पहिचानका मुद्दामा अटोइथ्नोग्राफी सम्बन्धी गोष्ठी सम्पन्न

Sanjog program sanjog program 1काठमाडौ
२० मंसीर, २०७१

आदिकवि जितबहादुर सिञ्जालीमगर भाषा तथा साहित्य प्रतिष्ठान काठमाडौले महावीर पुन सेन्टर, ठमेल काठमाडौमा “पहिचानका मुद्दामा अटोइथ्नोग्राफी” विषय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । अटोइथ्नोग्राफी सम्बन्धी परिचय, सैद्धान्तीक तथा दार्शनीक पक्ष तथा वर्तमान परिस्थीति सम्बन्धी श्री कृष्ण वाग्ले ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अटोइथ्नोग्राफी बिषय ज्ञानको क्षेत्रमा नविनतम विधा मानिन्छ । नेपालको विश्वविद्यालयमा पनि यसले भरखर प्रवेश पाएको देखिन्छ । पहिचानका सन्दर्भमा राज्यले वा शासन सत्ताको शक्तीको आडमा गुमनाम बनाउने र अर्कोतर्पm सम्बन्धीत समुदाय वा जातिले लिखित रुपमा बाहिर ल्याउन नसकेको अवस्थामा अटोइथ्नोग्राफीको माध्यमबाट अध्ययन अनुसन्धान गरी तथ्यहरु बाहिर ल्याउनु पर्ने कुरामा जोड दिर्ईको थियो । सो गोष्ठीमा पूर्वसभासद सन्तोष बुढामगर, समाजसेवी कुन्ता थापामगर, भाषाविद अमृत योञ्जन तामाङ, मगर भाषाकार मनबहादुर थापामगर, मगर सम्बन्धी शोधकर्ता विष्णुकुमार सिञ्जालीमगर लगायत करीब तीस जना लेखक, अध्येता तथा साहित्यकारहरुको जमघट भएको थियो । यस गोष्ठीमा सम्बन्धीत विधाको सैदान्तीक तथा व्यवहारीक छलफल पनि भएको थियो । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन आयोजक संस्थाका अध्यक्ष सञ्जोग लाफामगरले गर्नुभएको थियो । आदिकवि जितबहादुर सिञ्जालीमगर भाषा तथा साहित्य प्रतिष्ठानले लामो समयदेखि निरन्तर रुपमा “मगर साहित्यमा मगरपन” श्रृङ्खला सञ्चालन गर्दै आएको छ । मगर साहित्यमा मगरपन विषयवस्तुसँग मेल खाने थुप्रै बिषयबस्तुहरुमा गोष्ठी आयोजना गरिसकिएको र यसलाई निरन्तरता दिने जानकारी पनि अध्यक्ष सञ्जोग लाफामगरले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
September 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book