Magar Language Program

पुर्णबहादुर राना (सिंजालीमगर)
उपाध्यक्ष (रिसर्च), मगर लेखक संघ, काठमाडौ ।
फोटो : पदमजङ्ग थापामगर

मगर भाषा प्रतिष्ठान काठमाडौको आयोजनामा “मगर भाषाको वर्ण र लेख्य पद्धती” विषयमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम २७ जेष्ठ २०६९ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । यस कार्यक्रममा मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापाको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काईला हुनुहुन्थ्यो । यसका साथै मगर भाषालाई माया गर्ने माहानुभावहरु उपस्थीत भई सहभागीता जनाएका थिए । मगर ढुट मानक लेखनमा सुधार गर्नुपर्छ भन्ने पक्षका मातृभाषा लेखकहरुलाई भने कार्यक्रमको बारेमा जानकारी दिईएको थिएन ।

सो कार्यक्रममा मगर ढुटको कार्यपत्र मन बहादुर थापाले गर्नुभएको थियो । मगर खाम पाङ को कार्यपत्र कर्ण बहादुर बढुामगरले गनुभएको थियो भने मगर काईकेको कार्यपत्र श्यामप्रसाद घर्तीमगरले गर्नु भएको थियो । सो कार्यक्रममा लेख्य परम्परा, लेखन विधी, वर्ण विन्यास, मानक लेखनका बारेमा धेरै छलफल बहस भएको थियो । उपस्थीत सहभागीहरुले मगर ढुटमा लेखन विधीमा सुधार गर्नुपर्ने कुराहरु आएका थिए । देवानगरी लिपीमा मगर ढुट लेख्दा माहाप्राणमा अक्षर मुनी दुई थोप्लो राख्नुपर्ने, आधा अक्षर लेख्नुपर्ने, भाषाको आरोह अवरोह र मिजास मिलाउन ह्रस्व दीर्घको प्रयोग हुनुपर्ने, अक्खा लिपीलाई प्रयोग गर्नुपर्ने जस्ता आदिका बारेमा बहस भएका थिए । मगर भाषाको मौलिक पहिचान जोगाउदै लेखनलाई सरल र सहज बनाउन सहभागीहरुबाट सुझाव आएका थिए । सो कार्यक्रमका वक्ताहरुले राज्य व्यवस्थाबाट मगर भाषामाथी भएको दमन, असहयोग, मगर समुदायले गर्नुपर्ने कुराहरु समसामयीक विषयमा टिप्पणी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival
New Book Arrival
April 2014
M T W T F S S
« Mar    
 123456
78910111213
14151617181920
21222324252627
282930  
Multi-Lingual Education
Stories In Magar Dhut