मगर जर्नल “शोधमाला” को २०६९ सालको संस्करण विमोचन

विष्णुकुमार सिङ्जालीमगर

माघ २०, २०६९, काठमाडौ

मगर समुदायबाट मगरको बारेमा अध्ययन तथा शोधखोज गरी लेखिएका लेखहरु (Occasional papers related to Magar) प्रत्येक बर्ष मगर अध्ययन केन्द्रले “शोधमाला” नामक जर्नलमा प्रकाशन गर्ने गरेको छ । सधै भैm यस बर्ष पनि मगर अध्ययन केन्द्र, काठमाडौले आफ्नो दशौं बार्षिकोत्सवको उपलक्ष्यमा स्थानीय विकास प्रशिक्षण केन्द्र जावलाखेल ललितपुरमा एक कार्यक्रम गरि सो संस्थाका अध्यक्ष डा. गोविन्द प्रसाद थापा ले यस बर्षको “शोधमाला” जर्नल सार्वजनिक गर्नुभएको थियो ।
सो दशौं बार्षिकोत्सव समारोहको अध्यक्षता डा. गोविन्द प्रसाद थापामगरले, सञ्चालन गोविन्द पुनमगरले र स्वागत भाषण गुप्तबहादुर रानामगर गर्नु भएको थियो । सो कार्यक्रमा त्रिभुवन विश्वविद्यालयमा सहायक डिनको पदमा पुग्न सफल हुनुभएका डा. चित्र बुढाथोकीमगर लाई सम्मान गरिएको थियो । यस कार्यक्रममा नेपाल मगर संघका महासचिव नवीन रोकामगर, पुर्व सभासद तथा राजनितिज्ञ शुरेश आलेमगर लगायत करीब सय भन्दा बदी मगर, अमगर बौद्धिक जमातहरुको सहभागिता थियो ।
यस समारोहमा International Union for Conservation Nature (IUCN) का country representative Dr. Yam Malla ले Community forestry : A key strategy for securing Sustainable Livelihood and Environmental Protection In Nepal नामक कार्यपत्र प्रस्तुत गनुभएको थियो । सामुदायिक वन कार्यक्रम अन्तरगत आदिबासी÷जनजाति र पिछडीएका वर्गलाई कसरी अगाडी बढाउन सकिन्छ ? उनीहरुले कसरी फाईदा लिन सक्दछन् ? किन आदिबासी÷जनजाति र पिछडीएका वर्गहरु सामुदायिक बन कार्यक्रममा उपस्थीति बढाउन सकिएको छैन ? उनीहरुलाई किन विमुख पारीएको छ ? सामुदायीक बन कार्यक्रम गाउँघरका टाठाबाठा र उच्च वर्ग जातिका तथा बसाई सराई गर्दै हिड्ने चरित्र बोकेका मानिसहरुको हातमा पुगेको र वास्तविक जनताका हातमा नपुगेको बारेमा, आदिबासी÷जनजातिलाई समावेश नगरीएको तथ्यहरुकोृ पनि विमर्श गरिनुका साथै विकास र विनासका बारेमा कार्यपत्र प्रस्तोता विद्धान र सहभागीहरु बीच छलफल भएको थियो । सो जर्नल मगर अध्ययन केन्द्र, काठमाडौको कार्यालय (०१ – ५५३२३२०) www.magarstudiescenter.org.np  बाट पनि पाउन सकिने जानकारी गराइएको थियो । मगर अध्ययन केन्द्रले शोधमुलक पुस्तकहरु पश्चिमाञ्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीतनृत्यको वर्तमान अवस्था र चुनौतीहरु, मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरु लगायत मगर भाषा प्रवद्धन गर्नको लागि मग खाम–खस– अँग्रेजी शब्दकोश, मगर ढुटआङ कुराकानी जस्ता दर्जनौं पुस्तकहरु प्रकाशित गरिसकेको बारेमा जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book