“मगर जातिको उत्पत्ति” विषयक विचार गोष्ठी सम्पन्न

pragya 1 pragya 2 pragya 5 pragya 04 pragya 8 pragya 6प्रतिभा पुनमगर
माघ १३, काठमाडौ ।
मिति २०७०

माघ १३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता) विभाग तथा मगर अध्ययन केन्द्रको सहकार्यमा “मगर जातिको उत्पत्ति” विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । सो गोष्ठीका लागि डा. गोविन्द थापाको अध्यक्षता रहेको थियो भने नेपाली लोकवार्ता विभागका विभागीय प्रमुख प्राज्ञ बुँद रानाले त्यस गोष्ठीको संयोजकत्व वहन गरेका थिए । प्रमुख अतिथिका रुपमा ने.प्र.प्र.का कुलपति वैरागी काइलाको उपस्थिति रहेको थियो । उक्त विचार गोष्ठीका लागि छलफल पत्र प्रस्तोता विद्यावारिधी शोधार्थी विष्णुकुमार सिञ्जाली थिए भने टिप्पणीकारका रुपमा डा. प्रेमकुमार खत्री तथा सिनासका प्रतिनिधि रमेश ढुङ्गेल थिए । विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका प्रदान गर्नु भएका बौद्धिक मगर तथा गैर मगर विद्धान गरी ६३ जनाको उपस्थिति रहेको सो गोष्ठीको औपचारिक स्वागत मनतव्य प्राज्ञ बुँद रानाले पस््रतुत गरेका थिए । उनले आफू लोकवार्ता विभागको विभागीय प्रमुख भएका नाताले उक्त विभागका बारे स्पष्ट पार्दै निकट भविष्यमा नेपाली लोकवार्ता विभागको स्थापना हुने कुराको जानकारी प्रस्तुत गरे । त्यसै गरी प्रमुख अतिथि वैरागी काइलाले मगर र लिम्बुको बिचमा वंशगत सम्बन्ध हुनु पर्छ भन्ने कुरा व्यक्त गरेका थिए । त्यसै गरी टिप्पणीकार डा. प्रेम खत्रीले जुन राज्य जसको सत्तामा छ, त्यस जातिको चौतर्फी विकास हुन्छ अन्य ओझेलमा पर्छ भन्दै हरेक जातिले आफ्नो संस्कृति बचाउनु पर्छ भनेका थिए । मगरको सम्बन्ध उत्तरतर्फ खोज्नु उपयुक्त हुने दक्षिणतर्फ जान नहुने तथा काली गण्डकीको सेरोफेरो तथा घना मगरको बस्तीमा गएर मगर र मगर संस्कृतिको गहन अध्ययन हुनु पर्ने कुराको जानकारी गराए । त्यसै गरी रमेश ढुङ्गेलले नेपालका प्राचिन जाति मगरहरुको बायोलोजिकल उद्भवलाई चीनको मङ्गोल र त्यसकै अर्को झुण्डका रुपमा रहेको उत्तर भारतको मुगलसँग तुलना गरेका थिए । त्यस्तै गरी उपस्थितिहरु मध्ये त्रिलोक सिंह, हिरासिह सोमै राना मगर, बमकुमारी बुढा मगर, डा. श्यामु थापा मगर, नरु थापा आदि विभिन्न व्यक्तिद्वारा आफ्ना विचार प्रस्तुत गरेका थिए । यस छलफल गोष्ठीमा मगर जातिको इतिहास खोज्न अझ गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने कुरा, उत्पत्ती र नामाकरण सम्बन्धी गोष्ठीहरु निरन्तर गरिराख्नु पर्ने तथ्यहरु प्नि औंल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book