Academic Discussion

Academic discusion about Magar, Magar Literature, Magar identiy

बुटवलमा संघियता, आदिबासीका अधिकार र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Ashish Suryabansi

    कार्तिक २५, बुटवल
    नेपाल मगरलेखक संघ अञ्चल समिति लुम्बिनीले आज आदिवासी अधिकारका सवालमा एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत व्यक्ति संचार विज्ञ विदु प्रकाश कायस्थले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो । लामो समय संचार क्षेत्रमा काम गर्नु भएका, आदिवासी अधिकार तथा मानव अधिकार विज्ञ तथा संघियताका सवालमा लामो समय अध्ययन गर्नु भएका द्वय कायस्थले नेपालमा आज सम्म प्रजातन्त्र नआएको बताउनु भयो । नेपालमा भएका जति पनि लोकतन्त्रका प्रयासहरु छन् त्यो यहाका अधिकांश जनसंख्या भएका आदिवासी जनजातिका हक अधिकारका विषयमा स्थापित हुन नसकेको बताउनु भयो । नेपालमा धेरै पटक नेपालीको नाक काटिएको र अझै काटिने प्रक्रियामा रहेको समेत उत्घोष गर्नु भयो । उहाँले नेपालमा हुने गरेका मानव बेचविखन तथा चेलीबेटी बेचविखन तथा श्रम बेचविखन नेपालका उदाहरणीय मानव बेचविखनका नमूना नै नेपालीका नाक काटिएको बताउनु भयो । साथै यि समस्या सबै भन्दा बढि नेपालका आदिवासी, दलित र न्युन वर्गका भएकाले सरकारले यस तर्फ संवेदलशिल बन्न नसकेको समेत टिप्पणी गर्नु भयो । अहिले Continue reading

रोल्पामा मगर खाम/पाङ (भाषा)मा कविता प्रतियोगिता सम्पन्न

जीवन रोकामगर, रोल्पा

कार्तिक ५, २०६९
२०६९ कात्तिक ४ गते एलबीडी युवा क्लव मिरुल ५ रोल्पाको आयोजनामा मिरुलको टुँटूमा मगर भाषाको उत्थान तथा विकासका लागि मगर बासीहरुको भूमिका तथा मगर खाम भाषाबाट कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्लवका अध्यक्ष बिव वहादुर बुढामगरको अध्यक्षता तथा नेपाल मगर लेखक संघ जिल्ला समिति रोल्पाका अध्यक्ष जिवन रोकामगरको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दल, वुद्धिजिवि, शिक्षक विद्यार्थी, पत्रकार तथा भाषा साहित्यमा चासो राख्ने स्रस्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीबाट व्यानर उद्घाटन सँगैसँगै कविता प्रतियोगिताको कार्यक्रम जोडीएको थियो । कविता प्रतियोगीता कार्यक्रममा क्रमशः बेल वहादुर वुढामगर, विमला रोकामगर, जितेन्द्र झाँकीमगर र तारामान वुढामगर प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना स्थान हाँसिल गरेका थिए । विजेताहरुलाई नगद पुरस्कारका साथै आकर्षक तफी, प्रमाण पत्र पनि प्रदान गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मगर लेखक सँघ रोल्पा अध्यक्ष जिवन रोका मगरले बद्ढो आधुनीकीकरण र बदलिदो राजनैतिक अवस्था कारण आपनो भाषा सँस्कार संस्कृतिको संरक्षण नै खतरामा परेको भन्दै भाषा संस्कृतिको संरक्षण विना जातिय पहिचान नै घुम्न सक्ने खतरा भएकोले आपनो भाषा सँस्कृतिको उत्थान, संरक्षण र विकासका लागि अरु कसैको आश नगरी आपैm आम मगरबासी समुदाय र यहाँका युवा पँक्ति नै अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । सो कायैक्र क्लवका उपाध्यक्ष बेगम रोकामगरको स्वागत भाषण तथा सचिव रामकिलाल झाँकीमगरको संचालनमा कार्यक्र सम्पन्न भएको थियो ।
अथार मगराँत मगर भाषावाट हालसम्म प्रकाशित साहित्यीक कृतिहरुको सूचि २०६८
१. गिन्मी ङाता कोस्याली, कविता (सँग्रह), जिवन रोकामगर मिरुल, रोल्पा २०६२
२. युङला रो, कविता (सँग्रह), प्रेमप्रकाश मायालु उवा, रोल्पा २०६५
३. सोच्चुके, गजल (सँग्रह), बोम जी अवतार उवा, रोल्पा २०६६
४. च्यासीव परिय, कविता (सँग्रह), बोम जी अवतार उवा, रोल्पा २०६८
५. ङा कष्टला यमर, कविता (सँग्रह), इर्धासी झाँकृमगर थबाङ, रोल्पा २०६८
६. आछिमका शिल, उपन्यास, जिवन रोकामगर मिरुल, रोल्पा २०६८
७. पापी नाङ्खार, उपन्यास, अनिल वुढामगर तकसेरा, रुकुम २०६८
मिति २०६७ साल माघ ८ गते  मा पनि नेपाल मगर लेखक सँघ रोल्पाको आयोजनामा अथार मगराँत क्षेत्रकै पहिलो पटक मगर खाम भाषाबाट जिल्ला स्तरिय मगर भाषाको कविता प्रतियोगिता मगरहरुको घना बस्ती रोल्पाको थबाङमा सम्पन्न भएको थियो ।

