाउँमा थियो, गाउँमा अहिले युवाहरु छैनन्, युवा नभएपछि रोधी को बस्ने ?

त्यसो त रोधी गाउँमा मात्रै हैन । सहर झरेका मगर÷गुरुङ समुदायका व्यक्तिहरुले केही वर्ष अघिसम्म पोखरामा पनि बस्ने गर्थे । तर, अहिले यहां पनि विलुप्त जस्तै भएकोछ । उहिले–उहिले गाउँघरमा खेति किसान गर्ने किसानहरु आफ्नै घर परिवारले मात्र काम गर्न नसक्ने भएपछि अर्मपर्म गर्ने गरेर सामूहिकतामा जोवन यापन गर्दथे । यस्तो महत्वपूर्ण कुरा छिनोफानो रोधीमा बसेर निक्र्याैल गर्दथे ।
गाउँघर र कुनाकन्दराका मानिसहरुको दुःख सुख बिसाउने एकमात्र चौतारी रोधीघर थियो । मेलापातबाट आ–आफ्नो घर गएर फर्केर खान आएपछि सबै रोधीँघरमा जम्मा हुन्थे । रोधीँघरमा आएपछि मेलापातका कुरादेखि लिएर भोलिका दिनमा गरिने कामको सवै चाँजोपाँजो हुन्थ्यो । हातमा बुन्ने सामाग्री लिने, मुखले मनका गीतहरु गाउने तथा सुखदुःख साटासाट गर्ने काम रोधीमा हुन्थ्यो । अहिले रोधीबस्ने प्रचलन गुरुङ, मगर समुदायबाट लोप भए पनि कसैलाई चिन्ता छैन । ‘हाम्रो पालामा टोलटोलमा रोधी बस्थ्यौैं,अहिलेका केटाकेटीले पूरानो कुरा मान्दैनन्’ स्याङ्जा चित्रेभञ्याङका एक सय वर्षका बृद्ध तुलबहादुर पुनमगर भन्छन् ‘आजभोलीका केटाकेटी त डिस्को डान्स भन्छन, क्यासेट बजाउँछन् यीनलाई आफ्नो सँस्कृतिको कुनै चिन्ता छैन ।’

गाउँघरमा उतिबेला मनोरञ्जन गर्ने कुनै साधन थिएनन् । अहिलेका जस्तो टेलिभिजन, रेडियो, फिल्महरु र गीतसंगीन नभएको बेला मनोरञ्जन गर्ने थलो नै रोधीघर थियो । दिनभर काम गरेर लखतरान भएका गाउँलेहरु साँझपख रोधीघरमा जम्मा भएर नाचगान गर्दै रमाईलो गर्थे । आजभोली मनोरञ्जन  गर्ने तरिका बदलिनु र मनोरञ्जनका अनेकन साधन सर्वसुलभ हुनुले पनि रोधी हराएको हो । शान्ति सुरक्षा र माओवादीले सुरु गरेको जनयुद्धले पनि रोधी हराउनुमा ठूलो बल पु¥याएको थियो । शान्ति सुरक्षाको अभाव र जनयुद्धताका राति हिडडुल गर्न सक्ने अवस्था नभएकोले पनि रोधी हराएको दावी गर्छन् रोधी बस्नेहरु ।
रोधीको अर्थ मगर र गुरुङले आ–आफ्नो भाषा अनुसार व्याख्या गरेका छन् । मगर भाषामा ‘रोज’ को अर्थ रोज्ने अर्थात छान्ने हो भने ‘इम’ को अर्थ घर हुन्छ । मगर समुदायमा उहिले–उहिलेको समयमा आज यो घरमा बसेर रमाईलो गर्ने, भोली त्यो घरमा बस्ने भन्दै घर छानेर निक्र्यौल गरिन्थ्यो । त्यसपछि रोजइम, रोजइम हुँदै यो शव्द अपभ्रंश भएर रोधी बन्न पुगेको मगर समुदायका सँस्कृतिकर्मीको भनाई छ । गुरुङ समुदायमा ‘रो’ को अर्थ सुत्ने हो भने ‘धी’ को अर्थ घर हो । गुरुङ समुदायमा ‘रोती’ भन्ने शव्दको उत्पति भएपछि विस्तारै अपभ्रंश भएर कालान्तरमा ‘रोधीँ’ भएको हो भन्नेहरु पनि छन् । पछि ‘रोधीँ’ लाई रोदी समेत भनियो ।
रोधि बस्दा अन्य संस्कृति जस्तै यसका पनि केहि नकारात्मक पाटो निस्कने गरेका थिए । रोधीघरमा महिला पुरुष सँगै बसेर रमाईलो गर्ने र मनोरञ्जन गर्दै जाँदा शारिरीक सम्पर्क सम्म पुग्ने हुँदा ‘रोधी सन्तान’ पनि निस्कन थाले । यसपछि रोधी सँस्कृतिलाई नराम्रो नजरले हेर्न थालियो । ‘रोधी राम्रो सँस्कृति हुँदाहुँदै पनि यसमा केही विकृति पनि आयो’ सँस्कृतिकर्मी तिर्थ श्रेष्ठ भन्छन्, ‘रोधी सन्तानहरु धेरै जन्मन थाले, त्यसपछि समाजमा यो नराम्रो सँस्कृतिको रुपमा विकसित हुन पुगेकोले यसलाई पछ्याउनेहरु कम भए ।’ 

तर यति कारण मात्र थिएन यसको चार्म हराउनुमा । Continue reading

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

Magar writers