मगर भाषाको छैंठौं नियमित रचना वाचन शृंखला सम्पन्न

रूद्र श्रीसमगर
पोखरा, २७ पुस
मगर भाषाको छैंठौं नियमित रचना वाचन शृंखला सम्पन्न भएको छ । नेपाल मगर लेखक सङ्घ कास्की र मगर भाषा प्रतिष्ठान कास्कीको संयुक्त आयोजनामा शनिबार नेपाल मगर सङ्घ कास्कीको सभाहलमा भएको रचना वाचन शृंखलामा मगर स्रष्टाहरूले मगर तथा नेपाली भाषामा आ–आफ्ना रचना वाचन गरेका थिए ।
रचना वाचन शृंखलामा मगर भाषा प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले यस्ता साहित्यिक कार्यक्रमले मगर भाषाको साहित्यिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । सो कार्यक्रममा मगर भाषाका वरिष्ठ साहित्यकार समेत रहनुभएका थापामगरले आफ्ना पूराना मगर भाषाका गीत तथा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर सङ्घ कास्कीका सचिव यामबहादुर बरहीमगर, नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज गोविन्द पुनमगर, अर्का केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभाग प्रमुख जेनिशा पुनमगर, सुरेश पुनमगर, नेत्र घर्तीमगर, प्रेम रोकामगर, मीगीन मगर, सम्मर थापामगरलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
नेपाल मगर लेखक सङ्घ कास्कीका अध्यक्ष मीगीन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने सचिव सम्मर थापामगरले गर्नुभएको थियो ।
अबको सातौं रचनावाचन शृंखला माघ महिनाको अन्तिम शनिबार नेपालका प्रथम सहिद क्या. लखन थापामगरको स्मृति दिवसका अवसर पारेर लखनचोकमा गरिने भएको अध्यक्ष मीगीनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
September 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book