मगर लेखक सङ्घको अध्यक्षमा पुनः बुढामगर निर्वाचित

magar Lekhakरूद्र श्रीसमगर
काठमाडौं, १३ पुस
नेपाल मगर लेखक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः कर्णबहादुर बुढामगर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न सङ्घको महाधिवेशनबाट निर्वाचित २५ सदस्यीय केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार सिंजालीमगर, महिला उपाध्यक्षमा छिमी पुनमगर, प्राज्ञिक उपाध्यक्षमा पूर्णबहादुर रानामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा हेमा आलेमगर ‘बोगी’, अठार मगरात भाषिक उपाध्यक्षमा कमलमान बुढामगर, काइके भाषिक उपाध्यक्षमा सोपा घर्तीमगर, महासचिवमा जीवनप्रवेश रोकामगर, सचिवद्वयमा रूद्र ‘सन्देश’ मगर र हरिकला थापामगर ‘हरिता’ तथा कोषाध्यक्षमा यम सिंजालीमगर रहनुभएको छ । त्यसैगरी, केन्द्रीय सदस्यहरूमा इन्द्रबहादुर आलेमगर, रूद्रबहादुर श्रीसमगर, अनुराग थापामगर, लीला रानामगर ‘रोदन’, दिया आलेमगर, श्यामबहादुर रानामगर, कला थापामगर, गगनबहादुर थापामगर, मनबहादुर बगालेमगर, अनिल बुढामगर, प्रेमप्रकाश घर्तीमगर र दलबहादुर गाहामगर रहनुभएको छ भने बाँकी रिक्त दुई सदस्य पछि बस्ने केन्द्रीय समिति बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । अधिवक्ता गौबहादुर आलेमगरको संयोजकत्वमा उमेशबहादुर रानामगर र मनबहादुर थापामगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।
यसअघि, महाधिवेशनको उद्घाटन गर्दै नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले पहिचान भनेको चिनारी मात्र नभएको उल्लेख गर्नुभयो । मगर लेखक तथा साहित्यकारहरूलाई समेट्ने खालको सड्डठन आवश्यक रहेको बताउँदै उहाँले नेपाल मगर लेखक सङ्घलाई भ्रातृसड्डठनका रूपमा मान्यता दिन मगर सङ्घको महाधिवेशनसम्म कुर्न आग्रह गर्नुभयो । मगर जातिको इतिहास, भाषा, संस्कृति र अधिकारका पक्षमा कलम चलाउन मगर लेखकहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बेला आएको उहाँको भनाइ थियो । महाधिवेशनको उद्घाटनका अवसरमा विशेष अतिथि एवं मास्टर मित्रसेन थापामगर स्मृति प्रतिष्ठानका अध्यक्ष त्रिलोकसिंह थापामगर, नेपाल मगर सङ्घका केन्द्रीय महासचिव नवीन रोकामगर, मगर चलचित्रकर्मी सङ्घ, नेपालका अध्यक्ष युवराज मास्की रानामगर, मगर भाषा प्रतिष्ठान, नेपालका सचिव मनबहादुर थापामगरलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सोही अवसरमा विभिन्न विषयमा मगर लेखकहरूलाई प्रशिक्षण समेत दिइएको थियो । कार्यक्रममा भाषा अनुवादका विषयमा भाषाविद् भीमनारायण रेग्मी, मातृभाषामा साहित्य लेखनका विषयमा भाषाशास्त्री अमृत योञ्जन तामाङ, प्राज्ञिक लेखनका विषयमा विष्णुकुमार सिंजालीमगर र वेभसाइट एवं अनलाइन सञ्चारका बारेमा पुरन थापामगरले प्रशिक्षण दिनुभएको थियो ।
महाधिवेशनले सचिव सोपा घर्तीमगरद्वारा बन्दसत्रमा प्रस्तुत साड्डठनिक प्रतिवेदन र कोषाध्यक्ष छिमी पुनमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित पनि गरेको छ । सङ्घका अध्यक्ष कर्णबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सोपा घर्तीमगर र केन्द्रीय सदस्य हेमा आलेमगर ‘बोगी’ले सञ्चालन गर्नुभएको थियो भने केन्द्रीय सदस्य रुद्र सन्देशले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book