Academic Discussion

Academic discusion about Magar, Magar Literature, Magar identiy

मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया सम्पन्न

kham magar 1 kham magar 3 kham magar 5 kham magar 6 kham magar 7 kham magarजे.आर.मगर हिमाल
१५, जेष्ठ, २०७३
काठमाडौ

मगर जातिमा बोलिने तीन वटा मातृभाषाहरु मध्ये, मगर खाम (अठार मगर भाषा) पनि एक हो । पछिल्लो समयमा यस भाषामा पनि लेखन कार्य अगाडी बढेको छ । यस भाषामा व्याकरण, शब्दकोश, कविता, कथा, निबन्ध, उपन्यास आदि साहित्यीक विधाका साथमा श्रव्यदृष्य सामाग्रीहरु चलचित्र, बृतचित्र, गित संगितहरु पनि प्रकाशित भएका छन् । यहि सन्दर्भमा आदिबासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेलको प्रायोजन तथा नेपाल मगर लेखक संघ केन्द्रिय समितिको आयोजनामा “मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया” कार्यक्रम सम्पन्न भएको छ । Continue reading

मगर आदिकवि रेखबहादुरको ७२ औं जन्मजयन्ती मनाइयो : कवि धीरेन्द्र थापामगरको मगर कविता संग्रह विमोचित

tanahun lekhakरूद्र श्रीसमगर
दमौली, २६ भदौ
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको ७२ औं जन्मजयन्तीका अवसरमा शनिबार तनहुँको दमौलीमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको आयोजना तथा तनहुँ जिल्ला समितिको सह–आयोजनामा भएको कार्यक्रममा मगर स्रष्टाहरूले आ–आफ्ना रचनामार्फत् मगर आदिकविलाई सम्झिए ।
कार्यक्रममा बोल्दै नेपाल मगर लेखक संघकी केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आलेमगर बोगीले मगर जातिको ठूलो संख्याले आफ्नो मातृभाषा बिर्सिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
राज्यसत्ताको दमन र शोषणका कारण मगर भाषा लोप गराइएको भन्दै उपाध्यक्ष आलेले खस नेपाली भाषामा निकै ठूलो योगदान दिएका मगरहरूको सहभागिता राज्यका कुनै पनि निकायमा नभएकोमा गुनासो प्रकट गर्नुभयो । मगर लेखक, साहित्यकारहरूले मगर भाषाको विकासमा राज्यलाई झकझकाउन र मगर समुदायलाई सचेत गराउन कलम चलाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।  Continue reading

यस्ता छन् संविधानको मस्यौदामा भातृभाषीको चित्त दुखाउने धाराहरू

bhasa 1bhasa 2सन्त गाहामगर
काठमाडौं, २०७२ असार २६ गते 

संविधानको मस्यौदामा मातृभाषाीहरूको अधिकार सुनिश्चित नगरिएको भन्दै संशोधन गर्न माग गरिने भएको छ । राजधानीमा असार २६ गते भएको भेलामा भाषाविद्हरुले मस्यौदामा अहिले भएका प्रावधान अनुसारै संविधान भने मातृभाषीहरुका लागि दुर्भाग्य हुने बताएका हुन । काठमाडौं कान्तिपथमा दीपक तुलाधरको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रमका सहभागीहरुले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र मस्यौदा समितिका सभापतिलाई मस्यौदा संशोधनका लागि आग्रह गरिने भएको छ ।
छलफल कार्यक्रममा भाषाविद् अमृत योञ्जन तामाङले मस्यौदाका विभिन्न धारा सच्याउनु पर्ने धारणा राखे । मस्यौदामा धारा ६ राष्ट्रभाषा  सम्बन्धी व्यवस्था छ। ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भनिएको छ । योञ्जन भन्छन्, “यसमा मातृभाषाहरूको सूचि चाहिन्छ ।” यसैगरी धारा ७ सरकारी कामकाजको भाषा सम्बन्धी यो धारामा निम्न ७ बुँदा थप्नु पर्ने देखिन्छ ।  Continue reading

