विश्व मातृभाषा दिवसको उपलक्ष्यमा मगर भाषामा कविता बाचन प्रतियोगिता सम्पन्न

bUTWAL LEKHAK 3 bUTWAL lEKHAK 2 bUTWAL LEKHAK 4सी.बी. सुनारी मगर
देवदह ३ रुपन्देही
२०७० फागुन ९ गते
मातृभाषा विना जातिय पहिचान हुन नसक्ने रुपन्देहीको बुटवल मा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले देशमा बोलिने अन्य भाषालाई राज्यले लगानी गरेपनि मगर भाषा संरक्षण र सम्वद्र्धन तर्फ बेवास्ता गरेको आरोप लगाएका छन् । विश्व मातृभाषा दिवसको अवसरमा नेपाल मगर लेखक संघ लुम्विनी अञ्चाल समिति द्धारा आयोजित खुल्ला कविता वाचन प्रतियोगिता कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले मातृभाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि सवै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । नेपाल मगर लेखक संघ लुम्विनी अञ्चल समितिका उपाध्यक्ष सोनु थापाको सभापतित्वमा भएको कार्यक्रममा मगर लेखक संघका केन्द्रीय सदस्य हरीकला थापा, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टा, नेपाल मगर बौद्ध सेवा समिति रुपन्देहीका अध्यक्ष तुल्सी रेश्मी, मगर महिला संघ रुपन्देहीका सहसचिव केशरी गाहा, फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा, निर्मला राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । प्रतियोगितामा चित्र बहादुर सुनारी प्रथम, फतिक तरामु द्धितिय, खिम थापा तृतिय र लजिना रेश्मी सान्तवना भएका छन् । हरीदेव थापा, उमेश थापा र हरीकला रानाले प्रतियोगिताको निर्णाकको भूमिका निर्वाह गर्नु भएको थियो । संघका कोषाध्यक्ष चोपलाल राहुलको स्वागत र सचिव लिला रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसै गरी पोखरामा पनि नेपाल मगर लेखक संघ कास्की जिल्ला समितिको आयोजनामा मगर भाषामा कविता बाचन गरि मातृभाषा दिवस सम्पन्न भएको अध्यक्ष कृष्ण थापामगर (मिगिन) ले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
September 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book