असाेज १८, कैलाली लम्किमा भएको नेपाल मगर संघ कैलालीको अाठौं जिल्ला अधिवेशन बाट नेपाल मगर संघ जिल्लाकार्य समिति गठनका साथै नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति पनि गठन भएको छ । नव निर्वाचित नेपाल मगर संघ जिल्ला कमिटि कैलालीका अध्यक्ष चक्र अश्लामी मगरको अध्क्षतामा बसेको भेलाले अरु सदस्य पछि थप गर्ने गरि चक्र अाले मगरको अध्यक्षतामा अाठसदसिय नेपाल मगर लेखक संघ जिल्ला कार्य समिति बैलाली चयन गरेको छ ।
उपाध्यक्षमा तारा प्रसाद थापा सचिव दलबहादुर घर्ती , सहसचिव वीरेन्द्र थापा मगर कोषाध्यक्ष नारायण हौंजाली र सदस्यहरुमा दिनेश पुन , दीक्षा बलामी सिल्पा रोका रहेका छन् । नेपाल मगर लेखक संघ केन्द्रीय समिति सदस्य द्वय मनबहादुर बगाले मगर र गगन थापा मगरको अातिथ्यमा भएको उक्त कार्यक्रमको संचालन नेपाल मगर संघ जिल्ला कार्य समिति कैलालीका नव निर्वाचित सचिव रमेश थापाले गर्नु भएको थियो ।