kawasoti language 2
kawasoti language 1

दिया आलेमगर
२२ चैत्र २०७०
कावासोती, नवलपरासी
नेपाल मगर लेखक संघ,अञ्चल समिती, लुम्बिनीको आयोजना, नेपाल मगर लेखक संघ, जिल्ला समिती,नवलपरासी र ने.म.वि.सं.,न.प. को सह–आयोजना तथा आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानको प्रायोजनमा न.प. जिल्लाको कावासोतीमा मगर मातृभाषा (मगर ढुट) प्रशिक्षण कार्यक्रमको उद्घाटन कावासोतीको शिवमन्दिर गा.वि.स. भवनमा सु–सम्पन्न गरियो । उक्त कार्यक्रममा नेपाल मगर लेखक संघ, केन्द्रिय समितीका बरिष्ठ उपाध्यक्ष विष्णु कुमार सिङ््जाली मगरको प्रमुख आतिथ्यता एवं यसै संघका अध्यक्ष दिलमाया पुन मगरको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।
मगर ढुटाङ ङाकैं, कानुङ चिन्डियाक जिवाटाकैं , भन्ने मूल उद्देश्यले आयोजित उक्त कार्यक्रममा पूर्व सभासद् रोशन बहादुर गाहा मगर, ने.म.ले.सं., अञ्चल समिति, लुम्बिनीका पूर्व अध्यक्ष लोकनेश ढेंगा मगरको विशेष आतिथ्यता रहेको थियो । यसै समितिका सल्लाहकार हरिदेव थापा मगर, ने.म.सं., जिल्ला कार्य समिति, न.प. का सल्लाहकार दुर्गा बहादुर राना मगर, कृषि विकास बैंक, कावासोतीका शाखा प्रमुख चन्द्रसिं थापा मगर, ने.म.वि.सं., जिल्ला समिति, न.प. का संस्थापक अध्यक्ष भेषराज गाहा मगर, सामुदायिक टि.भी. देवचुली टि.भी. का प्रबन्ध निर्देशक के.बी. राना लगायतका अतिथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट पाठ्य सामग्री वितरण पनि गरिएको थियो । विशेषतः मगर भाषाको महत्व जोगाइ राख्न र भावी पुस्तामा हस्तान्तरण गर्न मगर मातृभाषा प्रशिक्षण कार्यक्रमको आवश्यकता रहेको र यो प्रयासले मगर समुदायलाई आशातित उपलब्धि दिलाउने कुरामा विश्वस्त रहेको साथै यो प्रशिक्षण कार्यक्रम यही चैत्र २२ गतेदेखि १ महिनासम्म सञ्चालन हुने समितिका अध्यक्षले बताउनुभयो ।