नेपाल मगर संघ बुढीबजारको अध्यक्षमा पुनः क्या. पूर्णबहादुर पल्लीमगर

रूद्र श्रीसमगर

लेखनाथ, जेठ  २० – नेपाल मगर संघ बुढीबजार एकाइ समिति, कास्कीको अध्यक्षमा पुनः क्या. पूर्णबहादुर पल्लीमगर सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न एकाइको सातौं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट उपाध्यक्षमा भीमकुमारी सारूमगर, सचिवमा भोजबहादुर थापामगर, सह–सचिवमा प्रेमबहादुर पल्लीमगर र कोषाध्यक्षमा कृष्णकुमारी थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा धनबहादुर आलेमगर, पूर्णबहादुर आलेमगर ‘विनोद’, डोलमाया रानामगर, नेत्रा थापामगर, जमुना थापामगर, देउकुमार थापामगर र टेकबहादुर गरङ्जामगर रहनुभएको छ ।
अधिवेशनबाट भवन संरक्षकमा गणेशबहादुर आलेमगर, वरिष्ठ सल्लाहकारमा यामबहादुर थापामगर र सल्लाहकारमा कुमारी थापामगर चयन हुनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले स्थानीय तहको निर्वाचनमार्फत् देशमा संघीयताको कार्यान्वयन सुरु भएकाले मगर जातिले आ–आफ्नो तहबाट पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘संघीयताको कार्यान्वयनका रूपमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ’, रानामगरले भन्नुभयो, ‘मगर जातिले स्थानीय तहमार्फत् मातृभाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षण एवं विकासका लागि विशेष पहल लिनु आवश्यक छ ।’

सो अवसरमा नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगर, नेपाल मगर बुद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराड्डीमगर, सचिव जीवनकुमार थापामगर, एकाइका सल्लाहकार गणेशबहादुर आलेमगरलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ८० वर्षमाथिका चार जना र ११ जना एकाइका सक्रिय सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।

नेपाल मगर संघ बुढीबजार एकाइ समितिका अध्यक्ष क्या. पूर्णबहादुर पल्लीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भोजबहादुर थापामगर र रामबहादुर रानामगरले स्वागत गर्नुभएको थियो ।

नमुना मगर समाजको प्रथम वार्षिकोत्सव तथा पारिवारिक वनभोज

रूद्र श्रीसमगर

पोखरा,  जेठ २० – पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४, चाउथेस्थित नमुना मगर समाजको प्रथम वार्षिकोत्सव तथा पारिवारिक वनभोज सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगरले जहाँ बसेपनि मगरहरूले संघसंस्था खोलेर संगठित हुनु सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय सचिव मनोज घर्तीमगर, नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगर, दलबहादुर थापामगरलगायतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।
नमुना मगर समाजका अध्यक्ष ओमबहादुर श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव थापामगरले गर्नुभएको थियो ।

नेपाल मगर संघ माटेपानीको अध्यक्षमा पुनः चन्द्रप्रकाश थापामगर

रूद्र श्रीसमगर

पोखरा, जेठ २० – नेपाल मगर संघ माटेपानी एकाइ समितिको अध्यक्षमा पुनः चन्द्रप्रकाश थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न एकाइ २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट उपाध्यक्षमा दुर्गाबहादुर थापामगर, सचिवमा जीतबहादुर अस्लामीमगर, सह–सचिवमा ज्ञानबहादुर थापामगर र कोषाध्यक्षमा नरेश आलेमगर सर्वसम्मत चयन हुनुभयो ।

त्यसैगरी, सदस्यहरूमा शोभाकर थापामगर ‘कोपिला’, सु. पूर्णबहादुर थापामगर, प्रेमबहादुर थापामगर, सुकुमाया रानामगर, टिकामाया रानामगर, नारायणसिंह मास्कीमगरलगायत रहनुभएको छ ।
यसैबीच, नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिको अध्यक्षमा दुर्गा रानामगर सर्वसम्मत चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा डुनमाया थापामगर, सचिवमा दुर्गा सारूमगर, सह–सचिवमा रेशमकला थापामगर र कोषाध्यक्षमा कृष्णमाया थापामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा माया थापामगर, मुन्नु थापामगर, तुलसी थापामगर, पार्वती थापामगर, पूर्णमाया आलेमगर, डिलमाया थापामगर, समिता थापामगर, चोलीकुमारी थापामगर, लक्ष्मी श्रीसमगर र दुर्गा पुनमगर रहनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिमार्फत् मगर जातिको भाषा, धर्म, संस्कृतिको विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य एवं प्रचारप्रसार तथा जनसम्पर्क विभाग प्रमुख डिलबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ कास्कीकी वरिष्ठ उपाध्यक्ष नुनु रानामगर, माटेपानी एकाइ समितिकी भूपू अध्यक्ष देउरुपा श्रीसमगरलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा एड्भान्स पोलिक्लिनिकका डा. जेनिश श्रेष्ठ, नन्द–गोविन्द स्मृति कोषका प्रेमबहादुर रानामगरकी धर्मपत्नी डिलसुब्बा रानामगर, दुर्गा सारूमगर र कटकबहादुर श्रीसमगरलाई सम्मान गरिएको थियो ।

नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष चन्द्रप्रकाश थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जीतबहादुर अस्लामीमगर र उपाध्यक्ष मानबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

