magar kkam, pang ra dhut
jiwan roka book cover
kanung kura, phul kumari Thapamagar
hema book


नेपाल मगर लेखक संघ


केन्द्रीय समिति, काठमाडौं ।


१७ असोज, २०७१


मगर भाषा र साहित्यमा कलम चलाउनेहरु सर्जकहरुको कलम कछुवा गतिमा भए पनि यस बर्ष अलिकति भए पनि घस्रन सफल भएको छ । आर्थिक बर्ष २०७०/७१ मा (क) मगर खाम/पाङ का शब्दकोशकार कर्णबहादुर बुढामगर, विष्णुकुमार सिंजाली तथा अन्य सहलेखनमा मगर भाषा (मगर खाम/पाङ र मगर ढुट) सिक्न र सिकाउने पुस्तक “मगर भाषामा बोलचाल” (ख) वरिष्ठ साहित्यकार फुलकुमारी थापाको “कानुङ कुरा” (ग) युवा साहित्यकार हेमा आलेको “बोपरा खुया !” (घ) युवा साहित्यकार जनक माकिम मिमिकको खण्डकाव्य “नमखान” (ङ) युवा साहित्यकार हरिता थापामगरको कविता संग्रह “खासिङ” (च) विष्णुकुमार सिंजालीद्धारा सम्पादित वरिष्ठ मगर व्यक्तित्वहरुको संस्मरणात्मक निबन्ध “आरमिटजेश मिरिक, दोस्रो संस्करण” (छ) आदिकवि जितबहादुर सिंजाली प्रतिष्ठानको साहित्य पुरस्कार विजेता जिवनप्रवेश रोकामगरको मगर खाम मगर खाम/पाङमा कथा संग्रह “आछिम चेतैक ” प्रकाशित भएको जानकारी आएको छ । यस्ता प्रकाशनले मगर साहित्यको विकासमा र मगर पहिचान जोगाउन टेवा दिन सक्नेछ ।