Literary Programme

Poems. Story, Criticism, Novel, Literature,

कृति लोकापर्ण तथा गीत सार्वजनिक संगै नेपाल मगर लेखक संघ रोल्पाको पहिलो अधिवेसन सम्पन्न

Kham Magar rolpa-3 rolpa-4 rolpa-5स्मृती रोकामगर
१७ असोज २०७३
रोल्पा

मगर खामला कवि सन कवितार नामक पुस्तक तथा गीत लोकापर्ण कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ रोल्पाले आफ्नो प्रथम अधिवेशनको उदघाटनका अवसर पारेर संघद्धारा प्रकाशित कृति र रोल्पाली नव कलाकार द्धय पबी पुनमगर र किशोर बुढामगरको गीत लोकापर्ण गरेको होे । रोल्पाको लिबाङ स्थित मिलनकेन्द्रको हलमा आयोजित कार्यक्रमको अध्यक्षता जीवन प्रवेश रोकाले गर्नुभएको थियो । Continue reading

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित !

14322215_1520730934618986_3352473707736530162_n14238093_1343940115623948_3999077726381078876_n14264968_1343556918995601_6397494435364885132_n14333657_1343557125662247_4825108609579005498_n14333657_1343557125662247_4825108609579005498_nरूद्र श्रीसमगर
मिछुर्लुङ (तनहुँ), २८ भदौ

मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ । Continue reading

मगर स्रष्टाहरुलाई जिबसिम पुरस्कार

Jiba sima 2jiba sima 3jiba sima 1jiba sima 8jiba sima 9jiba sima 7जिवनप्रवेश रोकामगर र दिलु पुनमगर
काठमाडौ
मिति २०७२ चैत्र २७ गते शनिबार काठमाडौं त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको पृथ्बी हलमा जित बहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजनामा सम्मान तथा पुरस्कार वितरण समारोह सम्माननिय सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । Continue reading

७२औं मगर आदिकवी सु. रेख बहादुर सारु जन्म जयन्ती कावासोतीमा

nawalparasi magar lekhakहेमा आले

नवलपरासी

यहि भाद्र २८ गते हिकोडेफ सभाहल, कावासोती-२, नवलपरासीमा मगर भाषाका आदिकवी स्व. रेख बहादुर सारु मगरको ७२ औं जन्म जयन्तीको अवसरमा कविता वाचन तथा दोस्रो मुखपत्र `उदिम´ विमोचन समारोह सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ, लुम्बिनी अञ्चल समितिद्वारा आयोजित यस कार्यक्रममा नेपाल मगर लेखक संघ, केन्द्रिय समितिकि भाषिक उपाध्यक्ष (बार्ह मगरात), हेमा आले `बोगि´ प्रमुख अतिथिको रुपमा निम्त्याईएको थियो भने अञ्चल समिति लुम्बिनीको दोस्रो मुखपत्र `उदिम´ कि सम्पादक तथा संयोजक दिया आले मगरले कार्यक्रमको अध्यक्षता गरेकी थिईन् । कार्यक्रममा नेपाल मगर संघ, जिल्ला कार्य समिति, नवलपरासीका सचीव ईन्द्र फाल मगर, नेपाल मगर लेखक संघ, लुम्बिनी अञ्चल समितिका सल्लाहकार कर्णेल धन बहादुर मास्की मगर, समाजसेवि द्वय नर बहादुर ठाडा मगर र दुर्गा बहादुर राना मगरका साथै बुद्ध दर्शन टेलिभिजन, कावासोतिका प्रबन्ध निर्देशक रुद्र बहादुर गुरुङले मन्तव्य राखेका थिए भने स्रष्टाहरुबाट मगर ढुटका साथै सम्पर्क भाषा (नेपाली) मा कविता वाचन भएको थियो ।

पोखरामा १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

Pokhara Magar Lekhakpokhara Magar lekhak 2Pokhara Magar Lekhak 1रूद्र श्रीसमगर
पोखरा, ९ फागुन
विगतका वर्षहरूमा झैं यस वर्ष पनि फेब्रुअरी २१ तारिखमा मनाइँदै आएको १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस एक कार्यक्रमका बीच शनिबार पोखरामा पनि मनाइयो । १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा शनिबार नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिको आयोजनामा ‘मातृभाषा शिक्षाको महŒव, बहुभाषिक शिक्षा निर्देशिका–२०६६ कार्यान्वयनको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै भाषाविद् लोकबहादुर थापामगरले नेपालमा मातृभाषाको आन्दोलन नारामा मात्रै सीमित रहेको उल्लेख गर्नुभयो । ‘हामी आफ्नो मातृभाषा बोल्न पनि लाज मान्छौं, अनि कसरी मातृभाषा बचाउन सक्छौं’, थापामगरले भन्नुभयो, ‘मातृभाषा शिक्षा पाउनु बालअधिकार हो, बालबालिकामा बौद्धिक ज्ञान बढाउन मातृभाषामा शिक्षा आवश्यक छ ।’ नेपालमा बोलिन अधिकांश मातृभाषाहरू स्तरीकरणको अभावमा लोप हुने अवस्था पुगेको भन्दै थापामगरले मातृभाषा बचाउन मानकीकरण पहिलो आवश्यकता भएको बताउनुभयो । Continue reading

