गोरे बहादुर खपाङगीमगरको सिघ्र स्वास्थ्य लाभको कामना सहित प्रेस विज्ञप्ती

उजीर रानामगर

०४ जेष्ठ, २०७०
काठमाडौ

नेपाल मगर लेखक संघ, केन्द्रिय समितिको यहि जेष्ठ ४ गते बसेको बैठकले आदिबासी जनजाति तथा मगर समुदायका अगुवा, पूर्व मन्त्री, पूर्व नेपाल मगर संघका अध्यक्ष गोरेबहादुर खपाङ्गीमगरको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसका साथै उहाँको उपचारमा सहयोग सक्दो सहयोग जुटाउने निर्णय पनि गरेको छ । यसका साथै सरकारले देखाएको उदासिनता प्रति ध्यान आकार्षण गर्न प्रेस विज्ञप्ती जारी गरिएको छ । यसको लागि संयोजक महासचिव उजीर रानामगरलाई तोकिएको छ ।

उहाँ मोटरसाईकलको ठक्करबाट दुर्घटनामा परि लामो समयदेखि अन्नपुर्ण न्युरो अस्पतालमा उपचार गराईरहनु भएको छ । राज्यले सम्मान दिएर उपचारको जिम्मा लिनुपर्ने व्यक्तित्व भए पनि उहाँको उपचारमा नेपाल सरकारले कुनै वास्ता गरेको छैन । सायद आदिबासी जनजातिको नेता, सिद्धान्तकार भएर नै राज्यले वास्ता नगरेको हुन सक्दछ । यसमा सबैले पहल गर्नु जरुरी छ । उहाँ आदिबासी जनजातिको हक हितका लागि आवाज उठाउने पहिलो अगुवा व्यक्तित्व हुनुहुन्छ । उहाँले जनसंख्याको आधारमा राज्यको सबै अंगमा समानुपातीक प्रतिनिधित्व गराउनुपर्ने सिद्धान्त नेपाली समाजमा प्रकाश पारी आदिबासी जनजाति र पिछडीएका वर्गको उत्थानको लागि अग्रणी भुमिका निभाउनु भएको छ । उहाँले प्रदान गर्नु भएको विचारले नै आज आदिबासी जनजातिको आन्दोलनको उभार ल्याउन सकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book