मगर खामको पहिलो प्रकाशित साहित्यिक कृति

Continue reading “मगर खामको पहिलो प्रकाशित साहित्यिक कृति” »

Bhanu bakta

Anjasha Bajagain

बिबाहको बन्धनलाइ सोच्छन आज नाटक जस्तो
जादुगरले छु: गरेर देखायेको चटक जस्तो
भाडाकुटि खेल जस्तो गर्छन नौटङकी
येहि चालाले सुन्दर जीवन बन्छ कस्तो कस्तो

Sangita R. M
मेरो यादले कुनै दिन तिमीलाई निदाउन नदेला।
गल्ती उनकै थियो भनेर मन बुझाउन नदेला।

दिल त अरुको बसमा चल्दै चल्दैन हेर,
बिर्सिएर विगत अरुको सिउँदो सजाउन नदेला।।

Sangita R.M

पलाँस हुँ म त,सुगन्ध कहाँ छर्न सक्थेँ र।
पत्थर हो दिल मेरो,माया कहाँ गर्न सक्थेँ र।

आकाश जस्तै लाग्छौ तिमी,कोशौँ दुर म देखि,
साधारण मान्छे म,तिम्रो रोजाइमा कहाँ पर्न सक्थेँ र।..

Sarmila R. M
लाहुरे बाबु पल्टनमै ब्यस्त छन
घरमा आमा दमको रोगले ग्रस्त छन
हुर्कायो बदायो ठूलो सपना देखि
गाँजाको नसामा सन्तान मस्त छन

Magar books

Sharmila Roka Magar

न डर छ घामको न डर छ पानीको……
हटाउन गाह्रो जित्ने बानीको……
हिसाब किताब राख्दैनौँ कहिल्यै……
नाफा र नोक्सानीको…………….। —

Magar Culture

BOMBAHADUR
GHARTI MAGAR
मेरो मातृभाषा ( मगर खाम ) बाटको साहित्य कृतिहरूमा स्वोच्वोके ( बिउँझनुस् ) २०६६ गजल र च्याँसिव परी ( उठ्नुपर्छ ) २०६८ कविता सङ्ग्रह हुन । जसले गर्दा मगर भाषाको आदिकवि जितबहादुर सिञ्जाली मगर प्रतिष्ठान काठमाडौंबाट जिबसिम साहित्यक पुरस्कार २०७० ले पुरस्कृत हुने अवसर पाएँ । तर कान्तिपुर लगायतका अखबारहरूमा मेरो विवरण केही फरक हुन गएको अवस्था हो । धन्यवाद पुरस्कार प्रदान गर्ने प्रतिष्ठान र प्रतिष्ठान परिवारलाई, मेरो यात्रामा साथ दिँदै हौसला थपिदिनुहुने सम्पूर्ण मित्रहरू, र मिडिया कर्मिहरूमा .. … .. ।
प्रकाशित साभार :- जन आकाङ्क्षा साप्ताहिक रोल्पाबाट प्रकाशक Ishwori GM म्यामलाई धेरै धेरै धन्यवाद ।

सिरियाको आधा भूभागमा आईएसको कब्जा
६.९ रिक्टर भुइँचालो गएको भोलिपल्ट नै फेरि ६ रिक्टर
चीनले नेपाली सेनालार्इ दियो घुम्ती अस्पताल
रुखको विवादमा दाजुभाइबीच खुकुरी हानाहान
भीरमा लाश देखिन्छ, निकाल्न सकिएन
भूकम्पपीडितको त्रिपालमा कालोबजारी
धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर अर्को परकम्प
भूकम्पपछि पहिरोको जोखिम अध्ययन गर्न अठार विज्ञ समूह
नेपालगन्जको तापक्रम ४३ डिग्री
पन्जाबको गार्मेन्टमा बेचिएका नेपाली बालबालिकाको उद्धार
सिरियाको आधा भूभागमा आईएसको कब्जा