प्रथम चित्रेभञ्ज्याङ सांस्कृतिक महोत्सव सम्पन्न

रुद्र श्रीसमगर
चित्रेभञ्ज्याङ (स्याङ्जा), १८ फागुन
स्याङ्जाको पूर्वी गाविस चित्रेभञ्ज्याङको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्चको आयोजनामा प्रथम चित्रेभञ्ज्याङ सांस्कृतिक महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ ।
शनिबार आयोजित महोत्सवको उद्घाटन गर्दै चित्रेभञ्ज्याङ गाविसका सचिव शिवप्रसाद पौडेलले चित्रेभञ्ज्याङको सांस्कृतिक सम्पदाको संवद्र्धन र प्रवद्र्धनका लागि महोत्सवले मेनी आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै पौडेलले सांस्कृतिक रुपमा चित्रेभञ्ज्याङ गाविस निकै धनी रहेको बताउनुभयो ।
स्कृतिक रुपमा चित्रेभञ्ज्याङ गाविस निकै धनी रहेको बताउनुभयो ।
सो अवसरमा समाजसेवी खिमकुमार विश्वकर्मा, प्रेम थापा, कृष्ण चन्द, पुत्पुते दोस्रो लघु जलविद्युत आयोजनाका अध्यक्ष खिमबहादुर थापा, मातृभूमि माविका प्रधानाध्यापक नारायणसिंह थापा, पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र मानवशास्त्र विभागका प्रमुख सूर्यभक्त सिग्देल, मञ्चका सल्लाहकार अमृतसिंह थापा, सल्लाहकार सुबेदार होमबहादुर थापालगायतले महोत्सवले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा इमेज च्यानल लोककलाकार पब्लिक च्वाइस अवार्ड बिजेता नरबहादुर रानामगर सुरेश, कलावती थापा, देउकी थापा, शंकर सुनारलगायतका कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए ।
मञ्चका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा भएको महोत्सवको सञ्चालन सहसचिव रूद्र ‘सन्देश’ मगरले गर्नुभएको थियो भने आमा समूहकी अध्यक्ष लेखा मल्लले गर्नुभएको थियो । सो अवसरमा महोत्सवको उद्देश्यबारे मञ्चका सचिव बुद्धिराम लम्सालले प्रष्ट्याउनुभएको थियो ।

नेपाल मगर सांस्कृतिक संघ कास्कीको अध्यक्षमा दीपक थापामगर

MAGAR kALAAR PHOTOरुद्र श्रीसमगर
पोखरा, १८ फागुन
नेपाल मगर सांस्कृतिक संघ कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सरिता सारुमगर, सचिवमा सुरज थापामगर, सहसचिवमा सञ्जय पुनमगर र कोषाध्यक्षमा रमा रानामगर सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, सदस्यहरुमा वसन्ती थापामगर, वसन्ती सुनारीमगर, रेनु थापामगर, चिना थापामगर, झम सारुमगर, सिर्जना आलेमगर, सम्झना थापामगर, सञ्जु थापामगर, दिवस थापामगर रहनुभएको छ । बाँकी तीन सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दीपक थापामगरले जानकारी दिनुभयो ।
संघका केन्द्रीय सदस्य पदम थापामगरको अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष शिव थापामगर, म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगर र कलाकार गौरी गुरुङ थापामगर सदस्य रहेको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दैै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको कला, संगीतको उत्थानमा संघले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । आफ्नो कला र गलाका माध्यमबाट कलाकारले राष्ट्रिय चिनारी बनाउने बताउँदै रानामगरले मगर जाति कला, संस्कृतिका हिसाबले निकै धनी जाति भएको बताउनुभयो ।
नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगरले मगर कलाकारहरुलाई संगठित गर्दै मगर जातिको सांस्कृतिक पहिचानलाई स्थापित गराउन संघले अगुवाइ गर्ने उल्लेख गर्नुभयो । गीत, संगीत क्षेत्रमा लागेका मगर समुदायका कलाकारहरुलाई पर्ने पीर, मर्का र व्यथामा साथ र सहयोगका लागि संघ अग्रसर रहेको भन्दै थापामगरले मगर कलाकारहरुका निम्ति मगर सांस्कृतिक संघ आशाको केन्द्र बन्दै गएको बताउनुभयो ।
सो अवसरमा लोक तथा दोहोरी गायक कुमार पुनमगर, कलाकार गौरी गुरुङ थापामगर, नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोकामगर, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष शिव थापामगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगरलगायतले नेपाली लोकसंगीतमा मगर समुदायको महत्वपूर्ण देन रहेको उल्लेख गरेका थिए । कार्यक्रममा एनी थापामगरले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता सारुमगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा इमेज लोक कलाकारका पब्लिक च्वाइस अवार्ड बिजेता नरबहादुर रानामगर ‘सुरेश’लाई सम्मान समेत गरिएको थियो ।

खोजी खोजी पढौं

खोजी खोजी पढौं

खोजी खोजी पढौं

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

Novel In Magar Kham

Magar Literary Magazine

Magar lekhak

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

Kaski Aawaj

आवाजविहीनहरूको आवाज ः कास्की आवाज राष्ट्रिय दैनिक, फोन ः ०६१–५३८६५१
November 2017
M T W T F S S
« Jun    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

New Song

First Folk Song's Album of Smriti Pun Magar