मगर लेखक सङ्घ तनहुँको तेस्रो स्थापना दिवस घिरिङमा मनाइयो : मगर भाषाका युवा साहित्यकार मीगीन सम्मानित

Gita Tanahu magar lekhakरूद्र श्रीसमगर

पोखरा, ३ पुस
नेपाल मगर लेखक सङ्घ तनहुँले आफ्नो तेस्रो स्थापना दिवस तनहुँको ऐतिहासिक क्षेत्र घिरिङमा साहित्यिक यात्रासहित विशेष कार्यक्रम गरी मनाएको छ । घिरिङ सुन्धारा समाज सुधार क्लब, घिरिङ, सुन्धारा–७, गैराथोकद्वारा आयोजित मंगलबार सम्पन्न ‘प्रथम घिरिङ सांस्कृतिक महोत्सव’स्थलमै सङ्घले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी मनाएको हो । सो कार्यक्रमका लागि मगर लेखक सङ्घका पदाधिकारी तथा सदस्यसहित दमौलीका मगर साहित्यकार, लेखकहरू सहभागी भएका थिए । सङ्घको तेस्रो स्थापना दिवसकै अवसरमा मंगलबार नै सोही कार्यक्रममा मगर भाषाका युवा साहित्यकार एवं नेपाल मगर लेखक सङ्घ कास्कीका अध्यक्ष मीगीन मगरलाई सम्मान समेत गरिएको थियो । साहित्यकार मीगीनलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिका अध्यक्ष रूद्रबहादुर श्रीसमगरले कदरपत्र तथा तनहुँ जिल्ला अध्यक्ष गीता थापामगरले दोसल्लासहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीसमगरले मगर लेखक सङ्घ तनहुँले धेरै राम्रा र रचनात्मक गतिविधि गर्दै आएको भन्दै मगर भाषा तथा साहित्यको विकासका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । मगर भाषा र साहित्यको विकासका लागि सम्पूर्ण मगर लेखकहरू एकजुट भएर लेखनकार्यमा लाग्नुपर्ने भन्दै श्रीसमगरले मगर लेखक सङ्घ तनहुँले पृथक तरिकाले तेस्रो स्थापना दिवस मनाएकोमा धन्यवाद समेत प्रकट गर्नुभयो । विशिष्ट अतिथि एवं नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष झकबहादुर सारूमगरले तनहुँ जिल्ला ऐतिहासिक मगरात भूमि भएको भन्दै मगर भाषा र संस्कृतिको उर्वर भूमिको विकासमा मगर लेखक सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले मगर लेखकहरूलाई कलम लिएर अधिकारको लडाइँमा सामेल हुन आग्रह समेत गर्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व युवा साहित्यकार एवं मगर लेखक सङ्घ कास्कीका अध्यक्ष मीगीन मगरले प्राप्त सम्मानले आफूलाई मगर भाषा र साहित्यप्रति अरू जिम्मेवारबोध गराएको भन्दै आगामी दिनमा अझ प्रतिबद्ध भएर मगर भाषा र साहित्यको विकासमा लागिपर्ने बताउनुभयो ।
नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय सदस्य एवं तथ्याड्ढ विभाग प्रमुख गोमबहादुर रानामगरले मगर भाषा र साहित्यको विकासमा मगर लेखक सङ्घले चाल्ने हरेक पाइलामा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ तनहुँका जिल्ला सदस्य रामशरण गैरे, साहित्यकार धीरेन्द्र थापामगर ‘किसानी’, बलहरि रानामगर, अनुराग थापामगरलगायतका लेखक, साहित्यकारले मगर भाषा एवं नेपाली भाषाका रचना वाचन गर्नुभएको थियो । अध्यक्ष गीता थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रताप रानामगरले गर्नुभएको थियो भने उपाध्यक्ष रामबहादुर आलेमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा नेपाल मगर विद्यार्थी सङ्घ तनहुँका कलाकारहरूले कौरा नृत्य समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book