पाल्पाली मगर कथा संग्रह “ञाँभु”को समिक्षा

दुर्गा ढेँगा÷अवित सारु÷तिलक खाम्चा

असोज २७, २०६९, तानसेन, पाल्पा

आदिबासी मगरको घना आवादी रहेको पाल्ला, मगराँत क्षेत्रको राजधानी भनेर चिनिन्छ । यस ठाउँका अधिकाँस मगरहरु मातृभाषा मगरभाषा बोल्दछन् । मगर साहित्यको कुरा गर्दा मगर भाषामा प्रथम कथा संग्रह टेक बहादुर सारुको “बढहर्या साहिँली” यहि जिल्लाबाट प्रकाशन भएको थियो । पाल्पाका मगर समुदायका सर्जकहरुले मगर मातृभाषाको सेवा गरिरहेका छन् । मातृभाषा मगर भाषालाई शिक्षाको माध्यम बनाई बालबालिकालाई प्राथमिक शिक्षा दिने (नवजागृती प्रा.वि. चिडीपानी धैरेनी) पहिलो जिल्ला पनि पाल्पा नै पर्दछ Continue reading

Academci Seminar on Magar Identity

मनु ठाडामगर

 

यहि अषाढ ३० र ३१ नेपालका बौद्दिक मगरहरुको जमघटका साथ मगर सेमिनार भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । कार्यक्रम उत्घाटनका क्रममा बक्तब्य दिनुहुदै मगर जातिको भाषा संस्कृति चाड पर्वमा धेरै विबिधता रहेकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्ने विश्वास कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्षा झक बहादुर थापाले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्राध्यापक केशरजंग बरालमगरले प्रमुख बक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको बताउनु भयो । मगरको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जगेर्ना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्ने प्रयास भयो उहाले बताउनु भयो । उहाँले मगर समाज र संस्कृतीमा अध्ययन अनुसन्धान गर्न मगर मातृभाषा, संस्कृत र पाली भाषा अनुसन्धानकर्ताले सिक्नुपर्ने बताउदै, समुदायको मातृभाषाको ज्ञानविना अनुसन्धान कार्यमा मगरका भित्री कुराहरु प्रकाशमा ल्याउन नसकिने पनि बताउनुभयो । Continue reading

Magar Language Program

पुर्णबहादुर राना (सिंजालीमगर)
उपाध्यक्ष (रिसर्च), मगर लेखक संघ, काठमाडौ ।
फोटो : पदमजङ्ग थापामगर

मगर भाषा प्रतिष्ठान काठमाडौको आयोजनामा “मगर भाषाको वर्ण र लेख्य पद्धती” विषयमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम २७ जेष्ठ २०६९ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । यस कार्यक्रममा मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापाको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काईला हुनुहुन्थ्यो । यसका साथै मगर भाषालाई माया गर्ने माहानुभावहरु उपस्थीत भई सहभागीता जनाएका थिए । मगर ढुट मानक लेखनमा सुधार गर्नुपर्छ भन्ने पक्षका मातृभाषा लेखकहरुलाई भने कार्यक्रमको बारेमा जानकारी दिईएको थिएन । Continue reading

Learn Magar Kham/Pang

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut

New Books In Magar

Magar Literary Magazine

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

विज्ञापन / Advertise

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

New Book Arrival/भराक्च सुटा

New Book Arrival

September 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930  

Multi-Lingual Education

Stories In Magar Dhut

मगर भाषामा बाल कथा

मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book