Book Release

Book Release, New book release

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित !

14322215_1520730934618986_3352473707736530162_n14238093_1343940115623948_3999077726381078876_n14264968_1343556918995601_6397494435364885132_n14333657_1343557125662247_4825108609579005498_n14333657_1343557125662247_4825108609579005498_nरूद्र श्रीसमगर
मिछुर्लुङ (तनहुँ), २८ भदौ

मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ । Continue reading

“जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व” नामक पुस्तक लोकापर्ण

jaya Bdr Hitan prg विष्णुकुमार सिङ्जाली
मंसीर २६, २०७१
काठमाडौ ।

नेपाल मगर संघ, केन्द्रीय समिति काठमाडौको आयोजनामा गरिएको एक कार्यक्रमका बिच “जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व” नामक पुस्तकको स्व. जयबहादुर हितानमगरका सहकर्मी पूर्व सभासद तथा मगर संघका संस्थापक महासचिव सुरेश आले मगरले लोकार्पण गर्नुभएको थियो । सो पुस्तकमा स्व. जयबहादुर हितानमगरद्धारा लिखित सामाजिक–सांस्कृतिक, राजनैतिक, दैनिकी, साहित्य आदि विविध बिषयहरु जो प्रकाशित र अप्रकाशित रुपमा रहेको थियो त्यसलाई समेटेर राखिएको छ । पञ्चायतकाल लाङ्घाली संघ (पछि मगर संघ) खोल्न गरिएका प्रयाशहरु, आदिबासी हरुले भोग्न परेका पिडाहरु सरल, सटिक र प्राज्ञिक लेखहरु यसमा समेटिएको छ । आफु राजनैतिक बिचारका आधारमा नेपाली काँग्रेससँग आबद्ध भए पनि आदिवासी, पिछडिएका वर्ग र समुदायको बारेमा उहाँले प्रष्ट कुरा Continue reading

आदिबासी मगर सम्बन्धी अनुसन्धानात्मक तथा पठनीय कृतिहरु

magar jati coverram bdr pustak coverbhoj bikram pustakmAGARATI SANSKRITI COVERGhantu MagarIndigenous Magarनेपाल मगर लेखक संघ

केन्द्रीय समिति, काठमाडौं ।

१७ असोज, २०७१

आदिवासी मगरका सम्बन्धी शोधखोज गरी मगरहरुबाट ग्रन्थहरु निर्माण गर्ने कार्य प्रा.डा. केशरजङ बरालमगर (वि.सं. २०३८) बाट शुरुवात भए पनि प्राज्ञिक प्रकाशन सन्तोषजनक देखिदैन । मगरहरु राजनैतिक प्रभावले गर्दा मगरहरु प्राज्ञिक बहस गर्न नरुचाउनु, शुद्ध प्राज्ञिक बहस भन्दा आप्mनो विचार मात्र प्रचार गर्ने व्यक्तित्वहरुको हावी हुनु, प्राज्ञिक व्यक्तिहरु मगरबारे अध्ययन अनुसन्धानमा चासो नदेखाउनु, मगर संघ लगायत मगरका नेतृत्वदायी संस्थाहरुले आदिवासी मगर सम्बन्धी अध्ययन अनुसन्धान खास लगानी नगर्नु, मगरहरुमा फुटवादी सोंच र कुर्सीको सोंच हावी हुनु, तथा मध्यकालको नेपालमा बाइसे र चौबिसे राज्य ताका भएको भुरे टाकुरे राज्यको सामान्ती सोंच र प्रवृती मगरहरुमा पाइनु आदि आन्तरिक कारणहरु तथा राज्य सत्ताको बेवास्ता आदिका कारण आदिवासी मगरहरुबारे खोज अध्ययन कम भएको जानकारहरु बताउँदछन् । तर पनि मगरहरुमा अध्ययन अनुसन्धानात्मक कृतिहरु प्रकाशन गर्ने लहर विस्तारै जाग्दै छ । आर्थिक बर्ष २०७०/७१ मा (क) याम पुन र झकेन्द्र घर्तीमगर को सम्पादनमा “मगर जाति ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ” (ख) भोजविक्रम बुढामगरको “आदिवासी मगरको राजनीतिक इतिहास” (ग) रामबहादुर थापामगरको “जनयुद्धमा आदिवासी जनजाति मगर सहभागिताका कारण र परिणाम” (घ) लोक बहादुर थापामगरको “मगर भाषा साहित्य मन्तव्य सँगालो तथा कृति समिक्षा भाग एक” (ङ) विष्णुकुमार सिङ्जाली को “आदिवासी मगरका विविध पक्षहरु” (च) मगर अध्ययन केन्द्र, काठमाडौ को जर्नल शोधमाला “घाटु विशेषाँक” (छ) मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, काठमाडौको प्रकाशन “मास्टर मित्रसेन र उनका सिर्जना” प्रकाशन भएको जानकारी आएको छ । यसै गरी धर्म प्रसाद श्रीसको “मगराँती संस्कृती”को दोस्रो संस्करण पनि बजारमा आएको छ । नेपाली साहित्यमा लेखिएका शोधमुलक पुस्कतकहरुले आदिवासी मगरका बारेमा बुझ्न मदत गर्ने आशा गर्न सकिन्छ । विशाल जनसंख्या बोकेको मगरका बारेमा यी कृतिहरु थोरै हुन् तर पनि अगाडी बढ्ने प्रयाश गरेको देखिन्छ । अब मगरहरु यहि गतिमा कुद्न सक्छन् कि सक्दैनन्, त्यो हेर्न बाँकी नै छ ।

