Literary Programme

Poems. Story, Criticism, Novel, Literature,

मगर भाषाका आदिकवि सु. रेख बहादुर सारु मगरको ७०औं जन्मजयन्ति सम्पन्न

Rekh Bdr jayanti 2070 03 Rekh Bdr jayanti 2070 02Rekh Bdr jayanti 2070 04खड्क  आले मगर

२०७० भदौ २८ गते

दमौली तनहूँ

मगर भाषाका आदिकवि सु. रेख बहादुर सारु मगरको ७०औं जन्मजयन्तिको अवसरमा पारेर शुक्रबार जिल्ला सभागृह हल दमौलीमा मगर भाषा तथा साहित्य सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । तनहूँ जिल्लामा जन्मिनु भएका मगर भाषाका आदिकविको सु.रेख बहादुर सारु मगर ७०औं जन्मजयन्ति मनाउने सिलसिलमा नेपाल मगर लेखक संघ तनहूँले उक्त अन्तक्र्रिया कार्यक्रम राखेको हो । संस्था अध्यक्ष गीता थापा मगर “बेली” को अध्यक्षतामा र नेपाल मगर संघको पुर्ब महासचिव एवं मगर भाषासाहित्यका आग्रणी साहित्यकार शिव लाल थापा मगरको प्रमुख आतिथ्यमा उक्त अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । मगर भाषा तथा साहित्य बिषयक उक्त कार्यक्रममा तनि जना मगर साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । Continue reading

भिमादमा मगर भाषाको पहिलो कविता यात्रा : तीन रूद्र र पूर्णले सुनाए मगर कविता

Bhimad kabita 1Bhimad kabita 2 bhimada kabita 3रूद्र श्रीसमगर

पोखरा, १९ साउन, 2070 BS
पछिल्लो समय मगर भाषा तथा साहित्यको गतिविधि बढ्दै गएको छ । सबैले आÇनो पहिचान खोजिरहेका बखत मगर जातिमा पनि बढ्दो जागरणले आÇनो मातृभाषाको संरक्षणका लागि सक्रियता बढेको देखिन्छ । मगर जातिको मातृभाषाको रूपमा रहेको मगर भाषाको संरक्षण र विकासका लागि भनेर थुप्रै सङ्घसंस्थाको स्थापना भएका छन् । तीमध्ये Continue reading

टिकटमा मगर भाषाको कविता वाचन कार्यक्रम

tikatma kabita 5tikatma kabita 2मेजन पुनमगर
०८, असार, २०७०
पोखरा
कास्की÷नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र पश्चिमाञ्चल समिति, कास्कीको अध्यक्ष मेजन पुन मगरको अध्यक्षतामा, नेपाल मगर संघ जिल्ला कार्य समिति कास्कीका अध्यक्ष पूर्णबहादुर राना मगरको प्रमुख आतिथ्य, नेपाल मगर संघ भूपू महासचिव तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापा मगरको बिशेष अतिथि अन्य नेपाल मगर लेखक संघ, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष बिष्णु सिंजाली मगर र नेपाल मगर महिला संघ जिल्ला कार्य समिति फूलकुमारी थापा मगरको आतिथ्यमा बाह्र मगरात मगर भाषाका कवि टोप अस्लामी मगर र अठार मगरात मगर भाषाका कवि गणेश पहराई जिगमको संयुक्त रुपमा टिकट काटेर मगर भाषाको कविता वाचन कार्यक्रम असार ८ गते शनिबार डेनिस रेष्टुरेण्ट सभागृह पोखरामा सम्पन्न भएको छ । Continue reading

