अक्खा लिपी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

magar lekhak 01 Magar Lekhak 02 Magar Lekhak 03 Magar Lekhak 04 Magar Lekhak 05विष्णुकुमार सिङ्जाली
काठमाडौ, २०७२ जेष्ठ ०२ गते ।

नेपाल मगर लेखक संघ, केन्द्रिय समिति काठमाडौको आयोजना तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलको प्रायोजनमा “अक्खा लिपी सम्बन्धी अन्तरक्रिया” कार्यक्रम आज सम्पन्न भयो । नेपालमा आएको विनाशकारी भुकम्पको असर सामान्यीकरण हुँदै गएको भएता पनि लगातारका पराकम्पनहरु गएको कारण भुकम्पको जोखिमलाई ध्यानमा राखि कलंकी बल्खुको खुल्ला चौरमा टेन्ट टाँगेर सभाहल बनाईएको थियो ।

अक्खा लिपी सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई दुई शत्रमा बाँडिएको थियो । पहिलो शत्र उद्घाटन समारोह नेपाल मगर लेखक संघ, केन्द्रिय समितिका अध्यक्ष कर्णबहादुर बुढामगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो । यस शत्रका प्रमुख अतिथी आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलका उपाध्यक्ष झक बहादुर थापामगर हुनुहुन्थ्यो भने विशिष्ट अतिथीहरु नेपाल मगर संघका महासचिव नवीन रोकामगर र “प्राचिन मगर अक्खा लिपि” नामक पुस्तकका लेखक तथा पूर्व मन्त्री एम एस थापामगर हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन लेखक संघका महासचिव जिवनप्रवेश रोकामगर तथा स्वागत भाषण विष्णुकुमार सिङ्जालीमगरले गर्नुभएको थियो । कार्यक्रममा महाभुकम्पमा परी निधन भएकाहरुलाई मौन धारण गरि हार्दिक श्रद्धाञ्जली प्रदान गरिएको थियो ।
दोश्रो शत्रको अध्यक्षता मानवशास्त्री डा. श्यामु थापामगरले गर्नु भएको थियो । यस कार्यक्रममा भाषाविद अमृत योञ्जन तामाङ र प्रतिज्ञा रेग्मी, भाषाविद पूर्णबहादुर रानामगर, भाषविद छिमी पुनमगर, मगर भाषा पाठ्यपुस्तकका लेखक मन बहादुर थापा (गाहामगर) ले कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरु माथी टिप्पणी मगर भाषाका साहित्यकारहरु सञ्जोग लाफामगर तथा लोकबहादुर थापामगर, मगर सम्बन्धी शोधार्थी मीन श्रीसमगर, खड्कबहादुर सारुमगर, दुर्लभ पुनमगर लगायतले गर्नु भएको थियो । सो कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष गंगा खासुमगर, लेखक नरु थापा, वरिष्ठ अधिवक्ता गौबहादुर आले, मगर अधिकारका अभियन्ता चन्द्र श्रीसमगर लगायत उपस्थीत अतिथीहरु तथा मगर अधिकारका अधियन्ता गरी असी जनाले छलफलमा सक्रिय भुमिका खेलेका थिए । कार्यक्रम विहान ११ बजे शुरु भएर बेलुका पाँच बजे समापन गरिएको थियो ।

सो कार्यक्रममा “प्राचीन मगर र अक्खा लिपि” पुस्तकका लेखक तथा पूर्व मन्त्री एम एस थापामगरले अक्खालिपी सम्बन्धीको ऐतिहासिकता र मगर जातिसंगको सम्बन्ध बारे चर्चा गर्दै, अक्खा लिपी लाई ऐतिहासिकता नमर्ने गरि समय सापेक्ष सुधार गरी मगर भाषाका ध्वनीहरु समेट्ने बनाउन मगर युवा तथा विद्धानहरुलाई आग्रह गर्नुभयो । मगर भाषाका साहित्यकार लोकबहादुर थापामगरले अक्खा लिपी सबै मगरहरुले चलाउनुपर्ने तथा समसामयिक सुधार गर्नुपर्ने कुरा बताउनु भएको थियो । नेपाल मगर संघका महासचिवले नेपाल मगर संघले अक्खा लिपी तथा मगर भाषा साहित्यको विकास र अध्ययन अनुसन्धान तथा प्रकाशनमा पहल गर्ने कुरा बताउनु भयो । प्रमुख अतिथी झकबहादुर थापामगरले पनि अक्खा लिपीको विकासका लागि अझ थुप्रै प्राज्ञिक बहस गराएर यसलाइै प्राज्ञिक तहमा स्थापीत गराई मगर पहिचान जोगाउनुपर्ने कुरमा जोड दिनु भएको थियो । दोश्रो शत्रका सभाध्यक्ष डा.श्यामु थापामगरले मगरका लिपी, भाषा तथा साहित्य, संस्कार संस्कृतीको अध्ययन, लेखक तथा प्रकाशनमा नेपाल मगर संघ लगायतका मगर सम्बन्धी संघसंस्थाले आह्वान गरेमा स्वयंसेवकको रुपमा मानवशास्त्रीय योगदान दिने प्रतिज्ञा गर्दै मगर पहिचान निर्माण तथा विकासको मानवशास्त्रीय दृष्टिकोणबाट चर्चा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn Magar Kham/Pang
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए नेपाल मगर महिला संघ, जिल्ला समिति काठमाडौंबाट प्रकाशित “मगर खाम/पाङ ला र् हो र /मगर ढुट (खाम/पाङ)आङ कुराकानी” खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नम्बर 977-9849295416 यमुना तरामीमगर (सचिव), 977-9841341765 कुमारी आलेमगर (कोषाध्यक्ष)   magar kkam, pang ra dhut
New Books In Magar
Magar Literary Magazine
Learn Magar Language
के तँपाई मगर भाषा सिक्न चाहानु हुन्छ ? वा मगर भाषामा दक्षता बढाउन चाहानु हुन्छ ? त्यसो भए मगर अध्ययन केन्द्रद्धारा प्रकाशित “मगर ढुटआङ कुराकानी” तेस्रो संस्करण खोजी खोजी पढ्नुहोस् । आफ्नो प्रति आजै सुरक्षित राख्नुहोस् । सम्पर्क फोन नं.०१५५३२३२०, ९८०३०२२३६४, ९७५१००५७३६, ९८४१२९१०२२  
Magar Dictionary
विज्ञापन / Advertise
Magar Dhut Dictionary
हिरासिङ थापामगरको मगर ढुट–खस–अँग्रेजी शब्दकोश खोजी खोजी पढ्नुहोस् । पुस्तकको लागि सम्पर्क ९८४९५७८८६१, ०१२१९००४५ (काठमाडौ)
New Book Arrival/भराक्च सुटा
New Book Arrival
March 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
Multi-Lingual Education
Stories In Magar Dhut
मगर भाषामा बाल कथा
मगर भाषामा बाल कथा संग्रह प्रकाशित भयो । आफ्नो बालबच्चाहरुको लागि प्रति आजै सुरक्षित गर्नुहोस् । पुस्तकको लागि सम्पर्क नम्बर 977-9847074729 हेमा आलेमगर (लेखक), 977-01-4233395, 9841059809 प्राइम बुक्स प्रा.लि. बागबजार (पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस जाने बाटो), काठमाडौ ।   hema book