नेपाली भाषाको प्रयोग बहिस्कार गर्नुपर्दछ : भाषाविद

lekhak3lekhakak1lekhak2lekhak 4 lekhak 5असार १८, २०७२, काठमाडौ ।

नेपाल मगर लेखक संघ, केन्द्रीय समितीको आयोजना तथा आ.ज.उ.रा.प्र. जावलाखेल, ललितपुरको प्रायोजनमा “आदिवासी जनजाति मातृभाषाहरुमा पहिचानित वर्णहरुको टंकन प्रयोजनार्थ वर्ण उत्पादन सम्बन्धी कार्यशाला गोष्ठी” नेपाल मगर संघ, के.स.को भवन कलंकीमा आज सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता तथा अवधारणपत्रको प्रस्तुती मगर लेखक संघका केन्द्रीय अध्यक्ष कर्णबहादुर बुढामगर ले गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालय, भाषाशास्त्र विभागका प्रमुख प्रा.डा. दानराज रेग्मी, विशेष अतिथीका रुपमा अमृत योञ्जन तामाङ, नेपाल मगर संघका पूर्व अध्यक्ष यामबहादुर बुढाथोकी तथा भाषाविद डा. अम्बिका रेग्मी, बलाराम अधिकारी, प्रतिज्ञा रेग्मी, वरिष्ठ अधिवक्ता गौ बहादुर लगायत, मगर संघ तथा Continue reading

मगरका संघ संस्थाहरुका भाषिक उपाध्यक्षहरुले काम गरेनन् : उपाध्यक्ष थापामगर

kaike karyakramश्याम राना
असार ०८,२०७२, काठमाडौ

नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समितिको भाषिक विभागको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल ललितपुरको प्रायोजनामा धोवीघाटको सिद्धार्थ कटेजमा “मगर काइके (भाषा)को अवस्था र चुनौती” नामक गोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा श्याम प्रसाद घर्तीमगर ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्र माथी शोधार्थी विष्णुकुमार सिङ्जाली, मगर काईकेका लेखक तथा शब्दकोश तयारी गर्दै गरेका जग बहादुर बुढामगर र भाषा विज्ञानका विद्यार्थी युरीका सिङ्जाली ले टिप्पणी गरेका थिए । सो कार्यक्रमका अध्यक्षता नेपाल मगर विद्यार्थी संघका भाषिक उपाध्यक्ष गगन पुनमगर र सञ्चालन श्याम रानामगर तथा शुस्मा थापामगर ज्युले गर्नु भएको थियो र कार्यक्रमका प्रमुख अथीत्य आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष श्री झक बहादुर थापामगरले गर्नु भएको थियो । Continue reading

अक्खा लिपी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

magar lekhak 01 Magar Lekhak 02 Magar Lekhak 03 Magar Lekhak 04 Magar Lekhak 05विष्णुकुमार सिङ्जाली
काठमाडौ, २०७२ जेष्ठ ०२ गते ।

नेपाल मगर लेखक संघ, केन्द्रिय समिति काठमाडौको आयोजना तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलको प्रायोजनमा “अक्खा लिपी सम्बन्धी अन्तरक्रिया” कार्यक्रम आज सम्पन्न भयो । नेपालमा आएको विनाशकारी भुकम्पको असर सामान्यीकरण हुँदै गएको भएता पनि लगातारका पराकम्पनहरु गएको कारण भुकम्पको जोखिमलाई ध्यानमा राखि कलंकी बल्खुको खुल्ला चौरमा टेन्ट टाँगेर सभाहल बनाईएको थियो ।

अक्खा लिपी सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई दुई शत्रमा बाँडिएको थियो । पहिलो शत्र उद्घाटन समारोह नेपाल मगर लेखक संघ, केन्द्रिय समितिका अध्यक्ष कर्णबहादुर बुढामगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो । यस शत्रका प्रमुख अतिथी आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलका उपाध्यक्ष झक बहादुर थापामगर हुनुहुन्थ्यो भने विशिष्ट अतिथीहरु नेपाल मगर संघका महासचिव नवीन रोकामगर र “प्राचिन मगर अक्खा लिपि” नामक Continue reading

पहिचानका मुद्दामा अटोइथ्नोग्राफी सम्बन्धी गोष्ठी सम्पन्न

Sanjog program sanjog program 1काठमाडौ
२० मंसीर, २०७१

आदिकवि जितबहादुर सिञ्जालीमगर भाषा तथा साहित्य प्रतिष्ठान काठमाडौले महावीर पुन सेन्टर, ठमेल काठमाडौमा “पहिचानका मुद्दामा अटोइथ्नोग्राफी” विषय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । अटोइथ्नोग्राफी सम्बन्धी परिचय, सैद्धान्तीक तथा दार्शनीक पक्ष तथा वर्तमान परिस्थीति सम्बन्धी श्री कृष्ण वाग्ले ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अटोइथ्नोग्राफी बिषय ज्ञानको Continue reading

मगर शब्दकोश विषयक भाषाशास्त्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

lekhak 1 lekhak2 lekhak3विष्णुकुमार सिङ्जाली

१४, असार २०७१
काठमाडौ

मातृभाषा प्रयोगको सन्दर्भमा शब्दकोशको महत्वपूर्ण भमिका रहन्छ । मातृभाषामा तयार पारीएका शब्दकोशहरु स्तरीय र व्यवहारिक हुन पनि जरुरी हुन्छ । मगर भाषामा शब्दकोशहरु प्रकाशित भैसकेका छन् ती मध्ये कर्ण बहादुर बुढामगरको शब्दकोश त्रिभुवन विश्वविद्यालयको एम तहको पाठ्यक्रममा समेत परिसकेकोे छ । यसले गर्दा मगर लेखकहरु पनि Continue reading

