Kham Magarrolpa-3rolpa-4rolpa-5स्मृती रोकामगर
१७ असोज २०७३
रोल्पा

मगर खामला कवि सन कवितार नामक पुस्तक तथा गीत लोकापर्ण कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ रोल्पाले आफ्नो प्रथम अधिवेशनको उदघाटनका अवसर पारेर संघद्धारा प्रकाशित कृति र रोल्पाली नव कलाकार द्धय पबी पुनमगर र किशोर बुढामगरको गीत लोकापर्ण गरेको होे । रोल्पाको लिबाङ स्थित मिलनकेन्द्रको हलमा आयोजित कार्यक्रमको अध्यक्षता जीवन प्रवेश रोकाले गर्नुभएको थियो ।

मगर संघ रोल्पाका अध्यक्ष अमृत बाठाँमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन ब्योमजी अवतारले गर्नुभएको थियो भने स्वागत मनतब्य प्रेम प्रकाश मायाँलुले दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगर, नेपाल रेडक्रस सोसाईटि रोल्पाका सभापति नौलसीं पुनमगर, राप्ती साहित्य परिषदका गोकर्ण पुनमगर, ललित साहित्य परिषदका ओम पन्छी, युगदपर्ण साहित्य समाजका गीता निर्दोषी, प्रलेस रोल्पाका अध्यक्ष नविन लोचनमगर जिल्लाका विभिन्न साहित्यकार पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पबि पुनमगरको जन्मभुमी गीतमाथि डिबि टुहुरोले समिक्षा गर्नुभएको थियो भने किशोर बुढामगरको लक्ष्य गीतिमाथि आधारित रहेर सागर अबिरलले समिक्षा गर्नुभएको थियो । कविता संग्रहको समिक्षा भने खलसीं बुढाले गर्नुभएको थियो ।

नेपाल मगर लेखक संघ रोल्पाको पहिलो अधिवेसनले व्योम जी अवतारको अध्यक्षतामा पछि २ सदस्य थप गर्ने गरी १५ सदसीय नया कार्यसमिती सर्वसम्मतीबाट चयान गरेको छ । जस्मा उपाध्यक्ष स्मृती रोकामगर, सचिव डीवी मगर स्वेद, सहसचिव समिप वैरागी, कोषाध्यक्ष देविका घर्तिमगर सदस्यहरु तिलक जीएम,राकेस मायलु,चित्रवियोग झाक्रिमगर,दिपेन्द्र रोकामगर, चुनौती बुढामगर, सुकम मगर, रामकुमारी रोकामगर,जंगबहादुर पुनमगर लगायत रहनुभएको छ ।

वि.स.२०६७ सालमा तत्कालीन केन्द्रिय महासचिब जीबन प्रवेश रोकामगरको अध्यक्षतामा नेपाल मगर लेखक संघ रोल्पाको तदर्थ समिती गठन गरी आफ्नो हकअधिकार र पहिचानको साहित्य मार्फत जगेर्ना र खोजी गर्दै आएको नेपाल मगर लेखक संघ रोल्पाले अहिलेसम्म जीवनप्रवेश रोकामगरको आछिमका सिल मगर खाम उपन्यास २०६८,नेपाल मगर लेखक संघ रोल्पाको मगर खामको पहिलो मुखपत्र चाउ याम २०६९, समिप वैरागीको हुरीले उडायो सपना गजल संग्रह २०७०, जीवनप्रवेश रोकामगरकै मगर खाम कथा संग्रह आछिम चेतैक २०७१, परेलीमा सजिएको आशु उपन्यास २०७१,समिप वैरागीकै मगर खामको मुक्तक संग्रह जिन्दगीला याम २०७२, जीवनप्रवेश रोकामगरकै मगर खाम भाषाको निबन्ध संग्रह गे मगरात खै २०७३, र नेपाल मगर लेखक संघ रोल्पाकै मगर खामला कवि सन कवितार संयुक्त कविता संग्रह २०७३ प्रकाशनमा ल्याईसकेको छ ।

त्यस्तै अधिवेसन पश्चात नव निर्वाचित कार्यसमितीले पहिलो बैठक समेत सम्पन्न गरेको छ । पहिलो बैठकले बैठकमा पहिलो अधिबेशन सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्याबाद ज्ञापन गर्ने,संगठन व्याबस्थापन गर्ने,आर्थिक व्याबस्थापन गर्ने, बार्षिक मुखपत्र प्रकाशनलाई निरन्तरता दिने, सल्लाहकारहरुमा अमृत बाठामगर,डीवी घर्तिमगर, नौलसि. पुनमगर, खलसिं बुढामगर, मौसम रोकामगर, खेमबुढामगर,श्रीकुमारी रोकामगर रहनेगरी ७ सदसीय सल्लाहकार समिती गठन लगायतको निर्णयहरु पारित गरेको छ ।