Down

राप्तीका माओवादी भूकम्प प्रभावित जिल्लामा

उदय जिएम |
२०७२ जेष्ठ ७ बिहीवार 1198 पटक पढिएको
फोटो :सौजन्य, एमाओवादी रोल्पा
दाङ : नेपालमा बैशाख १२ गते आएको विनाशकारी भूकम्पले मच्चाएको विनाश लीलाले सबै नेपाली मनहरुलाई जोडेर गएको छ । आस्थाको धरहरा, थुप्रै साँस्कृतिक सम्पदा, हजारौं जन अनि धनलाई टुक्राटुक्रा पारे ता पनि नेपालीहरुका मन र भावनाहरुलाई भने यसले जोडेर गएको छ ।

यसको ज्वलन्तउ दाहरण बनेको छ, भूकम्प पछिको उद्धार, राहत र अस्थायी घर निर्माणमा देखिएको समग्र नेपालीहरुको अभूतपूर्व एकता । व्यक्ति, संघसंस्था, राजनीतिक दल, भातृसंगठनका कार्यकर्ताहरु भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणको काममा खट्ने अभियानै चलेको छ ।

यही क्रममा एमाओवादीका कार्यकर्ताहरु पनि भूकम्प प्रभावित जिल्लाहरुमा खटिएका छन् । केन्द्रको निर्देशन अनुसार राप्तीका पाँचै जिल्लाबाट एमाओवादीका कार्यकर्ताहरु पनि अस्थायी घर निर्माणमा लागेर भूकम्प प्रभावितहरुको घाउमा मलम लगाउने प्रयास गरिरहेका छन् ।

रोल्पाबाट केन्द्रीय सदस्य दीपेन्द्र पुन सिजलको नेतृत्वमा गएको ४३ जनाको टोली गोर्खाको स्वाँरा गाविसमा काम गरेर फर्केको छ । “भूकम्पबाट असर नपरेका जिल्लाबाट भूकम्प प्रभावित जिल्लामा गएर काम गर्न पार्टीले सर्कुलर गरेपछि हामी गोर्खाको स्वाँरा गाविसमा काम गरेर फर्कियौं” एमाओवादी रोल्पाका सचिव पुरण क्षेत्री“करेण्ट”ले भने, “स्वाँरा गाविसको माझथर माध्यमिक विद्यालयको गारो भत्किएको नयाँ भवन ढलान गर्यौं ।

त्यहाँका ६ वटा भत्किएका विद्यालयमा पठनपाठन सुचारु गर्न सकिने बनायौं । १२ वटा व्यक्तिगत टहरा अनि ३ वटा शौचालय निर्माण गर्यौं ।” सचिव क्षेत्रीले आफूहरु १० दिनकाम गरेर फर्किएको जानकारी दिए । उद्धारका कामसँगै घरटहरा निर्माणका कामहरु गरेर फर्केको उनले बताए । सचिव क्षेत्रीका अनुसार एमाओवादी रोल्पाले फेरि ४५ जनाको दोस्रो टोली सिन्धुपाल्चोक पठाउन थालेको छ ।

“केहीदिनभित्रै रोल्पाबाट ४५ जनाको टोलीसिन्धुपाल्चोक जिल्लाजाँदैछ”, सचिव क्षेत्रीले जानकारी दिए । यसैगरी एमाओवादी दाङका उपाध्यक्ष निर्मल आचार्यको नेतृत्वमा गएको ४५ जनाको टोली पनि गोखाकै सौरपानी गाविसमा खटेर फर्किएको छ ।

एमाओवादी दाङका जिल्ला सदस्य लुमकान्त न्यौपाने “सागर”का अनुसार भूकम्पमा परी मृत्यु भएका, बेपत्ता, अशक्त, बृद्धबृद्धा, एकल महिला र सार्वजनिक स्थललाई प्राथमिकतामा राखेर कामगरिएको थियो । “हाम्रो त्यो मापदण्ड अनुसार ५ वटा विद्यालयलाई सुचारु गर्यौं”, सागरले थपे, “त्रिपालमा सञ्चालन गरिएको एउटा बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकीको पुनर्निर्माण गरी सञ्चालनमै ल्याइयो ।”