मगर भाषा तथा मगर साहित्य सम्बन्धी यस बर्षका पुस्तकहरु

magar kkam, pang ra dhutjiwan roka book cover armitjesh mirik kanung kura, phul kumari Thapamagarhema bookनेपाल मगर लेखक संघ

केन्द्रीय समिति, काठमाडौं ।

१७ असोज, २०७१

मगर भाषा र साहित्यमा कलम चलाउनेहरु सर्जकहरुको कलम कछुवा गतिमा भए पनि यस बर्ष अलिकति भए पनि घस्रन सफल भएको छ । आर्थिक बर्ष २०७०/७१ मा (क) मगर खाम/पाङ का शब्दकोशकार कर्णबहादुर बुढामगर, विष्णुकुमार सिंजाली तथा अन्य सहलेखनमा मगर भाषा (मगर खाम/पाङ र मगर ढुट) सिक्न र सिकाउने पुस्तक “मगर भाषामा बोलचाल” (ख) वरिष्ठ साहित्यकार फुलकुमारी थापाको “कानुङ कुरा” (ग) युवा साहित्यकार हेमा आलेको “बोपरा खुया !” (घ) युवा साहित्यकार जनक माकिम मिमिकको खण्डकाव्य “नमखान” (ङ) युवा साहित्यकार हरिता थापामगरको कविता संग्रह “खासिङ” (च) विष्णुकुमार सिंजालीद्धारा सम्पादित वरिष्ठ मगर व्यक्तित्वहरुको संस्मरणात्मक निबन्ध “आरमिटजेश मिरिक, दोस्रो संस्करण” (छ) आदिकवि जितबहादुर सिंजाली प्रतिष्ठानको साहित्य पुरस्कार विजेता जिवनप्रवेश रोकामगरको मगर खाम मगर खाम/पाङमा कथा संग्रह “आछिम चेतैक ” प्रकाशित भएको जानकारी आएको छ । यस्ता प्रकाशनले मगर साहित्यको विकासमा र मगर पहिचान जोगाउन टेवा दिन सक्नेछ ।

मगर ढुटमा लेखिएको “पाकुली” कथा संग्रहको विमोचन

नेपाल मगर लेखक संघ
तानसेन, पाल्पा
२८, बैसाख २०७०
मगर भाषाका युवा साहित्यकार तिलक खाम्चामगर द्धारा लिखित मगर ढुटको कथा संग्रह “पाकुली” को तानसेन नगरपालीकाको धवल पुस्तकालयमा मगर भाषाका बरिष्ठ साहित्यकार लोक बहादुर थापामगरले विमोचन गर्नु भएको छ । सो कथा संग्रह नेपाल मगर संघ तानसेन नगर समिति र मगरात हटै रेवस गुमस्ठा, पाल्पाको संयुक्त लगानीमा प्रकाशित भएको हो । सो कार्यक्रममा नेपाल मगर संघ तानसेन नगर समितिका अध्यक्ष विष्णु बहादुर गाहा, बरिष्ठ बुद्धिजीवी निर्मल श्रेष्ठले पनि कथा संग्रहको बारेमा मन्तब्य दिनु भएको थियो ।

तनहुँमा मगर आदिकवि रेखबहादुर जयन्ती मनाईयो

रूद्र श्रीसमगर
दमौली, २८ भदौ ।

मगर भाषाका आदिकवि स्व. सुबेदार रेखबहादुर सारूमगरको ६९ औं जन्मजयन्ती विहीबार तनहुँ सदरमुकाम दमौलीमा मनाइएको छ । नेपाल मगर लेखक संघ तनहुँ जिल्ला समितिको आयोजनामा मगर आदिकवि रेखबहादुरको जन्मजयन्ती मनाईएको हो ।
सो अवसरमा रेखबहादुरको स्मृतिमा संघद्वारा प्रकाशित मगर भाषाको संयुक्त कविता संग्रह ‘मगर ढूटो रील्हीङ गोमोक’ नामक कविता संग्रह समेत विमोचन गरिएको थियो । नेपाल मगर लेखक संघका केन्द्रीय महासचिव उजीर रानामगरले सो कविता संग्रहको विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानामगरले मगर भाषाका आदिकवि रेखबहादुर सारूमगर मगर जातिले मात्र नभई राज्यले नै सम्झनुपर्ने व्यक्तित्व भएको Continue reading

Book release program

    

जीवन रोकामगर
थवाङ, रोल्पा

नेपाल मगर लेखक संघ जिल्ला कार्य समितिको आयोजनामा, जिवन रोकामगर (जे.आर. मगर)द्धारा लिखित मगर खाम/पाङ (भाषा)मा लिखित उपन्यास “अछिम–का सिल (आजको पाईला)’’ र नेपाल मगर लेखक संघ रोल्पा जिल्ला कार्य समितिद्धारा प्रकाशित “ चाउ यम (राम्रो बाटो)” को विमोचन कार्यक्र ३०, असार २०६९ मा रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । Continue reading

Learn Magar Kham/Pang

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut

New Books In Magar

Magar Literary Magazine

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

विज्ञापन / Advertise

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

New Book Arrival/भराक्च सुटा

New Book Arrival

March 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Multi-Lingual Education

Stories In Magar Dhut

मगर भाषामा बाल कथा

मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book