मगर लेखक कविता प्रतियोगिता सम्पन्न ।

142खोमा तरामु मगर
बुटवल, २४ माघ ।
नेपाल मगर लेखक संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलमा आदिबासी जनजातिहरुले उठाउदै आएको ‘पहिचान’ बिषयक खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । मगर जातिको इतिहास, भाषा, साहित्यलाई विकास एवं संरक्षण गर्दै नयाँ संविधानमा पहिचान सहितको संघीयता र संघीयता सहितको नयाँ संविधान निर्माण गर्न दबाव दिने उद्देश्यले संघको पाँचौं स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो । Continue reading

मगर लेखक सङ्घको अध्यक्षमा पुनः बुढामगर निर्वाचित

magar Lekhakरूद्र श्रीसमगर
काठमाडौं, १३ पुस
नेपाल मगर लेखक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः कर्णबहादुर बुढामगर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न सङ्घको महाधिवेशनबाट निर्वाचित २५ सदस्यीय केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार सिंजालीमगर, महिला उपाध्यक्षमा छिमी पुनमगर, प्राज्ञिक उपाध्यक्षमा पूर्णबहादुर रानामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा हेमा आलेमगर ‘बोगी’, अठार मगरात भाषिक उपाध्यक्षमा कमलमान बुढामगर, काइके भाषिक उपाध्यक्षमा सोपा घर्तीमगर, महासचिवमा जीवनप्रवेश रोकामगर, सचिवद्वयमा रूद्र ‘सन्देश’ मगर र हरिकला थापामगर ‘हरिता’ तथा कोषाध्यक्षमा यम सिंजालीमगर रहनुभएको छ । त्यसैगरी, केन्द्रीय सदस्यहरूमा इन्द्रबहादुर आलेमगर, रूद्रबहादुर श्रीसमगर, अनुराग थापामगर, लीला रानामगर ‘रोदन’, दिया आलेमगर, श्यामबहादुर रानामगर, कला थापामगर, गगनबहादुर थापामगर, मनबहादुर बगालेमगर, अनिल बुढामगर, प्रेमप्रकाश घर्तीमगर र दलबहादुर गाहामगर रहनुभएको छ भने बाँकी रिक्त दुई सदस्य पछि बस्ने केन्द्रीय समिति बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । अधिवक्ता गौबहादुर आलेमगरको संयोजकत्वमा उमेशबहादुर रानामगर र मनबहादुर थापामगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । Continue reading

यस बर्षको जिवसिम पुरस्कार वितरण

???????????????????????????????२२ चैत २०७०

काठमाडौ ।
आदिकवि जितबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठान काठमाडौले यस बर्षको “जिवसिम पुरस्कार” आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलमा २२ चैत २०७०मा एक कार्यक्रम गरी वितरण गरेको छ । सो समारोहमा प्रमुख अतिथीको रुपमा माननिय भुमी सुधार तथा व्यवस्था मंत्री दलबहादुर रानामगरले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गर्नु भएको थियो । पुरस्कृत हुने व्यक्तित्वहरुमा “जिवसिम पुरस्कार” खड्क बहादुर आलेमगर, तनहुँ र “जिवसिम नवप्रतिभा पुरस्कार” अनिल बुढामगर, रुकुम हुनुहुन्छ । खड्क बहादुर आलेमगर नेपाल मगर लेख संघको तनहुँ जिल्ला समितिका कार्यकारिणी सदस्य हुनुहुन्छ । “जिवसिम पुरस्कार” पुरस्कार रु. ४०,०००।– र “जिवसिम नवप्रतिभा पुरस्कार” रु. १०,०००।– रहेको छ । “जिवसिम पुरस्कार”लाई मगर भाषाको सन्दर्भमा “मदन पुरस्कार”को रुपमा हेरिने गरिएको छ । Continue reading

