सरकारी विश्वविद्यालयमा मगर भाषा, साहित्यको एम.ए. तहमा अध्यापनको व्यवस्था गर । मगर मातृभाषाको साहित्य खोजी खोजी पढौं । मगर मातृभाषाको प्रयोगलाई बढाआऔं । मगर भाषा सिक्ने र सिकाउने अभियानलाई निरन्तरता दिऔं र पहिचानलाई बचाऔं । मगर मातृभाषा र मगर सम्बन्धी पुस्तकहरु पढ्नको लागि www.magarbooks.org लग अन गरेर लाभ उठाऔं । – मगर लेखक संघ लुम्विनी अंचल कार्य समिति, लुम्बिनी

तेस्रो मुखपत्र “उदिम” प्रकाशन हुँदै ।

 

दिलमाया पुन मगर,
काठमाडौँ ।

मिती २०७३ साल साउन ४ गते समितीका अध्यक्ष दिलमाया पुनको अध्यक्षतामा बसेको कार्यसमितीको बैठकले मुखपत्र “उदिम” प्रकाशनलाइ निरन्तरता दिँदै यस वर्ष पनि तेस्रो मुखपत्र “उदिम” छिट्टै प्रकाशन गर्ने निर्णय गरेको छ । उक्त बैठकमा Continue reading

“पुस्तक प्रदर्शनी”

image-f87ce08c2a9ce77d1064e9edefa66e6dc47e335e72f66b07f1cb3b6edb95aaf6-V[1]दिलमाया पुन
काठमाडौं
मिति २०७३ जेठ १८ गते नेपाल मगर संघ, केन्द्रिय समितिको चितवनमा आयोजित ११औ महाधिवेशनको अवसरमा ने. म. ले. सघं लुम्बिनीले Continue reading

दोस्रो मुखपत्र ‘उदिम’ विमोचन तथा कविता बाचन कार्यक्रम

uddimuddim bimouddim bimochanदिलमाया पुन
काठमाडौँ ।
मिति २०७२ भाद्र २८ गते स्व. आदिकवि रेख बहादुुर सारु मगरको ७१औ जन्म जयन्तिको अवसरमा नेपाल मगर लेखक संघ, अञ्चल समिती, लुम्बिनीले दोस्रो मुखपत्र ‘उदिम’ विमोचन तथा कविता वाचन कार्यक्रम Continue reading

कपिलवस्तुको वाणगंगामा मगर लिपी “अक्खारिका” प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न ।

samapan 12samapan kapilbastuदिया आले मगर
चैत २८ गते, शनिबार
कावासोती न.प.
नेपाल मगर लेखक संघ, अञ्चल समिति, लुम्बिनीको आयोजनामा चैत १४ गते देखि चैत २८ गतेसम्म १५ दिने मगर लिपि “अक्खारिका” प्रशिक्षण कार्यक्रम कपिलवस्तुको वाणगंगा स्थित नेपाल मगर संघको भवनमा सम्पन्न भएको छ । उक्त प्रशिक्ष्ँणको समापन कार्यक्रम चैत २८ गते शनिबार आयोजना गरिएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहयोगमा सम्पन्न भएको हो । प्रशिक्षण Continue reading

विश्व मातृभाषा दिवसका अवसरमा कावासोतीमा “हाजिरी जवाफ प्रतियोगिता” सम्पन्न ।

दिया आले मगर
फाल्गुन ९ गते शनिबार
कावासोती, न.प. ।
विश्व मातृभाषा दिवसका अवसरमा नेपाल मगर लेखक संघ, जिल्ला समिती, नवलपरासीको आयोजना तथा अञ्चल समिती, लुम्बिनीको सह–आयोजनामा कावासोती नगरपालिका–२, मा फाल्गुन २ गते शनिबार “हाजिरी जवाफ प्रतियोगिता” कार्यक्रम सम्पन्न भएको छ । Continue reading

