???????????????????????????????

२२ चैत २०७०

काठमाडौ ।
आदिकवि जितबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठान काठमाडौले यस बर्षको “जिवसिम पुरस्कार” आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेलमा २२ चैत २०७०मा एक कार्यक्रम गरी वितरण गरेको छ । सो समारोहमा प्रमुख अतिथीको रुपमा माननिय भुमी सुधार तथा व्यवस्था मंत्री दलबहादुर रानामगरले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गर्नु भएको थियो । पुरस्कृत हुने व्यक्तित्वहरुमा “जिवसिम पुरस्कार” खड्क बहादुर आलेमगर, तनहुँ र “जिवसिम नवप्रतिभा पुरस्कार” अनिल बुढामगर, रुकुम हुनुहुन्छ । खड्क बहादुर आलेमगर नेपाल मगर लेख संघको तनहुँ जिल्ला समितिका कार्यकारिणी सदस्य हुनुहुन्छ । “जिवसिम पुरस्कार” पुरस्कार रु. ४०,०००।– र “जिवसिम नवप्रतिभा पुरस्कार” रु. १०,०००।– रहेको छ । “जिवसिम पुरस्कार”लाई मगर भाषाको सन्दर्भमा “मदन पुरस्कार”को रुपमा हेरिने गरिएको छ ।