जिबसिम पुरस्कार २०६८ समारोह सम्पन्न

विष्णुकुमार सिंजाली

काठमाडौ, चैत १७, २०६९
मगर भाषा र साहित्यको विकास र प्रबद्र्धनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको आकिवि जितबहादुर सिञ्जालीमगर प्रतिस्थानले २०६८ सालको जिवसिम पुरस्कार अठार मगर भाषाका साहित्यकार तथा नेपाल मगर लेखक संघका रोल्पाका अध्यक्ष श्री जिवन रोकामगर र नवप्रतिभा पुरस्कार सुश्री मनु ठाडामगरलाई आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थान, जावलाखेलको हलमा गरिएको एक कार्यक्रमा प्रमुख अतिथी पुर्व मन्त्री गोरेबहादुर खपाङ्गीमगर ज्युले आदिकवि जितबहादुर सिञ्जालीमगरको उपस्थीतिमा फेटा गुथाएर सम्मान पत्र सहित क्रमशः रु ३५,०००।– र ५०००।– को नगद पुरस्कार प्रदान गर्नुभयो । सो कार्यक्रमको अध्यक्षता प्रतिस्थानका अध्यक्ष सञ्जोग लाफामगर ज्युले गर्नुभएको थियो भने सञ्चालन सन्त गाहामगर र स्वागत भाषण रोम थापामगरले गर्नु भएको थियो ।
पुरस्कृत प्रतिभाहरुलाई प्रमुख अतिथी सहित अतिथीहरु मगर संघका महासचिव नविन रोकामगर, नेपाल प्रज्ञा प्रतिस्थान कमलादिका प्राज्ञ बुँद राना र प्राज्ञ सुलोचना मानन्धर, साहित्यकार कृष्ण धाराबासी, मगर संघका भाषिक उपाध्यक्ष तथा लेखक संघका अध्यक्ष कर्ण बहादुर बुढामगर, भिम रोकामगर लगायतले मन्तव्य सहित शुभकामना दिनुभएको थियो । यसै गरी जापानी नागरीक तथा मगर संस्कृतीका अध्येता मिकितो मिनामी ले शुभकामना दिनुहुँदै समुदायलाई बुझ्न र रिसर्चमा सहि तथ्य ल्याउन मातृभाषा जान्नुपर्ने आवस्यकता मगर भाषामा बोल्दै औंल्याउनुभएको थियो । कार्यक्रमा बोल्ने अधिकाँस बक्ताहरुले मगर भाषामा साहित्यको विकास गर्नु पर्ने, राज्यले मगर भाषाको साहित्यलाई वेवास्ता गरेको बताउनु हुदै मगर भाषा लोप हुदै गईरहेकोमा चिन्ता पनि गर्नु भएको थियो र भाषालाई जोगाउन साहित्यकारहरुको ठुलो भुमिका रहने कुरामा जोड दिनु भएको थियो ।

अन्तर साँस्कृतिक सदभाव तथा भय विर्मश सम्पनः मगर लेखकहरुको सहभागिता

उजीर रानामगर

हेमा आले

फाल्गुन ७, धरान

पूर्वी नेपालको सुन्दर नगरी धरानको धरान सभा गृहमा ०६९ साल फाल्गुन ५–७ अन्तरसाँकृतिक सदभाव तथा भय विर्मश कार्यक्रम सम्पन्न भयो । वहुभाषिक कवि गोष्ठी गरेर सुरु भएको सो कार्यक्रममा नेपाल मगर लेखक संघको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वउत्तर भारतका राज्य बाट भारतिय १५ जनाप्राज्ञ सभा बाट पुरस्कृत साहित्यिकार तथा राज्यस्थर बाट पुरस्कृत ४० जना साहित्यिक सर्जकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमा नेपालका विभिन्न विद्याका साहित्यिकारहरुको सहभागिता रहेको सो कार्यक्रमा नेपाल मगर लेखक संघका केन्द्रिय महासचिव उजीर राना मगर र केन्द्रिय सदस्य हेमा आले मगरले मगर दुटमा कविता वाचन गरेका थिए ।
नेपाल मगर लेखक संघले भारतबाट आएका साहित्यिक सर्जकहरु संग संस्थागत अन्तरकृया समेत गरेका थियो । कार्यक्रमको विचमा साहित्यिक सर्जकहरु लाई आयोजक भयवाद अध्ययन केन्द्रले धरानका विभिन्न गुम्वा तथा मन्दिरहरुको अवलोकन समेत गराएको थियो ।
पछिल्लो समयमा देश सुब्बा द्धारा प्रतिपादन गरिएको भयवाद बारे वृहत छलफल समेत भएको थियो । सोही कार्यक्रमा भयवाद सम्बन्धि सिक्किम यूनिभरसिटीले स्तान्त्रकोन्त्तर विषयमा हालको वर्ष देखि अध्ययन गर्न लागिएको कुरा सिक्किम यूनिभरसिटीका नेपाली विभाग प्रमुख डा. कविता लामाले बताउनु भएको थियो । कार्यक्रम भयवाद अध्ययन केन्द्रका अध्यक्ष डा. टंक न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मगर मातृ भाषामा कविता महोत्सव तथा प्रतियोगिता सम्पन्न