विश्व मातृभाषा दिवसको उपलक्ष्यमा मगर भाषामा कविता बाचन प्रतियोगिता सम्पन्न

bUTWAL LEKHAK 3 bUTWAL lEKHAK 2 bUTWAL LEKHAK 4सी.बी. सुनारी मगर
देवदह ३ रुपन्देही
२०७० फागुन ९ गते
मातृभाषा विना जातिय पहिचान हुन नसक्ने रुपन्देहीको बुटवल मा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले देशमा बोलिने अन्य भाषालाई राज्यले लगानी गरेपनि मगर भाषा संरक्षण र सम्वद्र्धन तर्फ बेवास्ता गरेको आरोप लगाएका छन् । विश्व मातृभाषा दिवसको अवसरमा नेपाल मगर लेखक संघ लुम्विनी अञ्चाल समिति द्धारा आयोजित खुल्ला कविता वाचन प्रतियोगिता कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले मातृभाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि सवै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । Continue reading

मगर भाषाको छैंठौं नियमित रचना वाचन शृंखला सम्पन्न

रूद्र श्रीसमगर
पोखरा, २७ पुस
मगर भाषाको छैंठौं नियमित रचना वाचन शृंखला सम्पन्न भएको छ । नेपाल मगर लेखक सङ्घ कास्की र मगर भाषा प्रतिष्ठान कास्कीको संयुक्त आयोजनामा शनिबार नेपाल मगर सङ्घ कास्कीको सभाहलमा भएको रचना वाचन शृंखलामा मगर स्रष्टाहरूले मगर तथा नेपाली भाषामा आ–आफ्ना रचना वाचन गरेका थिए । Continue reading

मगर लेखक सङ्घ तनहुँको तेस्रो स्थापना दिवस घिरिङमा मनाइयो : मगर भाषाका युवा साहित्यकार मीगीन सम्मानित

Gita Tanahu magar lekhakरूद्र श्रीसमगर

पोखरा, ३ पुस
नेपाल मगर लेखक सङ्घ तनहुँले आफ्नो तेस्रो स्थापना दिवस तनहुँको ऐतिहासिक क्षेत्र घिरिङमा साहित्यिक यात्रासहित विशेष कार्यक्रम गरी मनाएको छ । घिरिङ सुन्धारा समाज सुधार क्लब, घिरिङ, सुन्धारा–७, गैराथोकद्वारा आयोजित मंगलबार सम्पन्न ‘प्रथम घिरिङ सांस्कृतिक महोत्सव’स्थलमै सङ्घले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी मनाएको हो । सो कार्यक्रमका लागि मगर लेखक सङ्घका पदाधिकारी तथा सदस्यसहित दमौलीका मगर साहित्यकार, लेखकहरू सहभागी भएका थिए । सङ्घको तेस्रो स्थापना दिवसकै अवसरमा मंगलबार नै सोही कार्यक्रममा मगर भाषाका युवा साहित्यकार एवं नेपाल मगर लेखक सङ्घ कास्कीका अध्यक्ष मीगीन मगरलाई सम्मान समेत गरिएको थियो । साहित्यकार मीगीनलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर लेखक सङ्घ गण्डकी Continue reading

मगर कवि स्व के.वि. नाम्जालीको जन्मजयन्ती सम्पन्न : मगर साहित्य अक्षयकोष स्थापना गरिने

Namjali KB 1 Namjali KB 2मीना थापा मगर

पुष २, पोखरा
मगर भाषाका कवि स्वर्गीय केशरबहादुर नाम्जाली मगर (के.वि. नाम्जाली भुरुङ मगर) को ४६ औं जन्मजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ । मगर भाषा प्रतिष्ठान कास्की शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापा मगर रहनुभएको थियो ।
आमा नरमाया नाम्जाली मगर र दलबहादुर नाम्जाली मगरको कोखबाट वि.सं.२०२४ मा स्याङ्जा मग्याम चिसापानी गाविस प्यारसिङमा जन्मनुभएका के.वि. मगरले मगर भाषाका दुई कृति प्रकाशित गरेका छन् भने अप्रकाशित रुपमा थुप्रे कविताहरु लेखेका छन् । उनका प्राकशित कविताहरु ‘मीछास’ (कसिङ्गर) र ‘म्हे’ (आगो) रहेका छन् । Continue reading

Learn Magar Kham/Pang

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut

New Books In Magar

Magar Literary Magazine

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

विज्ञापन / Advertise

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

New Book Arrival/भराक्च सुटा

New Book Arrival

March 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Multi-Lingual Education

Stories In Magar Dhut

मगर भाषामा बाल कथा

मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book