kham magar 1kham magar 3kham magar 5kham magar 6kham magar 7kham magarजे.आर.मगर हिमाल
१५, जेष्ठ, २०७३
काठमाडौ

मगर जातिमा बोलिने तीन वटा मातृभाषाहरु मध्ये, मगर खाम (अठार मगर भाषा) पनि एक हो । पछिल्लो समयमा यस भाषामा पनि लेखन कार्य अगाडी बढेको छ । यस भाषामा व्याकरण, शब्दकोश, कविता, कथा, निबन्ध, उपन्यास आदि साहित्यीक विधाका साथमा श्रव्यदृष्य सामाग्रीहरु चलचित्र, बृतचित्र, गित संगितहरु पनि प्रकाशित भएका छन् । यहि सन्दर्भमा आदिबासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेलको प्रायोजन तथा नेपाल मगर लेखक संघ केन्द्रिय समितिको आयोजनामा “मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अठार मगरात मगर प्रतिष्ठानका अध्यक्ष तथा मगर अधिकार अभियन्ता बमकुमारी बुढामगर को प्रमुख आतिथ्य तथा नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष कमल पिठाकोटे मगर, अठार मगरात भाषिक उपाध्यक्ष पुर्णबहादुर वुढामगर, महासचिब ज्ञानेन्द्र पुनमगर र मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरको विशेष आतिथ्यता तथा विभिन्न संघ संस्थाका अध्यक्ष ज्युहरुको आतिथ्य तथा विद्वत वर्गहरुका उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संघका अध्यक्ष कर्णबहादुर वुढामगरको अध्यक्षता, भाषिक उपाध्यक्ष सोपा घर्तीमगरको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा, गणतन्त्र दिवसको अवसरमा प्रथम शहिद सहित ज्ञात अज्ञात शहिदहरुको स्मरणमा एक मिनेट मौन धारण गरिनुका साथै संघका महासचिब तथा साहित्यकार जिवनप्रवेश रोकामगर (जे.आर. मगर हिमाल को पाँचौ साहित्यिक कृतिको रुपमा प्रकाशित मगर खामको निबन्ध संग्रह गे मगरात खै ? (हाम्रो मगरात खै ? नामक पुस्तकको प्रमुख अतिथिबाट बिमोचन गरिएको थियो ।
उक्त कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको थियो – पहिलो उद्घाटन शत्र, दोस्रो कार्यपत्र प्रस्तुती तथा अन्तरक्रिया शत्र र समापन सत्र । उद्घाटन शत्रमा नेपाल मगर संघका, केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनले मगर लेखक संघले गरेको कार्यक्रमको सराहाना गर्दै, मगर भाषाको विकासका लागि मगर संघ र लेखक संघ बीच सहकार्य गरिदै जानु पर्ने, भातृसंगनको रुपमा मान्यता दिनको लागि आफुले सदैव प्रयाश गरेको र छिट्टै मान्यता दिइने जानकारी गराउँदै बक्तब्य दिनुभएको थियो । दोस्रो शत्रमा बमकुमारी वुढामगर, कर्णबहादुर बुढामगर र जिवनप्रवेश रोकामगरले कार्यपत्र पेश गरेका थिए (कार्यपत्र पढ्नको लागि तल दिइएको लिङ्क हेर्नुहोस्) भने यस शत्रको अध्यक्षता मगर भाषाका वरिष्ठ साहित्यकार लोकबहादुर थापामगरले गर्नुभएको थियो । सो कार्यक्रममा प्रस्तुत कार्यपत्रहरुमाथी बलबहादुर घर्तीमगर, बोमबहादुर घर्तीमगर र अनिल वुढामगरले टिप्पणी गरेका थिए र उपस्थीत विद्वत वर्गले राखेका जिज्ञासा कार्यपत्र प्रस्तोताहरुले मेटाएका थिए र सो शत्रका अध्यक्षले प्राज्ञिक कामको निरन्तरता हुनुपर्ने जोड दिंदै मगर जातिको ऐतिहासिक पहिचान मगर खामको विकासमा सबै लाग्नुपर्ने जोड दिएका थिए, साहित्यको सृजना, प्रकाशन र सञ्चारको व्यवस्थाले भाषाको विकास हुने कुरा औंल्याएका थिए ।
समापन सत्रमा मगर संघका भाषिक उपाध्यक्ष (अठार मगर) पूर्ण बहादुर घर्तीमगरले, मगर भाषा विकासमा आफु लागि पर्ने र पहिलेका भाषिक उपाध्यक्षहरु जस्तो आफु निश्क्रिय नबस्ने, निरन्तर कार्यक्रमहरु गरिरहने प्रतिबद्धता जनाउनुका साथै, मगर भाषाको विकासका लागि सबै लाग्नको लागि आह्वान गर्नु भएको थियो । यस कार्यक्रमको सञ्चालन यस संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार सिङ्जालीमगरले गर्नु भएको थियो ।

कार्यपत्र पढ्न र कार्यपत्रमाथी सुझाबको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्
(१) जिवन प्रवेश रोकामगर
(२) बम कुमारी बुढामगर
(३) कर्ण बहादुर बुढामगर