मगर समाजमा प्रचलित घाँटुनाच सम्बन्धी प्राज्ञिक बहस

Magar Adhyan kendra ghantu 1Magar Adhyan kendra ghantu 2Ghantu ramcheविष्णुकुमार सिंजालीमगर

२०७० भदौ २२ गते
काठमाडौ

मगर अध्ययन केन्द्र तथा मगर प्राज्ञिक समुहको आयोजना तथा नेपाल मगर लेखक संघ र मगर चलचित्रकर्मी संघको सहआयोजनामा आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान, जावलाखेलको हलमा “मगर समुदायमा प्रचलित लोकनाट्यगाथा घाँटु विषयक गोष्ठी” सम्पन्न भएको छ । सो गोष्ठीको अध्यक्षता डा. गोविन्द प्रसाद थापामगर गर्नुभएको थियो । प्रमुख अतिथीमा आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा हुनुहुन्थ्यो । उक्त कार्यक्रममा प्राज्ञ विष्णु प्रभात, मगर संघका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर बुढा बिशेष अतिथी हुनुहुन्थ्यो । सो कार्यक्रमको स्वागत भाषण उपप्राध्यापक छविलाल चिदीमगरले गर्नुभएको थियो भने सञ्चालन हर्क थापामगरले गर्नु भएको थियो । सो कार्यक्रमका संयोजक मीन श्रीस हुनु हुन्थ्यो । यस कार्यक्रममा त्रि.वि. का भाषाविद भिमनारायण रेग्मी, घाँटो विषयमा विद्याबारीधी शोधार्थी गर्दैरहनु भएका राजकुमार गुरुङ लगायत थुप्रै प्राज्ञिक व्यक्तित्वहरुले हल खचाखच भरिएको थियो ।

सो कार्यक्रमको शूरुमा स्याङ्जा जिल्ला पेलाकोट गा.वि.स. राम्चे गाउँमा नचाईने घाँटुको सानो झलक मगर चलचित्रकर्मी संघका युवराज मास्की र भिम रानामगरले प्रस्तुत गर्नु भएको थियो । त्यसपनि स्याङ्जा जिल्लामा प्रचलित घाँटोको बारेमा श्री विष्णुकुमार सिंजालीमगर (विद्याबारीधी शोधार्थी), पाल्पा जिल्लामा प्रचलित घाँटोको बारेमा उपप्राध्यापक छविलाल चिदीमगर, नवलपरासी जिल्लामा प्रचलित घाँटोको बारेमा पूर्णमाया पुलामीमगर, तनहुँ जिल्लामा प्रचलित घाँटोको बारेमा उपप्राध्यापक तिलबहादुर थापामगर, गोर्खा जिल्लामा प्रचलित घाँटोको बारेमा टीकाराम आलेमगर, बाग्लुङ जिल्लामा प्रचलित घाँटुको बारेमा हिमाल पुनमगर ज्युले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मीन श्रीसले संयुक्त रुपमा टिप्पणी गर्नु भएको थियो ।

सो कार्यक्रमा प्राज्ञ विष्णु प्रभातले संस्कृतीका धनी मगर समाजमा रहेको घाँटुको बारेमा दार्शनीक व्याख्या गर्दै समसामयीक सुझाब राख्नुभएको थियो । मगर संघका उपाध्यक्ष कर्णबहादुर बुढाले मगर संस्कृतीहरु लोप हुँदै जान लागेको कारणबाट सो को संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको थियो । प्रमुख अतिथी झकबहादुर थापाले संस्कृती जोगाउन अन्धविश्वासमा विश्वास नगरी त्यस्ता संस्कृती अन्यले पनि सिक्नुपर्ने तथा अभ्यास गर्नुपर्ने बताउनुभएको थियो । घाँटु गित गाउँदा वा चाच्दा बौलाईने वा क्षती हुने विश्वास भ्रम हो त्यसैले त्यसलाई चिरेर हामीले त्यो संस्कृतीको रक्षा गर्नु पर्दछ । अन्धविश्वासले ज्ञान मरेर जान्छ भनेर पनि स्पष्ट पार्नुभयो । यसका साथै उहाँले विभिन्न कारणले गर्दा प्रतिष्ठानले यस्ता सांस्कृतिक कार्यक्रमलाई सघाउन नसकेकोमा दुःखी रहेको समेत बताउनुभयो ।

घाँटुनाच बारे ————-

भौगोलिक, सांस्कृतिक, भाषिक, नश्लीय तथा जातीय विविधता वा बहुलतामा एकता नै नेपाली समाजको पहिचान हो । यही विविधताको फूलवारीभित्रको एउटा महत्वपूर्ण फूल हो घाँटो । नेपालमा मगर लगायत अन्य जातिहरु गुरुङ, दुरा, दरै, कुमाल, थारु, बोटे आदिले सदियौंदेखि नाचिदैं आएको घाँटु नाच एक लोकनाट्य गाथा हो, गिती नाटक हो । जसमा राजकाज सम्बन्धी, राज्य राज्यबीचको लडाई, राजाहरुको शिकार खेल्ने परम्परा तथा सोख, जुवा तथा पासा खेल्ने चलन, राजकाज तथा समाजमा षडयन्त्रको विषय बस्तु आदि गितीगाथामा समेटिएको छ । यसैगरी विबाह, जन्म तथा मृत्यु जस्ता सामाजिक जीवनका नियमित घटनाक्रम, अन्नपात उब्जाउने तथा स्याहार्ने, सिंगारपटार, सरसफाई, जडीबुटी तथा उपचार, हातहतियार तथा भाँडाकुँडाहरुको प्रयोग, पशुपंक्षीको उपभोग आदि व्यबहारिक शिक्षा र स्थानीय धार्मिक विश्वासका पक्षहरुलाई गीतिगाथामा समेटिएको पाइन्छ । यस गिती नाटकमा राजाहरु रिठुवर्तन (रितुवर्तन), कैलाश र नरसिङ (नरेश्वर) तथा रानीहरुमा सत्यवती, विद्यावती र यम्वावती रहेका छन् । यसका साथै जोगिया, कुसुन्डा, मृग आदि पनि सहायक पात्रहरु रहने गर्दछन् । यद्यपी ठाउँ अनुसार पात्रहरुको फरकपन भने पाईन्छ । मगर समाजमा प्रचलित घाँटु नाचलाई मगरहरु “घाँटो” भन्दछन् । घाँटो नाच एउटा शोककाब्य हो । यसको अभिनय एकदम विस्तारै र मिहिन प्रकारले हुन्छ । मगर शब्दमा “घोट” शब्दले श्रद्धाञ्जली भन्ने जनाउँदछ । सायद यो नाच इतिहासका नायकहरुको मृत्युशोकमा नचाइएकोले घोटबाट घाँटो र घाँटोबाट घाँटु बनेको हुन सक्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book