नेपाल मगर लेखक संघ, अञ्चल समिती, लुम्बिनीको बैठक सम्पन्न ।

दिया आले मगर
कावासोती, नवलपरासी
नेपाल मगर लेखक संघ, लुम्बिनी अञ्चल समितीको नियमित बैठक यही माघ १७ गते शनिबार नवलपरासीको बर्दघाटमा सम्पन्न भएको छ । समितीका अध्यक्ष दिलमाया पुनको अध्यक्षतामा बसेको उक्त बैठकमा विशेष गरी समितीले आगामी दिनमा काम गर्ने योजनाका बारेमा छलफल गरियो । जसमध्ये यस वर्ष नजिकिँदै गरेको विश्व मातृभाषा दिवस मनाउने तयारी एवम् समितीको मुखपत्र बैशाख मसान्त सम्ममा प्रकाशन गर्ने गरी यस समितीकी अध्यक्ष दिलमाया पुन मगर ज्यु को संरक्षकत्वमा जसमा सल्लाहकार समितीमा लोकनेश ढेंगा मगर, हेमा आले मगर र हरिता थापा मगर ज्यु रहनु भएको छ । सह–सचिव दिया आले मगरको प्रधान सम्पादकत्व एवम् प्रमुख व्यवस्थापन रहने साथै सह–सम्पादक महेन्द्र बि. थापा मगर, सदस्य लिला राना मगर र व्यवस्थापन समितीमा सह–व्यवस्थापक चोपलाल राहुल, सदस्यमा गंगा पुन मगर, सोनु थापा मगर, टेक बहादुर सारु मगर र शिव कुमार बुढा मगर रहनु भएको छ ।

बुटवलमा मगर साहित्यमा मगरपन अन्तक्र्रिया कार्यक्रम सम्पन्न

दिया आले मगर
कावासोती, न.प.
जित बहादुर सिङ्जाली मगर साहित्य प्रतिष्ठानको आयोजना, नेपाल मगर लेखक संघ, अञ्चल समिती, लुम्बिनीको सह–आयोजना एवम् आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजनमा यही आषाढ ७ गते शनिबारका दिन बुटवलमा मगर साहित्यमा मगरपन विषयमा १ दिने अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रो. शोभा चन्दको प्रस्तुती रहेको थियो । मगर साहित्यमा निरन्तर कलम चलाउनु हुने मगर लेखक, चलचित्रकर्मी एवम् पत्रकारहरुको उपस्थिती रहेको उक्त अन्तक्र्रिया कार्यक्रमका बीच प्रो. शोभा चन्द ज्यू ले प्रत्येक आदिवासी जनजाती समुदायको सम्पतिको रुपमा रहेको भाषा र संस्कृतिमाथि साहित्यको माध्यमबाट हुने गरेको प्रहारलाई चिर्ने प्रयास पनि साहित्यकै माध्यमबाट गरिनुपर्ने साथै मगर लेखकहरुले साहित्यमा मगरपन झल्काउनु पर्ने बारे जोड दिनुभयो ।

नेपाल मगर लेखक संघको नियमित बैठक सम्पन्न

दिया आले मगर
कावासोती, न.प.

नेपाल मगर लेखक संघ, अञ्चल समिति, लुम्बिनीको नियमित बैठक संस्थाका अध्यक्ष श्री दिलमाया पुन मगर ज्यूको अध्यक्षतामा ६ महिनाको फरकमा पत्रिका प्रकाशन गर्ने निर्णय गर्दै जेष्ठ २४ गते शनिबार रुपन्देही जिल्लाको बुटवलमा सम्पन्न भएको छ । साथै पत्रिका प्रकाशन समिति संयोजकका रुपमा यसै संस्थाका सदस्य श्री गंगा पुन मगर ज्यूलाई चयन गरिएको छ, र प्रकाशन समिति सदस्यमा महेन्द्र बी. थापा र आकृति थापा हुनुहुन्छ एवम् सल्लाहकारमा मगर लेखक संघ, केन्द्रिय समितीका सदस्य हेमा आले र हरिता थापा ज्यू रहनुभएको छ ।