खड्क बहादुर आले
हेमा आले
१८, फाल्गुन २०६९, कावासोती, नवलपरासी

“रिक्मा पोस्टक लाम, नाक्कुङ इटिहास पाम, पोस्टाक पिङ्टार रिक्म डानी लेचभर काम ” भन्ने मुल नाराका साथ मातृभाषा दिवसको अवसर पारेर नेपाल मगर लेखक सघं अञ्चल समिती लुम्बिनीद्घारा आयोजना गरिएको मगर भाषामा खुल्ला कविता प्रतियोगिता (रिल्हिङ बाजी) कावासोती खानेपानीहल, नवलपरासीमा शुक्रबार सम्पन्न भयो । कार्यक्रम संयोजक दिया आले मगरको अध्यक्षता तथा नेपाल मगर संघ, केन्द्रिय अठार मगर भाषिक उपाध्यक्ष कर्ण बहादुर बुढा मगरको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । Continue reading

पश्चिमाञ्चल क्षेत्रीय मातृभाषा कविता महोत्सव सम्पन्न

रूद्र श्रीसमगर
पोखरा, १२ फागुन
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले नेपाली समाजको बहुलतालाई बुझ्न नसके नेपाललाई बुझ्न नसकिने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर पोखरामा पहिलोपटक आयोजना गरिएको ‘पश्चिमाञ्चल क्षेत्रीय मातृभाषा कविता महोत्सव–२०१३’लाई शनिबार सम्बोधन गर्नुहुँदै उपकुलपति उप्रेतीले भाषिक र सांस्कृतिक बहुलताको नेपालको विशेषता भएको बताउनुभयो ।
“हामी कहाँ भाषिक र सांस्कृतिक बहुलता छ, यसभित्र एकता पनि छ”, उहाँले भन्नुभयो, “बहुलताको सम्बोधन गर्ने हो भने एकदमै राम्रो हुन्छ, तर, सम्बोधन नगर्ने हो भने बिग्रह आउन पनि सक्छ ।”
विगतमा सामन्ती राज्यले मातृभाषाको महत्वपूर्ण बुझ्न नसकेको भन्नुहुँदै उप्रेतीले अन्तर्राष्ट्रिय मातृभाषा दिवसले आफ्नो मातृभाषालाई सम्झन प्रेरित गर्ने उल्लेख गर्नुभयो । मातृभाषा पहिचान भएको बताउनुहुँदै उहाँले मातृभाषालाई अघि बढाउन साहित्यको महत्वमा जोड दिनुभयो । Continue reading

Learn Magar Kham/Pang

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut

New Books In Magar

Magar Literary Magazine

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

विज्ञापन / Advertise

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

New Book Arrival/भराक्च सुटा

New Book Arrival

September 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930  

Multi-Lingual Education

Stories In Magar Dhut

मगर भाषामा बाल कथा

मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book