Introduction of Books, magazines

Introduction of Books, magazines

हस्तलिखित मगर इतिहास “मगर थ्रु द एज” पाण्डुलिपि अब डिजिटलमा

Magar Through the age 1 Magar through the age 2 Magar through the age 3विष्णुकुमार सिङ्जाली

काठमाडौ

“मगर थ्रु द एज” नामक पाण्डुलिपीको हस्त लिखित पाण्डुलिपीलाई डिजिटल पाण्डुलिपीमा बदल्ने कार्यलाई २०७२ सालको शुरुवातबाट अभियान थाले पनि, महा–भुकम्प, मधेश आन्दोलन र नाकाबन्दी तथा कालोबजारीले गर्दा अभियानको गति कम भए पनि बर्षको अन्तिममा यो कार्य सकिएर समितिले उहाँको घरमा गएर सो सम्पत्ती बुझाएको छ । डिजिटल पाण्डुलिपी ए फोर साईजमा, १३ प्वाइन्ट साइजको फन्टमा एक हजार पृष्ठ भएको छ, जसलाई  आर्थिक अभावका कारण प्रुफ रिडिङ र सम्पादन गरिसकिएको छैन ।

 यो अभियानमा, कोरिया मगर संघका निवर्तमान अध्यक्ष पुरन रानामगरको अगुवाईमा रु १०,०००।–,   ललितपुर निवासी उमेश बहादुर राना रु १,०००।–, मिनबहादुर बलाल रु ५००।– र क्या.कुलप्रसाद पुनमगर रु ५००।–सहयोग गभएको थियो यसै गरी बाग्लुङ निवासी तिलबहादुर थापा मगर बाट रु १,०००।–, इन्द्र बहादुर थापाबाट रु १,०००।– र कर्ण बहादुर घर्तिमगर बाट रु ५००।– यसै गरी गोरखा निवासी बेलीमाया थापामगर रु ५००।–, शान्तीराम रानामगर रु २००।–, तनहुँ निवासी दिलबहादुर थापामगरबाट रु १,०००।–, काठमाडौ निवासी सन्देश आलेमगर रु १००।–, हिमाल पुनमगर रु १००।–, सन्त गाहा रु १००।–, धोविघाट ललितपुर निवासी भिम बहादुर श्रीस रु १,०००।–, दिलमाया पुन रु ५००।– र लिलबहादुर पुनमगर रु ५००।–, पर्वत निवासी सुशील सुवेदी रु ५००।– र नाम छुटेका (पछि अद्यावधिक गरिनेछ) केही व्यक्तित्वहरुबाट समेत गरी जम्मा २१,०००।– सहयोग प्राप्त भैसकेको छ भने नेपाल मगर महिला संघबाट रु ५,०००।–को सहयोगको प्रतिबद्धता  गरिएको छ भने हाल सम्म चारवटा हस्तलिखित नोटकपी टाईप, प्रिन्ट र बाइन्डीङ गर्दा कुल खर्च रु २३,५००। भएको छ, भने अझ एक वटा हस्तलिखित करीब ७०० पेजको नोटकपी बाँकी रहेको बुझिएको छ । Continue reading

मगर भाषामा संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित भयो ।

Bishnu Kumar Sinjali

Butwal, Nepal

08, Nov 2012

मगर भाषा मगर समुदायको पहिचान हो । नेपाली भाषा संस्कृतीको ऐतिहासिक आधार स्तम्भ पनि हो । तैपनि मगर भाषा साहित्यको विकास जति हुनुपर्ने हो त्यो भएको पाईंदैन । मगर भाषा साहित्यको विकास कछुवा गतिमा अघि बढीरहेको छ । नेपालमा ऐतिहासिक पहिचान मेटाउने, मातृभाषाहरु निमिट्यान्न पार्ने प्रयाश पहिले देखि नै भई आएको हो । त्यहि विडम्बना मगर भाषाले पनि भोग्दै आएको छ । तर पनि मगर भाषाका साहित्यकारहरु, लेखकहरु चुप लागेर बसिरहेका छैनन् । केही न केही गर्न प्रयास गरिरहेका छन् । यहि प्रयाशको प्रतिफल मगर भाषामा केही लेखकहरुको संस्मरणात्म निबन्ध संग्रह “आरमिटजेस मिरिक गोम्होक” प्रकाशित हुन सफल भएको हो ।
यस “आरमिटजेस मिरिक गोम्होक” संग्रहमा मगर भाषाका बरिष्ठ साहित्यकार लोक बहादुर थापा (झुस्यामगर), सीमारेखा जस्ता चर्चित फिल्मको कथाकार नरु थापा, युवराज मास्कीमगर, मेजन पुनमगर, यम सिञ्जालीमगर, विष्णुकुमार सिङ्जालीमगर जस्ता लेखहरुको संस्मरणात्मक निबन्धहरु समेटिएका छन् । विभिन्न घनटा वस्तु, समय सँग सन्दर्भित विश्लेषण र व्याख्या गरिएका निवन्धहरुले मगर भाषा साहित्यको वाङ्मयमा टेवा दिनेछ भनि आशा गर्न सकिन्छ । कृपया पुस्तक पढ्न वा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Learn Magar Kham/Pang

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut

New Books In Magar

Magar Literary Magazine

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

विज्ञापन / Advertise

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

New Book Arrival/भराक्च सुटा

New Book Arrival

April 2017
M T W T F S S
« Oct    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Multi-Lingual Education

Stories In Magar Dhut

मगर भाषामा बाल कथा

मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book