मगर मातृभाषा (मगर ढुट) प्रशिक्षण कार्यक्रम सञ्चालन गरिँदै

dilukawaskawasoti

दिया आले मगर
कावासोती

नेपाल मगर लेखक संघ,अञ्चल समिती, लुम्बिनीको आयोजना, नेपाल मगर लेखक संघ, जिल्ला समिती,नवलपरासी र ने.म.वि.सं.,न.प. को सह–आयोजना तथा आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानको प्रायोजनमा न.प. जिल्लाको कावासोतीमा मगर मातृभाषा (मगर ढुट) प्रशिक्षण कार्यक्रमको उद्घाटन कावासोतीको शिवमन्दिर गा.वि.स. भवनमा सु–सम्पन्न गरियो । Continue reading

विश्व आदिवासी दिवसको तयारी

बुटवल । नेपाल आदिवासी जनजाति महासंघ रूपन्देहीले १९ औं विश्व आदिवासी दिवस भव्यताकासाथ मनाउने तयारीमा जुटेको छ । ‘आदिवासी जनजातिको अभियान’, ‘पहिचान, संघीयता र पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि नयाँ संविधान’ भन्ने मूल नाराका साथ मनाउन लागिएको विश्व आदिवासी दिवसलाई सार्थक बनाउन महासंघले तयारीलाई तीव्र दिएको हो ।
दिवसबारे जानकारी दिंदै नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरीले अबको आन्दोलन आदिवासी जनजातिको मुद्दामा केन्द्रीत हुने बताएका छन् । प्रत्येक वर्ष जनजाति महासंघले मनाउादै आईरहेको विश्व आदिवासी दिवस (अगष्ट ९ तारिख) भव्यताको साथ मनाउने जानकारी अध्यक्ष चौधरीले गराएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रूपन्देहीको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष चौधारीले बोल्दै महासंघले आफ्नो स्थापनाकाल देखि नै नेपालका विभिन्न जिल्लाहरूमा स्थापना दिवस भव्यताका साथ मनाउादै आएको जानकारी गरेका थिए । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष कृष्ण मोक्तानले राज्यले आदिवासीका मुद्दाहरूलाई सम्बोधन नगरेको भन्दै सम्पूर्ण अदिवासी एकजुट भएर अधिकारका लागि आवाज उठाउने कुरामा जोड दिएका छन् । उनले अधिकार, स्वशासन, स्वायत्तता, अग्राधिकार तथा पहिचान लगायतका सवालमा पछि परेका आदिवासीलाई राज्यले नै पहल गर्नु पर्नेमा जोड दिए ।
उनले कतिपय अदिवासीका मागहरू पुरा भए पनि अझै थुप्रै मागहरू बााकी रहेको भन्दै अदिवासी एकजुट हुनु पर्ने बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला अध्यक्ष मिलन गाहाको अध्यक्षता तथा फोनिजका सचिव आशिष सुर्यवंशीको संचालन रहेका उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघले कार्यक्रम सफल पार्नको लागि विभिन्न किसिमको कार्यक्रम तय गरेको बताइएको छ ।
श्रावण २३ गते सिद्धबाबा बृद्धाश्रमका बृद्धबृद्धाहरूलाई फलफुल वितरण, २४ गते बिहान व्लड बैंकमा रक्तदान र २५ गते राजमार्ग चौराहाबाट ११ बजे वृहत आदिवासी जनजातिको संस्कृति झल्किने झााकी, र्‍याली प्रदर्शन सहित कान्तिसभा गृहमा पुगेर विश्व आदिवासी दिवस मनाउने भएको छ ।
उक्त दिवासमा हजारौको संख्यामा मानिसहरूको सहभागिता रहने र प्रमुख अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ सल्लाहकार कृष्ण भट्टचनलाई आमन्त्रण गरिएको अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Books from Purna

Jaljala Jaljala

Magar Jatiko Chinari

ADVERTISEMENT

dictionary

Advertise

November 2017
M T W T F S S
« Jul    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

hema

hema

मगर भाषाको गजल सङग्रह ‘रीक्मा ‘

Yaabhun Palpa