“मगर जातिको उत्पत्ति” विषयक विचार गोष्ठी सम्पन्न

pragya 1 pragya 2 pragya 5 pragya 04 pragya 8 pragya 6प्रतिभा पुनमगर
माघ १३, काठमाडौ ।
मिति २०७०

माघ १३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता) विभाग तथा मगर अध्ययन केन्द्रको सहकार्यमा “मगर जातिको उत्पत्ति” विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । सो गोष्ठीका लागि डा. गोविन्द थापाको अध्यक्षता रहेको थियो भने नेपाली लोकवार्ता विभागका विभागीय प्रमुख प्राज्ञ बुँद रानाले त्यस गोष्ठीको संयोजकत्व वहन गरेका थिए । प्रमुख अतिथिका रुपमा ने.प्र.प्र.का कुलपति वैरागी काइलाको उपस्थिति रहेको थियो । उक्त विचार गोष्ठीका लागि छलफल पत्र प्रस्तोता विद्यावारिधी शोधार्थी विष्णुकुमार सिञ्जाली थिए भने टिप्पणीकारका रुपमा डा. प्रेमकुमार खत्री तथा सिनासका प्रतिनिधि रमेश ढुङ्गेल थिए । विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका प्रदान गर्नु भएका बौद्धिक मगर तथा गैर मगर विद्धान गरी ६३ जनाको उपस्थिति रहेको सो गोष्ठीको औपचारिक स्वागत मनतव्य प्राज्ञ बुँद रानाले पस््रतुत गरेका थिए । Continue reading

मगर समाजमा प्रचलित घाँटुनाच सम्बन्धी प्राज्ञिक बहस

Magar Adhyan kendra ghantu 1Magar Adhyan kendra ghantu 2Ghantu ramcheविष्णुकुमार सिंजालीमगर

२०७० भदौ २२ गते
काठमाडौ

मगर अध्ययन केन्द्र तथा मगर प्राज्ञिक समुहको आयोजना तथा नेपाल मगर लेखक संघ र मगर चलचित्रकर्मी संघको सहआयोजनामा आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान, जावलाखेलको हलमा “मगर समुदायमा प्रचलित लोकनाट्यगाथा घाँटु विषयक गोष्ठी” सम्पन्न भएको छ । सो गोष्ठीको अध्यक्षता डा. गोविन्द प्रसाद थापामगर गर्नुभएको थियो । प्रमुख अतिथीमा आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर Continue reading

गोरे बहादुर खपाङगीमगरको सिघ्र स्वास्थ्य लाभको कामना सहित प्रेस विज्ञप्ती

उजीर रानामगर

०४ जेष्ठ, २०७०
काठमाडौ

नेपाल मगर लेखक संघ, केन्द्रिय समितिको यहि जेष्ठ ४ गते बसेको बैठकले आदिबासी जनजाति तथा मगर समुदायका अगुवा, पूर्व मन्त्री, पूर्व नेपाल मगर संघका अध्यक्ष गोरेबहादुर खपाङ्गीमगरको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसका साथै उहाँको उपचारमा सहयोग सक्दो सहयोग जुटाउने निर्णय पनि गरेको छ । यसका साथै सरकारले देखाएको उदासिनता प्रति ध्यान आकार्षण गर्न प्रेस विज्ञप्ती जारी गरिएको छ । यसको लागि संयोजक महासचिव उजीर रानामगरलाई तोकिएको छ ।

उहाँ मोटरसाईकलको ठक्करबाट दुर्घटनामा परि लामो समयदेखि अन्नपुर्ण न्युरो अस्पतालमा उपचार गराईरहनु भएको छ । राज्यले सम्मान दिएर उपचारको जिम्मा लिनुपर्ने व्यक्तित्व भए पनि उहाँको उपचारमा नेपाल सरकारले कुनै वास्ता गरेको छैन । सायद आदिबासी जनजातिको नेता, सिद्धान्तकार भएर नै राज्यले वास्ता नगरेको हुन सक्दछ । यसमा सबैले पहल गर्नु जरुरी छ । उहाँ आदिबासी जनजातिको हक हितका लागि आवाज उठाउने पहिलो अगुवा व्यक्तित्व हुनुहुन्छ । उहाँले जनसंख्याको आधारमा राज्यको सबै अंगमा समानुपातीक प्रतिनिधित्व गराउनुपर्ने सिद्धान्त नेपाली समाजमा प्रकाश पारी आदिबासी जनजाति र पिछडीएका वर्गको उत्थानको लागि अग्रणी भुमिका निभाउनु भएको छ । उहाँले प्रदान गर्नु भएको विचारले नै आज आदिबासी जनजातिको आन्दोलनको उभार ल्याउन सकेको हो ।