भूकम्प प्रभावित क्षेत्रमा संकटपूर्ण अवस्थामा रहेको र भत्किएका घरबाट अन्नपानी, लत्ताकपडा, भाँडाकुँडा लगायत पुरिएका सामान निकाल्नमै केही समय सकिएको सागरले बताए । “त्यसबाहेक व्यक्तिगत १२ वटा अस्थायी टहरा निर्माण गरियो । हाम्रो बढी समय पुरिएका सामान निकाल्ने र ढलेका घरका सामग्रीहरुको संरक्षणमै बित्यो ।”

जिल्ला सदस्य सागरले जेठ ८ गते फेरि ४५ जनाको अर्को टोली गोरखा नै जाने र १५ जनाको ३ वटा समूहबनेर कामगर्ने जानकारी दिए । “अर्को टोली पनि गोरखा जाने तय भइसकेको छ तर गाविस चाहिँ पछि छनौट गरिने छ” सागरले भने । रुकुमको एमाओवादी इञ्चार्ज गोपाल शर्मा “अनल”को नेतृत्वमा गएको ४५ सदस्यीय टोली यतिबेला धादिङको कुमपुर र कल्लेरी गाविसमा खटिएको छ ।

शर्माले कुमपुरबाटै टेलिफोनमा अन्नपूर्ण पोष्टसँग भने, “ढलेर धरापजस्तो बनेका १९ घरको व्यवस्थापन गर्यौं । १० वटा टहरा निर्माण गरिसकेका छौं र ५ वटा त्रिपाल टाँग्ने काम भएका छन् ।” उनका अनुसार बिहीवार बिहानसम्म १२ वटा घरमा पुरिएका सामान निकाल्ने काम पनि सकिएको छ ।

अझै ७ दिन जति काम गरेर आफ्नो टोली फर्किने र फेरि ४५ जनाको अर्को टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिए । “हामी फर्के लगत्तै दोस्रो टोली धादिङमै आउनेछ”, शर्माले थपे ।

सल्यानबाट पूर्व केन्द्रीय सदस्यकी र्तिबहादुर पुनको नेतृत्वमा ४७ सदस्यीय टोली बिहीवार नै धादिङका लागि हिडेको छ । जिल्ला अध्यक्ष कर्णबहादुर बुढाले धादिङको कुन गाविसमा जाने भन्ने कुरा पार्टीले निर्देशन दिने बताए ।

त्यसैगरी प्यूठानबाट पनि २५ जनाको टोली शुक्रवार रसुवा जाँदैछ । एमाओवादी प्यूठानका अध्यक्ष कृष्ण अधिकारी “प्रकाश”ले अन्नपूर्ण पोष्टलाई भने, “मेरो नेतृत्वमा २५ जनाको टोली शुक्रवार रसुवाका लागि हिड्दै छौं । रसुवाको कहाँ खट्ने भन्ने कुरा पार्टीले जानकारी दिने छ ।”

Sharmila Roka Magar

पहिलो पटक सिकाउनु भएको थियो आमाले बोल्न
पहिलो पटक सिकाउनु भएको थियो आमाले हिँड्न
पहिलो पटक सिकाउनु भएको थियो आमाले लडेपछि फेरि उठ्न
पहिलो पटक सिकाउनु भएको थियो क ख ज्ञ सम्म
पहिलो पटक सिकाउनु भएको थियो आमाले 1 2 3 100 सम्म.

Jibsim sammanako photo

  • Jibsim pruskar 2067 paudako photo . send by irdhasi jhankri magar
  • Jibsim pruskar 2067 paudako photo . send by irdhasi jhankri magar

Athar Magar pangla Ror

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Novel In Magar Kham

Magar Dictionary

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

Magar Jatiko Chinari

kabita sangraha

ng ngkastla kabita sanggraha खोजी खोजी पढ्नुहोस् । (काठमाडौ)

photo

March 2017
S M T W T F S
« Apr    
 1234
567891011
12131415161718
19202122232425
262728293031