Sanjog program sanjog program 1काठमाडौ
२० मंसीर, २०७१

आदिकवि जितबहादुर सिञ्जालीमगर भाषा तथा साहित्य प्रतिष्ठान काठमाडौले महावीर पुन सेन्टर, ठमेल काठमाडौमा “पहिचानका मुद्दामा अटोइथ्नोग्राफी” विषय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । अटोइथ्नोग्राफी सम्बन्धी परिचय, सैद्धान्तीक तथा दार्शनीक पक्ष तथा वर्तमान परिस्थीति सम्बन्धी श्री कृष्ण वाग्ले ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अटोइथ्नोग्राफी बिषय ज्ञानको क्षेत्रमा नविनतम विधा मानिन्छ । नेपालको विश्वविद्यालयमा पनि यसले भरखर प्रवेश पाएको देखिन्छ । पहिचानका सन्दर्भमा राज्यले वा शासन सत्ताको शक्तीको आडमा गुमनाम बनाउने र अर्कोतर्पm सम्बन्धीत समुदाय वा जातिले लिखित रुपमा बाहिर ल्याउन नसकेको अवस्थामा अटोइथ्नोग्राफीको माध्यमबाट अध्ययन अनुसन्धान गरी तथ्यहरु बाहिर ल्याउनु पर्ने कुरामा जोड दिर्ईको थियो । सो गोष्ठीमा पूर्वसभासद सन्तोष बुढामगर, समाजसेवी कुन्ता थापामगर, भाषाविद अमृत योञ्जन तामाङ, मगर भाषाकार मनबहादुर थापामगर, मगर सम्बन्धी शोधकर्ता विष्णुकुमार सिञ्जालीमगर लगायत करीब तीस जना लेखक, अध्येता तथा साहित्यकारहरुको जमघट भएको थियो । यस गोष्ठीमा सम्बन्धीत विधाको सैदान्तीक तथा व्यवहारीक छलफल पनि भएको थियो । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन आयोजक संस्थाका अध्यक्ष सञ्जोग लाफामगरले गर्नुभएको थियो । आदिकवि जितबहादुर सिञ्जालीमगर भाषा तथा साहित्य प्रतिष्ठानले लामो समयदेखि निरन्तर रुपमा “मगर साहित्यमा मगरपन” श्रृङ्खला सञ्चालन गर्दै आएको छ । मगर साहित्यमा मगरपन विषयवस्तुसँग मेल खाने थुप्रै बिषयबस्तुहरुमा गोष्ठी आयोजना गरिसकिएको र यसलाई निरन्तरता दिने जानकारी पनि अध्यक्ष सञ्जोग लाफामगरले दिनुभएको थियो ।