Magar Through the age 1Magar through the age 2Magar through the age 3विष्णुकुमार सिङ्जाली

काठमाडौ

“मगर थ्रु द एज” नामक पाण्डुलिपीको हस्त लिखित पाण्डुलिपीलाई डिजिटल पाण्डुलिपीमा बदल्ने कार्यलाई २०७२ सालको शुरुवातबाट अभियान थाले पनि, महा–भुकम्प, मधेश आन्दोलन र नाकाबन्दी तथा कालोबजारीले गर्दा अभियानको गति कम भए पनि बर्षको अन्तिममा यो कार्य सकिएर समितिले उहाँको घरमा गएर सो सम्पत्ती बुझाएको छ । डिजिटल पाण्डुलिपी ए फोर साईजमा, १३ प्वाइन्ट साइजको फन्टमा एक हजार पृष्ठ भएको छ, जसलाई  आर्थिक अभावका कारण प्रुफ रिडिङ र सम्पादन गरिसकिएको छैन ।

यो अभियानमा, कोरिया मगर संघका निवर्तमान अध्यक्ष पुरन रानामगरको अगुवाईमा रु १०,०००।–,   ललितपुर निवासी उमेश बहादुर राना रु १,०००।–, मिनबहादुर बलाल रु ५००।– र क्या.कुलप्रसाद पुनमगर रु ५००।–सहयोग गभएको थियो यसै गरी बाग्लुङ निवासी तिलबहादुर थापा मगर बाट रु १,०००।–, इन्द्र बहादुर थापाबाट रु १,०००।– र कर्ण बहादुर घर्तिमगर बाट रु ५००।– यसै गरी गोरखा निवासी बेलीमाया थापामगर रु ५००।–, शान्तीराम रानामगर रु २००।–, तनहुँ निवासी दिलबहादुर थापामगरबाट रु १,०००।–, काठमाडौ निवासी सन्देश आलेमगर रु १००।–, हिमाल पुनमगर रु १००।–, सन्त गाहा रु १००।–, धोविघाट ललितपुर निवासी भिम बहादुर श्रीस रु १,०००।–, दिलमाया पुन रु ५००।– र लिलबहादुर पुनमगर रु ५००।–, पर्वत निवासी सुशील सुवेदी रु ५००।– र नाम छुटेका (पछि अद्यावधिक गरिनेछ) केही व्यक्तित्वहरुबाट समेत गरी जम्मा २१,०००।– सहयोग प्राप्त भैसकेको छ भने नेपाल मगर महिला संघबाट रु ५,०००।–को सहयोगको प्रतिबद्धता  गरिएको छ भने हाल सम्म चारवटा हस्तलिखित नोटकपी टाईप, प्रिन्ट र बाइन्डीङ गर्दा कुल खर्च रु २३,५००। भएको छ, भने अझ एक वटा हस्तलिखित करीब ७०० पेजको नोटकपी बाँकी रहेको बुझिएको छ ।

हस्तलिखित पाण्डुलिपीको कम्प्युटरमा टाइप गर्ने का खड्क सारुमगर लगायत व्यवसायिक व्यक्तित्वहरुबाट गराइएको थियो । सो पाण्डुलिपीको अझ टाइप प्रुफ रिडिङ र पुस्तक बनाउनको लागि विज्ञहरुबाट सम्पादन गर्न बाँकी नै रहेको जनाईको छ । सम्पादन कार्य गरी स्तरीय मगर इतिहास पुस्तक बनाउनको लागि इतिहासविद, मानवशास्त्री, समाजशास्त्री, संस्कृतिविद, बुद्ध दर्शनविद, पुरातत्वविद, भाषशास्त्री तथा मगर भाषाविदको जरुरत पर्ने र त्यसको लागि पाँच-सात लाख खर्च हुने र सो खर्च गर्न सक्ने आफुमा क्षमता नभएको अनि लेखकलाई रोगले च्याँपिसकेको कारणबाट पुन लेखन गर्न नसक्ने जानकारी लेखक स्वयं र उनका परिवारजनले जानकारी दिए र मगर इतिहास तयार पार्नको लागि सहयोगी हातहरुको खाँचो रहेको बताएका थिए । सो कार्यक्रममा संयोजक तिलबहादुर थापाले सहयोगदाताहरुलाई धन्यवाद प्रदान गर्दै प्रारम्भीक चरणको कार्य मात्र सकिएको अझ धेरै काम गर्न बाँकी रहेकोले अझ पनि निरन्तर सहकार्यको खाँचो रहेको औल्याउनु भएको थियो ।

सो पाण्डुलिपीमा मगर जातिको इतिहास प्रागऐतिहासिक कालदेखि, गौतम बुद्ध भन्दा अगाडी देखिन बुद्धकालिन, हिन्दुकालिन र आधुनिक कालिन समयमा मगरहरुको इतिहास खोतल्ने प्रयास गरिएको छ । सो पुस्तक हालमा पनि कम्प्याक्ट गरी ए फोर साइजमा १००० भन्दा बढी पेज रहेको छ, यसैले पनि त्यसको साइज घटाएर सानो पार्नका लागि विज्ञ सम्पादकको खाँचो पर्ने देखिन्छ । यो पुस्तकको सम्पादन र प्रकाशन लेखक जिवित हुँदै गर्न सकेमा कम्तीमा मगरका इतिहासबारे केही कुराहरु आउने आश गर्न सकिन्छ । सो पाण्डुलिपी २०७२ साल चैत २९ गते उहाँको निवासमा बुझाईको थियो ।