lekhak 1
lekhak2
lekhak3

 

विष्णुकुमार सिङ्जाली

१४, असार २०७१
काठमाडौ

मातृभाषा प्रयोगको सन्दर्भमा शब्दकोशको महत्वपूर्ण भमिका रहन्छ । मातृभाषामा तयार पारीएका शब्दकोशहरु स्तरीय र व्यवहारिक हुन पनि जरुरी हुन्छ । मगर भाषामा शब्दकोशहरु प्रकाशित भैसकेका छन् ती मध्ये कर्ण बहादुर बुढामगरको शब्दकोश त्रिभुवन विश्वविद्यालयको एम तहको पाठ्यक्रममा समेत परिसकेकोे छ । यसले गर्दा मगर लेखकहरु पनि स्तरीयता तर्पm बढीरहेको सन्दर्भमा, मगर शब्दकोशका सन्दर्भमा नेपालमा मगर लेखक संघ, केन्द्रीय समितिको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान,  जावलाखेल ललितपुरको प्रायोजनमा “मगर शब्दकोश विषयक भाषाशास्त्रीय अन्तरक्रिया” गोष्ठी बाँसवारी, काठमाडौमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ, केन्द्रीय समितका महासचिव र विशेष अतिथी पूर्व डिआइजी पार्वती थापामगरले संयुक्त रुपमा कार्यक्रमको व्यानर खोलेर गर्नुभएको थियो । कार्यक्रमलाई दुई शत्रमा विभाजन गरिएको थियो, पहिलो उद्घाटन शत्र र दोस्रो प्रात्रिक सत्र । उत्घाटन सत्रको अध्यक्षता नेपाल मगर लेखक संघ, केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर बुढामगरले गर्नु भएको थियो । त्यस शत्रमा अतिथीहरुको आसन ग्रहण गराइसकेपछि स्वागत मन्तव्य सोंपा बुढामगरले दिनुभएको थियो । त्यस सत्रमा प्रमुख अतिथी, विशेष अतिथी लगायत त्रिलोकसिंह थापामगर, गौबहादुर आलेमगर, क्या. देउबहादुर रानामगर, राजकुमार गुरुङ (पिएचडी शोधार्थी), नेपाल भाषाका अभियानकर्ता विष्णु चित्रकार, भाषा तथा साहित्यकर्मी टेकनारायण ढकाल लगायतले मन्तव्य दिनुभएको थियो ।
प्राज्ञिक शत्रको अध्यक्षता प्रा.डा. गोविन्दराज भट्टराईले गर्नु भएको थियो । त्यस शत्रमा भाषाविज्ञ छिमी पुनमगर र पूर्णबहादुर रानामगरले “मगर शब्दकोशका लागि साझा वर्ण”, मगर ढुटका शब्दकोशकार हिरासिङ थापामगरले “मगर आखरग्रोम्ह निर्माण प्रक्रिया, कठिनाई र सामाधान”,  भाषाविद सुनिता बरालद्धारा “नेपाली वाङ्मयमा उपलब्ध त्रैभाषिक शब्दकोशहरु ः एक प्रारम्भिक सर्वेक्षण, बलाराम अधिकारी ले “A trilingual Dictionary of the Magar LanguageM Athrâr Magarât अनुवाद र सम्पादन प्रक्रियामा आइपरेका चुनौती तथा अबलम्वनका उपायहरु” तथा कर्णबहादुर बुढामगरले “त्रिभाषिक मगर शब्दकोश (अठार मगरात) निर्माणको आवस्यकता तथा निर्माण प्रक्रिया, कठिनाई र सामाधान” नामक कार्यपत्रहरु प्रस्तुत गरेका थिए । गोष्ठीका सहजकर्ता/उद्घोषक विष्णुकुमार सिङ्जालीले गर्नु भएको थियो ।
मगर शब्दकोश तथा कार्यपत्रहरु माथी टिप्पणी प्राज्ञ विष्णु प्रभात, नागरीक मिडियाका पत्रकार मनोज घर्तीमगर, दुर्लभ पुनमगर, प्रतिज्ञा रेग्मी, भाषविद भिमनारायण रेग्मी, भाषाविद अमृत योञ्जन तामाङ तथा त्यस शत्रका विशेष टिप्पणीकर्ता प्रा.डा. रामचन्द्र लम्साल ले गर्नु भएको थियो । यसै गरी मगर भाषाकर्मी मनबहादुर गाहामगरले पनि अन्तरक्रियामा सक्रिय भुमिका खेल्नुभएको थियो । सो कार्यक्रममा मगर भाषाको विकासको लागि यस्ता अन्तरक्रिया कार्यक्रमहरु वृहत रुपमा लैजानु पर्ने, अध्ययन अनुसन्धानलाई जोड दिनुपर्ने, मगर ढुटको शब्दकोश व्यापक सुधार गरी तुरुन्तै दोस्रो संस्करण ल्याउनुपर्ने, मगर भाषाको शब्दकोशहरुको निर्माणमा संस्थागत लाग्नुपर्ने आदि विविध विषयमा चर्चा भएको थियो ।