मगर जर्नल “शोधमाला” को २०६९ सालको संस्करण विमोचन

विष्णुकुमार सिङ्जालीमगर

माघ २०, २०६९, काठमाडौ

मगर समुदायबाट मगरको बारेमा अध्ययन तथा शोधखोज गरी लेखिएका लेखहरु (Occasional papers related to Magar) प्रत्येक बर्ष मगर अध्ययन केन्द्रले “शोधमाला” नामक जर्नलमा प्रकाशन गर्ने गरेको छ । सधै भैm यस बर्ष पनि मगर अध्ययन केन्द्र, काठमाडौले आफ्नो दशौं बार्षिकोत्सवको उपलक्ष्यमा स्थानीय विकास प्रशिक्षण केन्द्र जावलाखेल ललितपुरमा एक कार्यक्रम गरि सो संस्थाका अध्यक्ष डा. गोविन्द प्रसाद थापा ले यस बर्षको “शोधमाला” जर्नल सार्वजनिक गर्नुभएको थियो ।
सो दशौं बार्षिकोत्सव समारोहको अध्यक्षता डा. गोविन्द प्रसाद थापामगरले, सञ्चालन गोविन्द पुनमगरले र स्वागत भाषण गुप्तबहादुर रानामगर गर्नु भएको थियो । सो कार्यक्रमा त्रिभुवन विश्वविद्यालयमा सहायक डिनको पदमा पुग्न सफल हुनुभएका डा. चित्र बुढाथोकीमगर लाई सम्मान गरिएको थियो । यस कार्यक्रममा नेपाल मगर संघका महासचिव नवीन रोकामगर, पुर्व सभासद तथा राजनितिज्ञ शुरेश आलेमगर लगायत करीब सय भन्दा बदी मगर, अमगर बौद्धिक जमातहरुको सहभागिता थियो ।
यस समारोहमा International Union for Conservation Nature (IUCN) का country representative Dr. Yam Malla ले Community forestry : A key strategy for securing Sustainable Livelihood and Environmental Protection In Nepal नामक कार्यपत्र प्रस्तुत गनुभएको थियो । सामुदायिक वन कार्यक्रम अन्तरगत आदिबासी÷जनजाति र पिछडीएका वर्गलाई कसरी अगाडी बढाउन सकिन्छ ? उनीहरुले कसरी फाईदा लिन सक्दछन् ? किन आदिबासी÷जनजाति र पिछडीएका वर्गहरु सामुदायिक बन कार्यक्रममा उपस्थीति बढाउन सकिएको छैन ? उनीहरुलाई किन विमुख पारीएको छ ? सामुदायीक बन कार्यक्रम गाउँघरका टाठाबाठा र उच्च वर्ग जातिका तथा बसाई सराई गर्दै हिड्ने चरित्र बोकेका मानिसहरुको हातमा पुगेको र वास्तविक जनताका हातमा नपुगेको बारेमा, आदिबासी÷जनजातिलाई समावेश नगरीएको तथ्यहरुकोृ पनि विमर्श गरिनुका साथै विकास र विनासका बारेमा कार्यपत्र प्रस्तोता विद्धान र सहभागीहरु बीच छलफल भएको थियो । सो जर्नल मगर अध्ययन केन्द्र, काठमाडौको कार्यालय (०१ – ५५३२३२०) www.magarstudiescenter.org.np  बाट पनि पाउन सकिने जानकारी गराइएको थियो । मगर अध्ययन केन्द्रले शोधमुलक पुस्तकहरु पश्चिमाञ्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीतनृत्यको वर्तमान अवस्था र चुनौतीहरु, मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरु लगायत मगर भाषा प्रवद्धन गर्नको लागि मग खाम–खस– अँग्रेजी शब्दकोश, मगर ढुटआङ कुराकानी जस्ता दर्जनौं पुस्तकहरु प्रकाशित गरिसकेको बारेमा जानकारी गराईएको थियो ।

Learn Magar Kham/Pang

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut

New Books In Magar

Magar Literary Magazine

Learn Magar Language

के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  

Magar Dictionary

विज्ञापन / Advertise

Magar Dhut Dictionary

हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)

New Book Arrival/भराक्च सुटा

New Book Arrival

November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Multi-Lingual Education

Stories In Magar Dhut

मगर भाषामा बाल कथा

मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book